पाठ:२ जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध (Interrelationship Between Life Skill Education, Life Skill and Healthy Lifestyle)

जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध (Interrelationship Between Life Skill Education, Life Skill & Healthy Lifestyle)

 

जीवनोपयोगी शिक्षा व्यापक अवधारणा हो। यो सिपमा आधारित हुन्छ । जीवनोपयोगी सिप र शैक्षिक

विकासका लागि मानिसको जीवनशैली स्वस्थ हुनुपर्दछ । स्वस्थ जीवनशैलीका लागि जीवनोपयोगी शिक्षाको खाँचो पर्दछ ।

स्वस्थ जोवनशैली भन्नाले शारीरिक, मानसिक, सामाजिक र आत्मिक रूपमा पूर्णतया स्वस्थ रहन स्वास्थ्यसम्बन्धी सकारात्मक आचरण र व्यवहारलाई दैनिक जीवनमा अवलम्बन गर्नु हो ।

जीवनोपयोगी शिक्षाले व्यक्तिलाई जीवनोपयोगी सिपको प्रयोग गर्न र स्वस्थ जीवनशैली अवलम्बन गर्ने सिप विकास गर्न सहायता गर्दछ । जोवनोपयोगी शिक्षाका विषयवस्तु जीवनोपयोगी सिप र योग, व्यायाम, उपचार पद्धति जस्ता मानवीय स्वास्थ्यसँग सम्बन्धित रहेका छन् । एउटा स्वस्थ व्यक्तिले मात्र जीवनोपयोगी सिप सिक्न र सिकेका कुरा व्यावहारिक रूपमा प्रयोग गर्न सक्दछ ।

जीवनोपयोगी सिपले व्यक्तिमा उच्च नैतिकता, आचरण र सामाजिक मूल्यबोध गराउँछ भने जीवनोपयोगी शिक्षाले कसरी ती वस्तुहरू प्राप्त गर्न सकिन्छ भन्ने उपायहरू सिकाउँछ । शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ व्यक्तिले मात्र जीवनोपयोगी शिक्षा र सिपलाई ग्रहण गरी प्रयोग गर्न सक्दछ । त्यसकारण जीवनोपयोगी शिक्षाका माध्यमबाट जीवनोपयोगी सिप हासिल गरी स्वस्थ जीवनशैली यापन गर्न यी तीनै पक्षहरूको एकीकृत विकासमा जोड दिन जरुरी छ ।

पूर्वीय चिन्तन, परम्परा र भइरहेको अभ्यास (Eastern Thought, Tradition & Current Practice)

पूर्वीय चिन्तन (Eastern Thought)

कुनै पनि विषयमा गम्भीर रूपले सोच्ने तथा समस्या समाधानका लागि उपाय निकाल्न गरिने विचार नै चिन्तन हो। ग. पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिरिवाज, कला आदिमा आधारित चिन्तन नै पूर्वीय चिन्तन हो। यो खासगरी वेदमा आधारित दर्शन हो। यसलाई एसियन चिन्तन परम्पराका साथै सामूहिकतावाद (Collectivism) भनेर पनि विश्लेषण गरिन्छ। भौगोलिक दृष्टिकोणबाट पूर्वीय दर्शनअन्तर्गत भारतवर्षीय दर्शन, कोरियाली दर्शन, जापानी दर्शन, भियतनामी दर्शन आदि पर्दछन् । पूर्वीय दर्शन खासगरी हिन्दु धर्म वा दर्शन, बौद्ध दर्शन, जैन दर्शन, किराँत दर्शन, शिख दर्शन, कन्फुसियस दर्शन, ताओ दर्शन आदिको प्रभावले बनेको छ ।

पूर्वीय दर्शनलाई आस्तिक र नास्तिक गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । आस्तिक दर्शनको मुख्य आशय वैदिक सिद्धान्तका आधारमा जगत्‌लाई व्याख्या तथा विश्लेषण गर्ने, ईश्वरको अस्तित्व स्वीकार गर्ने तथा ईश्वरलाई मान्ने हो भने ईश्वरलाई नमान्ने दर्शन चाहिँ नास्तिक दर्शन हो ।

