पाठ:१ जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास (Historical Background of Life Skills, Its
Classification and Practice)
जीवनोपयोगी सिपको
ऐतिहासिक पृष्ठभूमि (Historical Background of Life Skills)
जीवनोपयोगी शिक्षाको
अवधारणा सन् १९६५ तिर विकास भएको हो। सन्
१९८६ मा क्यानाडामा भएको ओटावा चार्टर (Ottawa Charter for Health Promotion) ले सिपको अवधारणालाई जन्म दिइएको हो। यस
सम्मलेलनले जीवनोपयोगी सिपलाई 'असल स्वास्थ्य निर्माण र रोजाइका
लागि अपरिहार्य पक्ष' भनेर व्याख्या गर्यो । सन्
१९८९ मा भएको बालअधिकारसम्बन्धी महासन्धिले जीवनोपयोगी सिपलाई शिक्षासँग जोड्ने
कार्य गर्यो ।
सन् १९९० मा थाइल्याण्डको
जोम्टिन सम्मेलनले शिक्षाको जोम्टिन घोषणा (Jomtien Declaration of Education) सम्पन्न भयो जसले जीवनोपयोगी सिपलाई अपरिहार्य साधन, क्षमता विकास तथा गुणस्तरीय जीवनका लागि आवश्यक तत्त्व भनेर घोषणा
गन्यौ । सन् १९९८ को अप्रिल ६ र ७ मा विश्व स्वास्थ्य सङ्गठनको
कार्यालय जेनेभामा जीवनोपयोगी सिप शिक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय
निकायहरूको बैठक बसी जीवनोपयोगी सिपहरूको कार्यढाँचा तयार गरे। सन् २००० मा
सेनेगलको राजधानी डकारमा भएको 'सबैका लागि शिक्षा' को
सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा समावेश गर्यो । त्यसैले विद्यालय शिक्षामा जीवनोपयोगी सिप औपचारिक रूपमा सन् २०००
देखि सुरू भएको पाइन्छ । सन् १९९० पछि नै
युरोपेली तथा अमेरिकी मुलुकले जीवनोपयोगी शिक्षालाई पाठ्यक्रममा समावेश गराए।
नेपालमा भने माध्यमिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको संरचनाबमोजिम कक्षा ११ र १२ मा जीवनोपयोगी
शिक्षालाई समावेश गरिएको छ ।
जीवनोपयोगी सिपको
वर्गीकरण (Classification of Life Skills)
WHO ले जीवनोपयोगी सिपलाई ३ समूहमा
वर्गीकरण गरेको छ । जुन निम्नानुसारका छन्:
१. आत्मबोध सिप: यसमा
आफ्नो जीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरू पर्दछन् । यसअन्तर्गत ४ सिपहरू
पर्दछन् :
तनाव
व्यवस्थापन
(Stress Management)
संवेगात्मक
नियमन
(Emotional Regulation)
सकारात्मक
सोच (Positive Thinking)
आत्मसम्मान
। (Self Esteem)
२. अन्तरवैयक्तिक सिप: यसमा समाजमा सफल र सहज जीवन जिउन
सक्षम बनाउने सिपहरू पर्दछन् ।
यसअन्तर्गत ४ सिपहरू पर्दछन् :
समानुभूति (Empathy)
श्रवण
सिप (Listening
Skill)
द्वन्द्व/विवाद
व्यवस्थापन
(Disputes Handing)
सम्बन्ध
व्यवस्थापन
(Relationship Management)
अंतरवैयाक्तिक
प्रभावकारिता
(Inter-Personal Effectiveness)
प्रभावकारी
सञ्चार ।
(Effective Communication)
३. सोचाइ सिप: यसमा
व्यक्तिले आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गराउने सिपहरू पर्दछन् ।
यसअन्तर्गत ५ सिपहरू पर्दछन् :
लक्ष्य
निर्धारण (Goal
Setting)
निर्णय
निर्माण
(Decision Making)
समस्या
समाधान (Problem
Solving)
कार्यकारी
कार्यसम्पादनको सिप (Executive Functioning Skill)
समालोचनात्मक
तथा सिर्जनात्मक सोच (Critical and Creative Thinking)
पुनस्थापना
/ उत्थानशीलता ।
(Resilience)
त्यसैगरी जीवनोपयोगी सिपको वर्गीकरण
कडा सिप र नरम सिप गरी दुई भागमा वर्गीकरण गर्न पनि सकिन्छ । जुन निम्नानुसार
प्रस्तुत गरिएको छ :
१. कडा सिप (Hard Skills)
शिक्षा
वा विशेष तालिममार्फत सिकिने शिक्षा
प्राविधिक
कार्य सञ्चालन गर्नका लागि सिकिने सिप
कम्प्युटर
प्रयोग, खेलकुद, यन्त्र
