पाठ:२ समालोचनात्मक चिन्तन (Critical Thinking)

समालोचनात्मक चिन्तनको अर्थ (Meaning of Critical Thinking)

समालोचनात्मक चिन्तन भनेको कुनै पनि विषयवस्तुको गुण तथा दोष बुझ्न सक्ने क्षमता हो । समालोचनात्मक शब्द अङ्ग्रेजी भाषाको Critical thinking बाट नेपालीमा अनुवाद भएको हो। यो ग्रिक भाषाको Krititos बाट रूपान्तरण भई अङ्ग्रेजीमा Critical भएको शब्द हो। यसको अर्थ 'बौद्धिक क्षमताद्वारा निर्णय गर्ने खुबी' भन्ने हुन्छ। यो शब्दको प्रयोग आजभन्दा लगभग २५०० वर्ष पहिले दार्शनिक सुकरातले गरेका थिए।

आफ्नो बुद्धि, विवेक तथा सिपको प्रयोग गरी सही र गलत छुट्‌याउने कार्य समालोचना हो। उदाहरणका लागि तपाईंले कुनै एउटा घरको समालोचना गर्न सुरु गर्नुभयो, “यो घरको जग बलियो छ। घरका पिल्लरहरू पनि बलिया छन्। यो घरको छानो मलाई निकै आकर्षक लाग्यो। घरका झ्याल भने निकै साना रहेछन्। सानो झ्याल भएका कारण कोठा केही अँध्यारा छन्। घरको भन्ऱ्याङ केही ठाडो भयो। यस्तो भन्ऱ्याङमा खुट्टा चिप्लिएर लड्न सकिन्छ।" यहाँ तपाईंले एउटा घरको छोटो समालोचना गर्नुभयो। यसरी यो घरका प्रत्येक भागको सही मूल्याङ्कन गर्न पाइयो भने त्यो समालोचना हो। यदि यो घर मालिकले "मेरो घर कस्तो छ ?" भनेर सोध्यो भने तपाईंले "राम्रो छ' भन्न बाध्य हुनुपर्छ। यस्तो प्रतिक्रिया समालोचना होइन ।

कुनै पनि विषयका राम्रा तथा नराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्‌कन गर्नु नै समालोचनात्मक चिन्तन हो। यसमा आफ्नो बुद्धि, विवेक र सिपको प्रयोग गरी सही र गलत छुट्याउने काम गरिन्छ । तसर्थ कुनै पनि विषयवस्तुको गुण तथा दोष बुझ्न सक्ने क्षमता नै समालोचनात्मक चिन्तन हो ।

समालोचनात्मक चिन्तन अभ्यासका चरणहरू (Steps of Critical Thinking)

*     समस्या, मुद्दा वा प्रश्नलाई पहिचान गर्ने,

*     तथ्याङ्क, विचार र तर्कहरू स‌ङ्कलन गर्ने,

*     तथ्याङ्क विश्वसनीय र पर्याप्त छ कि छैन ? विश्लेषण र मूल्याङ्कन गर्ने,

*     आफ्नो तथा तथ्याङ्कको पक्षधर वा पूर्वाग्रहले प्रभाव पारेको छ कि ? पहिचान गर्ने,

*     प्राप्त सूचनाहरू सान्दर्भिक छन् कि छैनन् ? कुन सूचना बढी महत्त्वपूर्ण छ ? पत्ता लगाउने,

*     सम्भावित विकल्पहरूमाथि विचार गरी निष्कर्ष वा निर्णय गर्ने,

*     निष्कर्ष वा निर्णयलाई प्रस्तुतीकरण वा सञ्चार गर्ने ।

समालोचनात्मक चिन्तनको महत्त्व (Importance of Critical Thinking)

*     कुनै पनि विषयवस्तुको गुण वा दोष पत्ता लगाउन,

*     कुनै पनि समस्या वा मुद्दाको वास्तविक निष्कर्षमा पुग्न, परिस्थिति अनुकूलका विभिन्न सिद्धान्त, परिभाषा, कानुनलगायतका कुराहरू निश्चित गर्न,

*     व्यक्तिगत पक्षधरता, पूर्वाग्रहलगायतका निष्कर्षमा प्रभाव पार्ने तत्त्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न,