पूर्वीय चिन्तन परम्परा (Eastern Thought Tradition)

पूर्वीय चिन्तन परम्पराअन्तर्गत निम्न दर्शन परम्पराहरू रहेका छन्:

क. चिनियाँ दर्शन परम्पराः चिनियाँ दर्शन परम्पराका विशेषताहरू निम्नानुसार छन् :

·       यसलाई पुरानो दर्शन मानिन्छ।

·       चिनियाँ दर्शन परम्पराका ४ ओटा मुख्य सिद्धान्तहरू रहेका छनः

*     स्वायत्ततालाई इज्जत गर्नुपर्छ ।

*     अरूलाई उपकार गर्नुपर्छ ।

*     कसैका लागि हानिकारक बन्नुहुँदैन ।

*     न्याय र नैतिक मूल्यमा बस्नुपर्छ ।

ख. हिन्दु वैदिक दर्शन परम्पराः हिन्दु वैदिक दर्शन परम्पराका विशेषताहरू निम्नानुसार छन् :

*     यस दर्शनमा सत्यको अवलम्बन गर, धर्मको धारणा र पालना गर भन्ने उपदेश दिइन्छ ।

*     धर्मका १० लक्षण हुन्छन् (ध्रीति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रिय निग्रह, धी, विद्या, सत्य र अक्रोध) ।

  1. ध्रीति (धैर्य)कठिन परिस्थितिमा पनि मानसिक सन्तुलन र स्थिरता कायम राख्ने गुण हो।
  2. क्षमाअरूका गल्तीहरूलाई मनबाट माफ गर्ने र बदला नलिने महान भावना हो।
  3. दम (आत्मसंयम)मन, वाणी र व्यवहारलाई नियन्त्रणमा राख्ने अभ्यास हो।
  4. अस्तेयअरूको सम्पत्ति वा वस्तु चोरबिना वा हडपबिना बाँच्ने नैतिक नियम हो।
  5. शौच (पवित्रता)शरीर, मन र कर्मलाई स्वच्छ र शुद्ध राख्ने आन्तरिक र बाह्य शुद्धता हो।
  6. इन्द्रिय निग्रहइन्द्रियहरूलाई मनको नियन्त्रणमा राख्दै अनुशासित जीवन बिताउने कला हो।
  7. धी (बुद्धि)सही र गलतको विवेक गर्न सक्ने सोच्ने र निर्णय गर्ने क्षमताको नाम हो।
  8. विद्याज्ञान प्राप्त गर्ने प्रक्रिया र त्यसको सदुपयोग गर्ने बौद्धिक समृद्धि हो।
  9. सत्यविचार, वाणी र कर्ममा यथार्थता र निष्कपटता कायम राख्ने धर्म हो।
  10. अक्रोधरिस, आक्रोश वा घृणाबाट मुक्त भई शान्त र सहिष्णु रहने अवस्था हो।

*     यी सबै गुणहरू मानव जीवनलाई सत्कर्म, शान्ति र आध्यात्मिक उन्नतिमा डोर्‍याउने आधारस्तम्भ हुन्।

*     माता, पिता, आचार्य (गुरु) आदिलाई देवतुल्य मानी सम्मान गर, स्वावलम्बी बन, परोपकार बन्, सबै प्राणीलाई दया गर, ठिक आहारको मात्र खानपिन गर, आचारविचार असल बनाऊ भन्ने जस्ता उपदेश दिइन्छ ।

*     धर्म, अर्थ, काम र मोक्षलाई मानव जीवनका ४ ओटा लक्ष्य मानिएको छ । यी चार पुरूषार्थहरूको एक-एक वाक्यमा अर्थ दिइएको छ:

  1. धर्मनीतिपूर्ण, न्याययुक्त र कर्तव्यनिष्ठ जीवन यापन गर्ने मार्ग हो।
  2. अर्थजीवन यापनका लागि आवश्यक धन, साधन र समृद्धि आर्जन गर्ने प्रयास हो।
  3. कामइन्द्रियजन्य इच्छाहरूको मर्यादित र धर्मसम्मत पूर्तिको प्रक्रिया हो।
  4. मोक्षजन्म–मरणको चक्रबाट मुक्त भई आत्माको परम शान्ति र मुक्तिको अवस्था हो।