चलाउने, सिलाईबुनाई
आदि ।
२. नरम सिप (Soft Skills)
सिक्नका
लागि जीवनभर समय दिनुपर्ने व्यक्तित्वसँग सम्बन्धित सिप
कार्य
क्षेत्रको वातावरणलाई सकारात्मक बनाउने सिप,
सञ्चार
सिप, सक्रिय
सुनाइ सिप, नेतृत्व
सिप, सिर्जनात्मकता, समानुभूति, निर्णय
निर्माण, समस्या
समाधान सिप आदि ।
जीवनपयोगी सिप
सिक्नाले हुने फाइदा
स्वस्थ जीवन जिउने कलालाई जीवनोपयोगी
सिप भनिन्छ। जीवनोपयोगी सिपलाई हामीले दैनिक जीवनमा उपयोग गर्दै आएका छौं।
जीवनोपयोगी सिपको बारेमा हामीले कक्षा ११ र १२ मा अध्ययन गर्ने अवसर प्राप्त गर्यो
। यस अवसरले हाम्रो जीवनमा थप ऊर्जा प्राप्त भएको छ। जीवनोपयोगी सिपले हामीलाई असल
नागरिक भएर बाँच्ने प्रेरणा दिलाएको छ। जीवनोपयोगी शिक्षाको सिपले हामीलाई प्रशस्त
फाइदा पुऱ्याएको छ। यसका मुख्य बुँदालाई निम्नानुसार प्रस्तुत गरिएको छ।
(क) सामाजिक सम्बन्धको
विस्तारमा सहयोग:
जीवनोपयोगी सिपले हामीलाई सामाजिक
सम्बन्ध विस्तार गर्ने कला सिकाएको छ । सामाजिक सम्बन्धले सहयोगी भावना बढाउँछ।
यसले एक अर्कोमा मित्रताको भावना जगाउँछ। यसको कारण, एक अर्काको सहयोगले जीवन जिउन सजिलो
भएको छ।
(ख) तनाव व्यवस्थापनमा
सहयोग:
जीवनोपयोगी शिक्षाको सिपले तनाव
व्यवस्थापनमा ठुलो सहयोग गरेको छ । यस विषयको अध्ययनबाट हामीले योग, ध्यान, व्यायाम, आराम, निद्रा
तथा खेलको महत्त्व बुझेका छौं। जीवनोपयोगी सिपले हामीलाई समस्याको समाधानमा सहयोग
गरेको छ।
(ग) सकारात्मक सोचको
विकासमा सहयोग:
जीवनोपयोगी शिक्षाको सिपले व्यक्तिमा
सकारात्मक सोच पैदा गराउँछ । सहयोगी भावना र मेलमिलापले सकारात्मक सोचमा ऊर्जा
भर्ने काम गर्दछ । यो विषयले हामीलाई भाइचारा र विश्वबन्धुत्त्वको भावना जगाएको छ।
जसका कारण हाम्रा दैनिक गतिविधिहरू सकारात्मक बन्दै गएका छन्।
(घ) निर्णय निर्माणमा
सहयोग:
मानव जीवनमा विभिन्न समस्याहरू
आउँछन् । जीवनोपयोगी सिपले हामीलाई समस्यासँग जुध्न सिकाएको छ । यसबाट हामीले
समस्याको समाधान गर्ने कला सिक्दै आएका छौं। जीवनोपयोगी शिक्षाको सिपले हामीलाई
सकारात्मक निर्णयमा पुग्ने सिप सिकाएको छ।
(ङ) सञ्चार सिपको
विकासमा सहयोग:
जीवनपयोगी शिक्षाको सिपले हामीलाई
सञ्चार सिपको विकासमा सहयोग पुऱ्याएको छ। यसबाट हामीले संवाद, छलफल, अन्तर्वार्ता
जस्ता सिपहरू सिकेका छौं।
शब्द / अर्थ
१. समानुभूति: अरूको
दुःख पीडालाई आफ्नै मैं ठान्ने भावना
२. श्रवण सिप: अरूको
विचार सुन्ने र बुभने क्षमता
३. प्रभावकारी सञ्चार: स्पष्ट
रूपमा सूचना आदान-प्रदान गर्ने कार्य
४. सम्बन्ध व्यवस्थापन: अरूलाई
रिझाएर राख्ने कला
५. विवाद परिचालन: वैचारिक
द्वन्द्व समाधान गर्ने कला
६. अन्तरवैयक्तिक प्रभावकारिता: अन्य
व्यक्तिसँग सुमधुर सम्बन्ध स्थापना गर्ने कार्य
७. लक्ष्य निर्धारण: जीवनको
लागि सही मार्ग पहिचान गर्ने क्षमता
८. निर्णय निर्माण: समस्या
समाधान गर्ने क्षमता
९. समालोचनात्मक सोच: सही र
गलत छुट्याउन सक्ने क्षमता
१०. सिर्जनात्मक सोच: रचनात्मक
कार्य गर्ने क्षमतापूर्ण विचार
११. कार्यकारी कार्यसम्पादन: सङ्घसंस्थाको
नेतृत्व गर्न सक्ने क्षमता अथवा आफ्नो कामलाई सहज तरिकाले पूरा गर्ने क्षमता
१२. पुनर्स्थापना: कुलत
त्यागेर सही मार्गमा फर्किने क्षमता
१३. तनाव व्यवस्थापन: नकारात्मक
संवेगबाट बच्ने तथा बचाउने उपाय
१४. संवेगात्मक नियमन:आफ्नो
गलत सोचाइलाई नियन्त्रण गर्ने क्षमता
१५. सकारात्मक सोच: असल
सोचाइ
१६. आत्मसम्मान: स्वाभिमानी
र अनुशासित भई जीवन जिउने कला

0 Comments