*     सबै सराकारवालाहरूका चासो, लक्ष्य, उद्देश्य, अपेक्षित उपलब्धिलगायतका दृष्टिकोणहरूलाई समावेश गराउन,

*     सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेटी असान्दर्भिक कुराहरू हटाउन,

*     जुनसुकै क्षेत्रमा पनि सम्भाव्य सबै उपायहरूका उत्तम विकल्पको छनोट गरी व्यवहारमा अवलम्बन गर्न ।

समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू (Useful Skills in Critical Thinking)

क. अवलोकन सिप

ख. विश्लेषण सिप

ग. अर्थ निर्माण सिप

घ. निष्कर्ष अनुमान गर्ने सिप

ङ. व्याख्या गर्ने सिप

च. आत्मनियमन सिप

छ. खुल्ला सोचाइ सिप

ज. समस्या समाधान

समालोचनात्मक चिन्तनको अभ्यासमा ध्यान दिनुपर्ने कुराहरू (Considerations to the Practice of Critical Thinking)

*     समस्या पहिचान गर्ने,

*     तथ्य र प्रमाण परीक्षण गर्ने,

*     संवेगात्मक तर्कहरू हटाउने,

*     अरूको विचारलाई पनि ध्यान दिने,

*     फरक विचारलाई पनि सहज रूपमा लिने,

*     अति सामान्यीकरण गर्नबाट जोगिने,

*     कुनै पनि मान्यता र पक्षधरताका बारेमा ध्यान दिने,

*     किन, कसरी, कहाँ, कहिले भन्ने कुरामा सजग हुने ।

समालोचनात्मक चिन्तन तथा समस्या समाधानका ६ टोपी (6) Caps of Critical Thinking and Problem Solving)

Dr. Edward de Bono का अनुसार समालोचनात्मक चिन्तन तथा समस्या समाधानका ६ टोपी निम्न छन्:

१. सेतो टोपी (वस्तुगत) तथ्याङ्क, सूचनाका आधारमा वास्तविकता पत्ता लगाउने,

२. रातो टोपी (संवेगात्मक) समस्याको संवेगात्मक पक्षहरू केलाउने,

३. कालो टोपी (नकारात्मक)  समस्याका चुनौतीहरू पत्ता लगाउने,

४. पहेलो टोपी (सकारात्मक)  समस्याका अवसरहरू पत्ता लगाउने,

५. हरियो येपी (सिर्जनात्मक) नयाँ विकल्पहरूको खोजी

६. निलो येपी (व्यापक) सबै सरोकारवालाहरूको विचार र चासोलाई फराकिलो रूपमा सोच्ने ।

आत्मालोचना (Self-criticism)

आत्मालोचना भनेको आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्य हो। मानिसले जानेर वा नजानेर अनेकौं गल्ती गरेको हुन्छ । मैले गल्ती गरें, मेरा गल्तीहरू यी यी हुन्, मैले गल्ती गर्नुको कारण यो हो, मैले गल्ती सच्याउनुपर्छ र अबदेखि यस्तो गल्ती गर्नुहुँदैन भनेर आफ्नै आत्मासँग विचार विमर्श गर्ने कार्यलाई नै आत्मालोचना भनिन्छ ।

आत्मालोचना भनेको आफूले गरेको गल्तीप्रति आफैलाई प्रश्चाताप हुनु हो। मानिसले जानेर वा नजानेर विभिन्न गल्ती गरेको हुन सक्छ। गल्ती मानिसबाट नै हुने हो। यसो भन्दैमा जानजान गल्ती गर्नु राम्रो कुरा होइन। भूलबस मानिसबाट गल्ती हुन सक्छ। अज्ञानताको कारण पनि मानिसबाट गल्ती हुन्छ। गल्तीलाई लुकाउनु वा गल्ती स्वीकार नगर्नु आत्मालोचना होइन। गल्ती गर्ने व्यक्तिले निम्नप्रकारका लक्षण देखायो भने त्यसलाई आत्मालोचना भनिन्छ :

