पाठ:३ सिर्जनात्मक चिन्तन Creative Thinking

सिर्जनात्मक चिन्तन (Creative Thinking)

प्रतिभाशाली कार्य गर्ने सोचलाई सिर्जनात्मक चिन्तन भनिन्छ। 'सिर्जना' भनेको नयाँ कुरा निर्माण गर्नु हो भने 'चिन्तन' भनेको त्यसप्रतिको गहिरो सोच हो। कुनै पनि परिस्थितिमा नयाँ विकल्पहरू सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो। फरक तरिकाले सोच्ने, नयाँ कोण वा दृष्टिकोणबाट समस्यालाई हेर्ने र समाधान गर्ने क्षमतालाई सिर्जनात्मक चिन्तन सिप भनिन्छ । सिर्जनात्मक सिप भन्नाले कुनै उत्पादन, समाधान, कला, साहित्य सिर्जना गर्ने सिप हो। यो कुनै नयाँ वस्तु, विचार, अवधारणा वा काम गर्ने प्रक्रियामा नयाँपन ल्याउने कार्य हो । जस्तैः कुनै चित्र, पोष्टर, लोगों वा वेवपेजलाई नयाँ तरिकाले डिजाइनको सोच र तयारी गर्नु, कुनै काम गर्ने तरिकालाई सजिलो बनाउने उपायहरू पत्ता लगाउनु यसका उदाहरण हुन् ।

हरेक व्यक्तिमा केही न केही सिर्जनात्मक सिप रहेको हुन सक्छ। कुनै व्यक्तिमा यस्तो सिप बढी हुन्छ भने कुनैमा कम हुन्छ। पारिवारिक तथा सामाजिक वातावरणले सिर्जनात्मक सिपमा प्रत्यक्ष रूपले असर पारेको हुन्छ। अनुकूल वातावरणले सिर्जनात्मक चिन्तनला विकसित गराउने मौका दिलाउँछ। तर प्रतिकूल वातावरणले व्यक्तिभित्र भएको सिर्जनात्मक सिपलाई पनि मार्न बाध्य बनाउँछ। मौका तथा अवसरले पनि सिर्जनात्मक सिपलाई प्रभाव पारेको हुन्छ। मौका तथा अवस पाएमा व्यक्तिको सिर्जनात्मक सिप विकसित बन्न सक्छ। मौका तथा अवसरको अभावमा करें सिर्जनात्मक चिन्तन फुल्न नपाउँदै झरेको देखिन्छ।

सिर्जनात्मक चिन्तनका विशेषता, महत्त्व तथा फाइदाहरू (Characteristics of Creative Thinking)

*      व्यक्तिमा नयाँ अनुभव प्राप्त गर्ने क्षमता विकास हुन्छ।

*      जिज्ञासा, खुलापन र विषयमा ध्यान केन्द्रित गर्ने बानी उत्पन्न हुन्छ।

*      समस्यालाई स्विकार्न र समाधानका लागि जुध्न प्रेरित गर्छ।

*      सोचाइमा विविधता ल्याएर कल्पनाशीलताको विकास गर्छ।

*      सिकाइ तथा सिर्जनामा रुचि जगाई, व्यक्तिलाई खुसी र आनन्दित बनाउँछ।

*      व्यक्तिलाई नवप्रवर्तनशील, रचनात्मक तथा गतिशील बनाउँछ।

*      जोखिम वहन गर्ने साहस र आत्मबल वृद्धि गर्छ।

*      संवेग, आवेग, कुलत, घमण्ड आदि नकारात्मक पक्षको व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।

*      अनुशासन र लगनशीलता विकास गरेर व्यक्तित्व निर्माणमा टेवा पुर्याउँछ।

*      एउटै कामलाई पनि फरक दृष्टिकोण, तरिका र ढङ्गबाट गर्न प्रेरणा दिन्छ।

*      प्रतिभा उजागर गर्न र सिर्जनामा रमाउने वातावरण निर्माण गर्न सहयोग गर्छ।

सिर्जनात्मक चिन्तनका चरणहरू Steps of Creative Thinking)

क. तयारी चरण: यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिनुका साथै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरिन्छ र आफ्नो ज्ञान तथा अनुभवका आधारमा योजना बनाइन्छ।

ख. विकास चरण : यस चरणमा समस्या समाधानसम्बन्धी सौचको विकास गरिन्छ ।

ग. प्रदीप्ति वा अन्तर्दृष्टि चरण यस चरणमा एक्कासि नयाँ सिर्जनात्मक विचारको जन्म हुन्छ जुन समस्या समाधानको उपाय बन्दछ ।

घ. मूल्याङ्कन चरण: यस चरणमा नयाँ विचारले काम गर्छ कि गर्दैन भनी मूल्याङ्कन वा अनुसन्धान गरिन्छ ।

ङ्. प्रमाणीकरण चरण: यस चरणमा नयाँ विचारलाई अन्तिम रूप दिई अन्य व्यक्तिहरूसमक्ष पेस गरिन्छ ।

सिर्जनात्मक चिन्तन अभ्यासका फाइदाहरू (Advantages of Creative Thinking)

*     यसले मानसिक लचकतामा वृद्धि गर्छ ।

*     यसले विभिन्न विकल्पहरूमा विचार गर्ने बानीको विकास गराउँछ ।

*     यसले समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ ।

*     कार्यस्थलमा आउने विभिन्न चुनौतीहरूसँग लड्ने तथा ती चुनौतीहरूलाई अबसरमा परिणत गर्ने क्षमता विकास गर्दछ ।

*     कुनै पनि समस्या विचार वा अवधारणाको विभिन पक्षहरू पहिचान गर्ने सिपको विकास हुन्छ ।

*     एउटै कुराको पनि विभिन्न पक्षहरूको अध्ययनले विभिन्न सत्यको खोजी गराउँछ ।

*     सिर्जनात्मक चिन्तन गर्दा अन्य विभिन्न सिपहरुको पनि प्रयोग हुने भएकाले अरू व्यक्तिसँग राम्रो सम्बन्ध राख्त मद्दत गर्दछ ।

*     व्यक्तिहरूमा समूहकार्य गर्ने क्षमताको विकास गराउँछ ।

सिर्जनात्मक चिन्तन अभ्यासमा ध्यान दिनुपर्ने कुराहरू (Considerations in the Practice of Creative Thinking)

*     आफूलाई सिर्जनात्मकताप्रति समर्पित गराउने,

*     खतरादेखि नडराउने र विफलताबाट हतोत्साही नहुने,

*     सिर्जनाका लागि नियमित समय निकाल्ने र अभ्यास गर्ने,

*     सिर्जना गर्न चाहेको क्षेत्रको पर्याप्त ज्ञान र सिप प्राप्त गरी त्यसमा विशेषज्ञता हासिल गर्ने,

*     नकारात्मक प्रवृत्ति हटाई आफ्नो आत्मविश्वास बलियो बनाउने,

*     आफ्नो उत्सुकतालाई मर्न नदिई त्यसलाई प्रयोग गर्ने

*     समस्या समाधानका लागि मस्तिष्क मन्थन गर्ने, आफैलाई चुनौती दिएर अवसरहरूको सिर्जना गर्ने,

*     समस्या समाधानका लागि बहुविकल्पहरूको खोजी गर्ने,

*     एउटै घटना, विचार वा समस्यालाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्ने ।