यी चारै पुरूषार्थहरू जीवनलाई सन्तुलित, समृद्ध र आध्यात्मिक रूपले पूर्ण बनाउन आवश्यक मानिन्छन्।

 

ग. बौद्ध दर्शन परम्पराः बौद्ध दर्शन परम्पराका विशेषताहरू निम्नानुसार छन् :

*     यसमा ४ ओटा आर्य सत्य (संसारमा दुःख छ, दुःखका कारण छन्, दुःखको निवारण छ र दुःख निवारणका लागि अप्यङगिक मार्ग छन्) हरू छन् ।

*     यसमा ८ ओय असल मार्गहरू (सम्यक दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाक, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् प्रयासः सम्यक् स्मृति र सम्यक् समाधि) छन् । यी अष्टाङ्गिक मार्गका आठ अङ्गहरू हुन्, जसले बुद्ध धर्ममा निर्वाण प्राप्तिको मार्ग देखाउँछन्।

  1. सम्यक दृष्टि (सही दृष्टिकोण)जीवन, दुःख र कर्मको सत्य स्वरूप बुझ्ने र यथार्थमा विश्वास गर्ने बुद्धिमत्ता हो।
  2. सम्यक सङ्कल्प (सही संकल्प)अहिंसा, करुणा र त्यागमा आधारित विचार र संकल्प राख्ने अभ्यास हो।
  3. सम्यक वाक (सही वाणी)सत्य, प्रिय, आवश्यक र अहिंसात्मक वाणी बोल्ने शुद्ध संवाद पद्धति हो।
  4. सम्यक कर्म (सही आचरण)हिंसा, चोरी, व्यभिचार जस्ता पापकर्मबाट टाढा रही नैतिक जीवन बिताउने कर्म हो।
  5. सम्यक जीविका (सही आजीविका)अन्य प्राणीलाई हानि नगरी शुद्ध र नैतिक माध्यमबाट जीविकोपार्जन गर्ने उपाय हो।
  6. सम्यक प्रयास (सही प्रयास)कुसल कार्यको अभ्यास र अकुसल प्रवृत्तिको निराकरण गर्न निरन्तर सकारात्मक प्रयास हो।
  7. सम्यक स्मृति (सही स्मृति/सचेतता)वर्तमान क्षणप्रति पूर्ण जागरूकता राख्दै शरीर, भावना र मनको अवलोकन गर्ने ध्यान हो।
  8. सम्यक समाधि (सही एकाग्रता)चित्तलाई एकाग्र बनाई ध्यानमार्फत शान्ति, ज्ञान र अन्तिम मुक्ति प्राप्त गर्ने अवस्था हो।

*     यी आठ अङ्गहरूले मिलेर आत्मशुद्धि, दुःखको अन्त्य र निर्वाण प्राप्तिको बाटो प्रशस्त गर्छन्।

*     यसमा ५ ओटा पञ्चशीलका उपदेशहरू (प्राणी हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यमान नगर्ने) छन् ।

*     कुनै पनि कुरामा अन्धविश्वास नगरी आफैले परीक्षण वा अनुभव गरेर मात्र विश्वास गर्नुपर्छ भन्ने उपदेश पनि बुद्धबाट मिल्छ ।

पूर्वीय चिन्तनको अभ्यास (Practice of Eastern Thought)

हिन्दु र बौद्ध परम्परामा जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई आपसमा अन्तरसम्बन्धित मानी आहार, आचारविचार र दैनिक व्यवहारमा तिनीहरूको प्रयोगमा जोड दिइएको पाइन्छ । त्यसैगरी यस्तै मान्यता जैन, किराँत, बोन, कन्फुसियस, ताओ आदि चिन्तन परम्परामा पनि पाइन्छ । खानपिन, सङ्गत, आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले तो सबै मानव मर्यादाअनुसारको हुनुपर्ने मानिएको छ। यस परम्परामा जीवनोपयोगी शिक्षामा जहिले पनि उचित जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई महत्त्व दिइएको पाइन्छ ।