*     'मैले गल्ती गरे भनेर स्वीकार गर्नु,

*     आफूले गरेको गल्तीप्रति पश्चाताप गर्नु,

*     सम्बन्धित पक्षसँग माफी माग्न तयार हुनु,

*     "यस्ता गल्तीलाई मैले सच्याउनुपर्छ भन्ने कुराको महसुस हुनु,

*     गल्ती गरेको कारणले आफ्नै आत्मासँग माफी माग्नु आदि

व्यक्तिले आत्मालोचना गर्ने अवस्था

*     अरू कसैको कुरा नसुन्ने भएको बेला,

*     मै मात्र जान्ने छु भन्ने घमण्ड गर्नु,

*     अनैतिक र अनुशासनहीन जीवनमा हिंडेमा,

*     मनमा रिस, डाहा, घ्रिणा, पाप जस्ता नकारात्मक भाव पैदा हुन थालेमा,

*     समस्यासँग डराएर भाग्न थालेमा,

*     धूम्रपान, मद्यपान, लागु औषध जस्ता नशालु सेवन गर्न थालेमा ।

आत्मालोचनाको महत्त्व

*     आफूले गरेका सही र गलत कार्यको मूल्या‌ङ्कन गर्न

*     गल्ती कमजोरी सुधार्न,

*     अनुशासनको मार्गमा डोहोऱ्याउन,

*     सद्भाव, समानता, समानुभूति, आदर, सत्कार, सहयोग जस्ता मानवीय भाव पैदा गर्न,

*     रिस, डाह, घमण्ड, लोभ, पाप, घृणा जस्ता नकारात्मक भाव हटाउन,

*     अनैतिक कार्य गर्नबाट रोक्न,

*     समस्यासँग जुधेर त्यसको समाधान गर्न ।

स्वरूपान्तरण परिचय तथा महत्त्व (Self-transformation)

हामीले आफ्नो खराब बानीलाई त्यागेर असल मार्गमा कदम चाल्नु नै स्वरूपान्तरण हो। समाजका खराब आदत परिवर्तन गर्न सुरुमा आफैं उदाहरण बन्न सक्नुपर्छ। प्रत्येक समस्याको समाधान पक्कै हुन्छ। त्यस्ता समस्या समाधान गर्ने बाटोमा आफै अग्रसर हुनुपर्छ। यसको अर्थ संसार बदल्ने जिम्मा आफैले लिनुपर्छ भन्ने होइन। कुरा यति मात्र हो, आफूभित्र भएका खराब आदतलाई चिन्ने प्रयास गरौं। त्यस्ता खराब आदत त्यागेर आफू उदाहरणीय व्यक्ति बनौं। यही नै स्वरूपान्तरणको मुख्य उद्देश्य हो। यसका लागि हामीले आफूभित्र भएको रिस, डाहा, ईर्ष्या, घृणा, घमण्ड आदि कुरा त्याग्न सक्नुपर्छ। धुम्रपान, मद्यपान तथा लागुपदार्थ सेगः गर्ने बानी भए त्यस्ता वस्तुबाट अलग रहन सिक्नुपर्छ। आफूले आफैलाई परिवर्तन गरी एक असल, इमान्दा सहयोगी र परिश्रमी व्यक्तिको रूपमा स्वीकार गर्नुपर्छ। यिनै कार्यलाई हामी स्वरूपान्तरणको उदाहरणां अभ्यास भनेर बुभन सक्छौं।

आफ्नो विचार, कार्य र व्यवहारमा आफैँ परिवर्तन ल्याउनु नै स्वरूपान्तरण हो। त्यसैगरी आफ्ना खराब सोच र आदतलाई त्यागेर असल मार्गमा पाइला चाल्नु पनि स्वरूपान्तरण हो। यसते व्यक्तिलाई असल बन्ने, सकारात्मक सोच राख्ने, नकारात्मक संवेग कम गराउने, व्यक्तिको जीवनमा सुधार ल्याई प्रगतिपथमा हिंड्न सघाउ पुयाउँछ। त्यसैले स्वरूपान्तरणको असल व्यक्तित्व निर्माणमा महत्त्व देखिन्छ । व्यक्तिले स्वरूपान्तरण गर्न निम्नलिखित व्यवहार अवलम्बन गर्नुपर्दछ:

*     आफ्ना कमीकमजोरी पत्ता लगाउने,

*     खराब बानी पहिचान गर्ने र परिवर्तन गर्ने,

*     वास्तविक वा यथार्थ लक्ष्य निर्धारण गर्ने,

*     आफूले परिवर्तन गर्न चाहेको कुरालाई निरन्तर प्रयास गर्ने,

*     सही र सत्य मार्गनिर्देश गर्ने साथीहरूको सरसल्लाह लिने,

*     बेलाबेलामा आत्मसमीक्षा गर्ने ।

स्वरूपान्तरणको महत्त्व, फाइदा तथा विशेषता:

(क) स्वरूपान्तरणलाई व्यवहारमा लागु गर्ने हो भने सबै व्यक्ति असल बन्ने छन् ।

(ख) स्वरूपान्तरण एउटा चुनौतीपूर्ण कार्य हो। सकारात्मक कार्यका लागि चुनौतीपूर्ण कार्य गर्दा मनय आनन्द आउँछ।

(ग) स्वरूपान्तरण कार्य सफल हुँदै गएमा रिस, डाहा, घमण्ड, द्वन्द्व तथा तनावको समस्यामा कमी आउँछ।

(घ) यो एउटा उदाहरणीय कार्य हो। यसले आफ्नो परिवार, समुदाय तथा साथी समूहमासमेत सकारात्मत्र असर पार्ने छ।

(ङ) स्वरूपान्तरणले व्यक्तिगत जीवनमा सुधार ल्याउँछ। जसको कारण व्यक्ति आफ्नो प्रगतिपथमा अगादि बढ्न सक्छ।

आत्मालोचना र स्वरूपान्तरणबिचको सम्बन्ध

आत्मालोचना भनेको आफूले गरेको गल्तीप्रति आफैलाई पश्चाताप हुनु हो। स्वरूपान्तरण भनेको आफ्ले गरेको गल्तीलाई सुधार गरी असल मार्गमा हिँड्नु हो। आत्मालोचनाले व्यक्तिलाई गल्ती महसुस गराउँछ। स्वरूपान्तरणले गल्ती त्याग्ने अवसर दिलाउँछ। त्यसैले यी दुई विषयहरू एक अर्कासँग सम्बन्धित रहेका छन्। आत्मालोचना र स्वरूपान्तरणबिचको सम्बन्धलाई तलको तालिकामा प्रस्तुत गरिएको छ:

 

 

आत्मालोचना (Self - criticism)                                        

स्वरूपान्तरण (Self - transformation)

 

(क)

आत्मालोचनाले व्यक्तिलाई गल्तीको महसुस गराउँछ।

स्वरूपान्तरणले गल्तीलाई सुधार गर्ने मौका दिन्छ।

(ख)

आत्मालोचनाको समयमा व्यक्ति पश्चातापको आगोमा जलेको हुन्छ।

स्वरूपान्तरणले पश्चातापको आगो निभाउने दमकलको काम गरेको हुन्छ।

(ग)

आत्मालोचना भनेको आफ्ना गल्ती कमजोरी फेला पार्ने अवस्था हो।

स्वरूपान्तरण भनेको आफ्ना गल्ती कमजोरी सुधार गर्दै अगाडि बढ्ने अवस्था हो।

(घ)

 

आत्मालोचनाले स्वरूपान्तरणको जग बसाएको छ।

 

आत्मालोचनाको जगमा टेकेर व्यक्तिले आफूला स्वरूपान्तरण गर्न सक्छ।

(ङ)

 

आत्मालोचनाले सकारात्मक जीवनको सङ्केत गर्दछ।

आत्मालोचनाको सईतलाई स्वरूपान्तरणले साकार बनाउने काम गर्दछ।

 

यसरी आत्मालोचना र स्वरूपान्तर एक अर्कामा सम्बन्धित विषय हुन्। यी दुवै विषयको उद्देश्य व्यक्तिलाई सही मार्गमा अघि बढाउनु हो। त्यसैले यी दुई विषयबिचको सम्बन्ध चाँदनी र चन्द्रमाको जस्तै प्रगाढ देखिन्छ।