नेपालमा पूर्वीय चिन्तनको मान्यता प्राचीनकालदेखि नै दिइएको पाइए तापनि हाल भूमण्डलीकरण, परसंस्कृक्तिकरण र उपभोक्तावादको असर यस परम्परालाई परेको छ। नेपालमा आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो हालसालैका वर्षहरूमा बढ्दो क्रममा देखिन्छ ।

 पूर्वीय विन्तन परम्पराको विकासमा नेपालको योगदान

पूर्वीय चिन्तनको मूल थलो भनेकै नेपाल तथा भारतीय भूमि हो। यस ठाउँलाई हिन्दु धर्मको जननी मानिन्छ यही ठाउँमा बसेर महर्षि व्यासले वेदको रचना गरेका थिए। हामी बसेको त्यही पवित्र भूमि हो, जहाँबाट वेदमा आधारित 'षड्दर्शन' को उत्पत्ति भयो। षड्दर्शनका प्रणेताहरू नेपाली भूमिका बसेर तपस्या गर्थे। जस्तैः                              (क) साङ्ख्य दर्शनका प्रणेता महर्षि कपिल हुन् । यिनले हालको कपिलवस्तुलाई आफ्नो ध्यान र ज्ञानको केन्द्र बनाएका थिए।

(ख) न्याय दर्शनका प्रणेता महर्षि गौतमले लुम्बिनी क्षेत्रलाई आफ्नो ध्यान र ज्ञानको प्रमुख क्षेत्र ठानेक थिए।

(ग) वेदान्त दर्शनका प्रणेता महर्षि व्यासले पनि नेपाली भूमिमा बसेर तपस्या गरेको प्रमाण भेटिन्छ।

(घ) इ.पू. ५६३ नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भयो । गौतम बुद्धलाई बौद्ध दर्शनका प्रणे मानिन्छ। बौद्ध दर्शनको प्रभाव पूर्वीय चिन्तनमा मात्र सीमित भएन । यो दर्शनले त विश्वव्यापी अवसर प्राप्त गर्यो। बौद्ध दर्शनले गर्दा नेपाल र नेपालीको नाम विश्वभर चम्कियो।

(ङ) त्यसैगरी जैन दर्शनका प्रेणता महावीरले जनकपुरलाई आफ्नो पवित्र भूमि ठानेका थिए । जनक उनको मामाघर पनि हो। महावीरले राजा जनकलाई श्रद्धा गरेको तथा ज्ञान साटासाटका लागि जनक आउने गरेको प्रमाण भेटिन्छ। माथिका सत्य तथ्य कुराबाट के प्रमाणित हुन्छ भने -

*     पूर्वीय दर्शनका अधिकांश प्रणेताले नेपाली भूमिलाई ध्यान र ज्ञानको केन्द्र बनाएको,

*     बौद्ध दर्शनका प्रणेता गौतम बुद्धको जन्म नेपालमै भएको,

*     नेपालीहरूले पूर्वीय दर्शनलाई अनुशरण गरेको,

*     पूर्वीय दर्शनमा आधारित धार्मिक ग्रन्थहरू प्रकाशित गरिएको,

*     नेपाली भूमिबाट पूर्वीय दर्शनको प्रचारप्रसारमा सहयोग पुगेको आदि कारणले गर्दा पूर्वीय दर्शन परम्पराको विकासमा नेपालको योगदानलाई उल्लेखनीय मानिन्छ।

पूर्वीय चिन्तनको वर्तमान अभ्यास (पूर्वीय दर्शन र नेपाली समाजबिचको सम्बन्ध)

पूर्वीय चिन्तन परम्परा हाम्रो माटोको उपज हो। हामी यही पूर्वीय संस्कार र संस्कृतिमा हुर्किएका जीवित प्राणी हौं। परम्परादेखि नै हाम्रो जनजीवनमा पूर्वीय दर्शनको गहिरो छाप परेको छ। हाम्रा सामाजिक, शैक्षिक, सांस्कृतिक आदि क्षेत्रमा पूर्वीय चिन्तनका अभ्यासहरू भइरहेका छन् । जसलाई हामी तलका केही उदाहरणद्वारा प्रमाणित गर्न सक्ने छौं :

(क) मूल्यमान्यताको अभ्यास :

हामीले हाम्रो संस्कार र संस्कृतिलाई मान्दै आएका छौं। आफूभन्दा ठुलाको आदर गर्ने, सानालाई माया गर्ने, पाहुना र गुरुजनको सत्कार गर्ने आदि कार्यहरू हाम्रा पूर्वीय चिन्तनका अभ्यास हुन् ।

(ख) सदाचारको अभ्यास:

पूर्वीय चिन्तनको अभ्यासबाट हामीले अनुशासनको पाठ सिकेका छौं। कुकर्म गर्नु महापाप हो। हत्या, हिंसा गर्नु अपराध हो। खराब कार्य गर्नु मानवता विरोधी कार्य हो। यस्ता कार्यप्रति हामीले सधैं सचेत रहने अभ्यास गर्दै आएका छौं।

(ग) योग तथा ध्यानको अभ्यास:

पूर्वीय चिन्तन परम्पराबाट हामीले योग तथा ध्यानको अभ्यास गर्दै आएका छौं। यस्तो कार्यले हामीलाई निरोगी बन्न सहयोग पुगेको छ। योग तथा ध्यानको अभ्यासबाट हामी शारीरिक तथा मानसिक रूपमा तन्दुस्त बनेका छौं।

(घ) तार्किक शक्तिको अभ्यास:

पूर्वीय दर्शनको अध्ययनबाट हामीले ज्ञानको महासागर प्राप्त गरेका छौं। यस्ता ज्ञानको अध्ययनले हाम्रो तार्किक शक्ति बलियो बनेको छ। यस्तो शक्तिलाई हामीले संवाद, वादविवाद, वक्तृत्व, छलफल आदि कार्यमा अभ्यास गर्दै आएका छौं।

(ङ) सांस्कृतिक अभ्यास:

पूर्वीय चिन्तन परम्परालाई हामीले सांस्कृतिक रूपमा अभ्यास गर्दै आएका छौं । हाम्रा चाडपर्व, मेलाजात्रा, उत्सव आदिमा पूर्वीय दर्शनको प्रभाव परेको हुन्छ। जसलाई हामीले परम्परादेखि नै अभ्यास गर्दै आएका छौं।

त्यसैले पूर्वीय दर्शन र नेपाली समाजबिच 'पुस्तक र ज्ञानको जस्तै' गहिरो सम्बन्ध रहेको छ। पूर्वीय दर्शन भनेको नेपाली समाजको मार्ग दर्शक हो। यसले नेपाली समाजलाई ज्ञानको सागर प्रदान गरेको छ। पूर्वीय दर्शन भनेको नेपाली समाजको धार्मिक कानुन हो। जसले हामीलाई अनुशासनको मार्गमा हिँड्न सिकाएको छ। पूर्वीय दर्शन एसियाली माटोको उपज हो। जसले हाम्रो समाजलाई अनेक प्रकारका संस्कार र संस्कृति सिकाइको छ । पूर्वीय दर्शनकै संस्कार र संस्कृतिमा हाम्रो जीवनशैली सञ्चालन भएको छ । योग-ध्या असल आचरणहरू पूर्वीय दर्शनकै उपज हुन् । यिनै कारणले पनि पूर्वीय दर्शन र नेपाली समाजबिन सम्बन्ध चाँदनी र चन्द्रमाको जस्तै प्रगाढ रहेको छ।

पाश्चात्य चिन्तन, परम्परा र वर्तमान अभ्यास (Western Thought, Tradition & Current Practice)

पाश्चात्य चिन्तन (Western Thought)

खासगरी पश्चिमी देशहरूमा विकास र विस्तार भएको चिन्तनलाई नै पाश्चात्य चिन्तन वा दर्शन भनिन्छ । पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत प्राचीन ग्रीस (युनान) हो। पाश्चात्य दर्शनले ग्रीस, इटली, बेलायत, फ्रान्स, अमेरिकालगायत पश्चिमी देशका दार्शनिकहरूको प्रयासबाट प्रतिपादन भएको दर्शन हो। यसमा भौतिकवादी विचारको प्रधानता रहेको हुन्छ । सुकरात, प्लेटो, एरिस्टोटल, पाइथागोरस जस्ता दार्शनिकहरूले पाश्चात्य चिन्तन प्रणालीको विकासमा योगदान गरेका छन् ।

पाश्चात्य चिन्तन परम्परा र वर्तमान अभ्यास (Western Thought Tradition and Practice)

पाश्चात्य चिन्तन परम्परा र वर्तमान अभ्याससँग सम्बन्धित विविध पक्षहरू निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गरिएको छः

*     यसलाई व्यक्तित्ववाद (Individualism) भनेर पनि विश्लेषण गरिन्छ ।

*     पश्चिमा सभ्यतामा जीवनको अर्थ म लाई केन्द्रमा राखेर बुझ्ने गरिन्छ ।

*     यही पश्चिमी दर्शनलाई टेकेर आदर्शवाद, अध्यात्मवाद, भौतिकवाद, प्रकृतिवाद, यथार्थवाद, अस्तित्ववाद, मानवतावाद, आधुनिकतावाद, उत्तरआधुनिकतावाद व्यवहारवाद आदि दर्शनहरूको विकास भएको पाइन्छ।

*     पाश्चात्य चिन्तन परम्परामा क्रिश्चियन धर्मको पनि धेरै प्रभाव छ ।

*     प्राकृतिक संसाधनको विनाशकारी दोहन र उपभोक्तावादलां पाश्चात्य समाजको नकारात्मक पक्ष मानिन्छ ।

*     आधुनिक युगमा विज्ञान प्रविधिमा भएको विकास मुख्खर युरोप र अमेरिकामै भएको हुनाले मानव समाजका लागी पाश्चात्य समाजको यो योगदानको प्रशंसा गरिन्छ। स चिन्तनमा जीवनयोपयोगी शिक्षाका धेरै कुराहर एरिस्टोटलसँग सम्बद्ध देखिन्छन् ।

*     शिक्षाका दृष्टिकोणबाट हेर्दा पश्चिमा देशहरूमा अचेत बहुसांस्कृतिक, बहुधार्मिक, प्रविधिको व्यापक प्रयोग हुने एवम् जीवनोपयोगी सिपलाई पनि समावेश गरिए‌को शिक्षालाई महत्त्व दिइएको पाइन्छ ।

*     वर्तमान समयमा पूर्वीय चिन्तन परम्पराको बिस्तारै पश्चिमा समाजमा र पाश्चात्य चिन्तन परम्पराको चिन्तन पूर्वीय समाजमा पनि भइरहेको छ ।

यसरी पूर्वीय र पश्चिमा चिन्तन परम्पराहरूको भेट, आपसी संवाद र प्रतिस्पर्धा वा समन्वयको अवस्था वर्तमान समयमा देखिन्छ। हाल पश्चिमा विश्वविद्यालयहरूमा पूर्वीय चिन्तन परम्पराबारे अनुसन्धान गर्नेहरूको सङ्ख्यामा पनि उत्तरोत्तर वृद्धि भइरहेको छ ।

पूर्वीय चिन्तन र पाश्चात्य चिन्तन परम्पराबिचको फरक (Differences between Eastern and Western Thinking Tradition)

पूर्वीय चिन्तन

 

पाश्चात्य चिन्तन

 

व्यक्तिहरूको सोच र कार्यमा यस चिन्तनले समूह वा जीवनको अर्थ खोज्दछ ।

 

यसमा जीवनको अर्थ '' लाई केन्द्रमा राखेर बुझ्ने  गरिन्छ ।

यो बढी व्यावहारिक हुन्छ ।

 

यो बढी सैद्धान्तिक हुन्छ ।

 

यसले मानिसको अस्तित्वको विरोध गर्दछ भने ईश्वरको अस्तित्वको पक्षपोषण गर्दछ ।

 

 यसले ईश्वरको अस्तित्वलाई अस्वीकार गरी पृथ्वीमा मानवीय अस्तित्वको पक्षपोषण गर्दछ ।

 

यो दर्शन परम्परा एकीकृत प्रणाली वा सम्पूर्णतामा आधारित छ ।

 

यो विविधतापूर्ण विचार एवम् दृष्टिकोणमा छरिएर वा टुका टुक्रामा आधारित छ ।

 

यो दर्शनको अन्तिम सत्य ईश्वर र परमात्मा हो ।

 

यसले भौतिक जगत् र यहाँ रहेका गतिशील पिण्डलाई सत्य मान्दछ ।

 

यसले अस्तित्वादी मूल्य, सौन्दर्यसम्बन्धी मूल्य, सत्कार्यप्रतिको मूल्य, परोपकारप्रतिको मूल्यलाई विशेष जोड दिन्छ ।

 

यसको जोड वैज्ञानिक प्रक्रियामा छ। शास्वत सत्यको समीपमा पुग्न पश्चिमाहरू वैज्ञानिक प्रक्रिया अवलम्बन गर्छन् ।

 

 

पूर्वीय र पाश्चत्य चिन्तन परम्परामा देखिएका समानता र भिन्नता

नेपाल-भारत आसपासको क्षेत्रबाट विकसित भएको दर्शनलाई पूर्वीय चिन्तन भनिन्छ। দূর্বীয় কিবলার 'आध्यात्मवादी' 'भौतिकवादी' गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ।

त्यसैगरी युरोपेली भूमिवाट विकसित भएको दर्शनलाई पाश्चात्य चिन्तन भनिन्छ। पाश्चात्य चिन्तन प 'युनानी सभ्यता' 'रोम सभ्यता' को विशेष योगदान रहेको छ।

यी दुवै चिन्तनहरू फरक भूमि र फरक वातावरणमा विकसित भएका हुन। यसो भन्दैमा यी दुई दर्शবহা बिच समानता नै छैन भन्ने होइन। पूर्वीय र पाश्चात्य चिन्तन परम्परामा देखिएका मुख्य समानता र भिन्नतालाई तलको तालिका प्रस्तुत गरिएको छ।

समानता

(क)   पूर्वीय र पाश्चात्य यी दुवै चिन्तनमा विचारको प्रवाह रहेको देखिन्छ।

(ख)    यो दुवै चिन्तनले ईश्वर, पुनर्जन्म, प्रकृति, जीवन, मृत्यु तथा सम्पूर्ण ब्रहमाण्डसम्बन्धी आ-आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

(ग)    यी दुवै दर्शनहरू तत्कालीन समयको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबाट प्रभावित छन् ।

(घ)    यी दुवै दर्शनले मानव कल्याण, सत्य, न्याय, अनुशासन र सदाचारजस्ता विषयमा जोड दिएका छन् ।

(ङ)     यी दुवै दर्शनहरू जीवन र जगत्‌को वैचारिक चक्रमा घुमेका देखिन्छन् ।

भिन्नता

(क)     पूर्वीय चिन्तन ध्यान र ज्ञानमा बढी केन्द्रिय देखिन्छ।

(ख)     पाश्चात्य चिन्तन तर्क शक्तिमा बढी केन्द्रित देखिन्छ।

(ग)      पूर्वीय चिन्तनले व्यवहारिक पक्षलाई बढी जोड दिएको छ।

(घ)      पाश्चात्य चिन्तनले सैद्धान्तिक पक्षहरूलाई बढी जोड दिएको छ।

(ङ)       पूर्वीय चिन्तनले आध्यात्मिक पक्षलाई महत्व दिएको छ।

(च)      पाश्चात्य चिन्तनले वैज्ञानिक पक्षलाई महत्व दिएको छ।

(छ)     पूर्वीय दर्शनले समाजलाई अनुशासन, सदाचार, सत्य र न्यायको विषयमा पाठ पढाउँछ।

(ज)     पाश्चात्य दर्शनले समाजलाई तर्कशक्ति, वास्तविकता र वैज्ञानिक ज्ञान दिलाउँछ।

(झ)     पूर्वीय चिन्तनको निष्कर्ष आत्मासँग जोडिएको छ।

(ञ)      पाश्चात्य चिन्तनको निष्कर्ष भौतिक पक्षसँग जोडिएको हुन्छ ।

रा‌क्षिप्त उत्तरात्मक प्रश्नहरु

२०८० ग्रेड वृद्धि परीक्षा सेट एप्रन १२ तपाईले पर्वीय र पश्चिमी चिन्तन परम्परा मध्ये कुन परम्परालाई आ जीवनमा के कसरी अभ्यास गरिरहनु भएको छ ? बुँदागतरूपमा स्पष्ट पार्नुहोस् ।

वेदमा आधारित अनेकी सम्प्रदायहरूको समिश्रणबाट आजको स्वरुपमा आइपुगेको हिन्दु धर्म एवम् दर्शन, को धर्म एवम् दर्शन, जैन धर्म एवम् दर्शन, किरांत धर्म एवम् दर्शन, शिख दर्शन, कन्फु‌सियस दर्शन, ताओ एवम् दर्शन आदिको प्रभावले पूर्वीय चिन्तन बनेको छ भने ग्रीसका दार्शनिकहरू सोक्रेटस, प्लेटो एरिस्टोटलका विचार, क्रिश्चियन मतको प्रभावले पाश्चात्य चिन्तनको जग खडा भएको छ ।

पूर्वीय र पाश्चात्य चिन्तन परम्परामध्ये पूर्वीय चिन्तन परम्परालाई जीवनोपयोगी व्यवहारमा मैले निम्नलिखिर कुराहरूमा लागु गरेको छु। पूर्वीय चिन्तन परम्परामा आस्तिक दर्शन पनि पाइन्छ। जीवनमा आइपर्ने विभिन्न समस्याहरू आस्तित्र दर्शनअनुसार समाधान गर्ने प्रयोग गर्छु। बौद्ध दर्शनको चार आर्य सत्य, आठ असल मार्गहरू र पञ्चशीलको उपदेश पालना गरी मध्यमार्गी हुने प्रयास गर्छु। आहार, आचारविचार र दैनिक व्यवहार, नैतिक जीवनसम्बन्धी चचर्चा पूर्वीय परम्परामा पाइन्छ जुन म पालना गर्छु। योग दर्शनअनुसार योग तथा ध्यानको अभ्यास गरेर मैने शारीरिक तथा मानसिक स्वास्थ्य लाभ गरेको छु। वादविवाद, वक्तृत्व, छलफल, संवाद, सत्य र न्यायको पक्षमा आवाज उठाउन, हत्या, हिंसा, चोरी जस्ता कार्य नगर्न, धूम्रपान, मद्यपान, लागु पदार्थ जस्ता कुलतमा नफस्ने जुन सामाजिक, शारीरिक, मानसिक स्वास्थ्यका लागि विचार र ज्ञान पूर्वीय चिन्तन परम्परामा पाइन्छ त्यसैलाई पालना गरेर सुखी र स्वस्थ जीवन वाचिरहेको छु ।

(नोटः प्रश्नअनुसार विद्यार्थीहरूले पूर्वीय वा पाश्चात्य चिन्तन परम्परामध्ये कुनै एकको मात्र व्याख्या गर्नुपर्नेछ त यहां पाश्चात्य चिन्तन परम्पराको वारेमा पनि चर्चा गरिएको छ ।।

पाश्चात्य चिन्तन तर्कशास्त्र, नीतिशास्त्र, राजनीतिशास्त्र, कला, दर्शनका विभिन्न शाखाहरू र प्रकृति विज्ञानका अनेकौं शाखाहरूका साथै कलात्मक अभिव्यक्ति, आलोचनात्मक विश्लेषण र वैज्ञानिक खोजतर्फ उन्मुख रहेको देखिन्छ । पाश्चात्य परम्परावाट मानवतावाद, मानव अधिकार, न्यून उपभोक्तवादी दृष्टिकोण जस्ता कुराहरू पालना गर्ने गरेको छु। पाश्चात्य दर्शनले अवलम्बन गरेको आगमन तर्कशास्त्रलाई जीवनमा लागु गरेको छु। पाश्चात्य दर्शनले भौतिकता, वैज्ञानिक खोज जस्ता कुराहरूमा जोड दिन्छ। आज हामीहरूले भौतिकतामा जति पनि कुराहरू प्राप्त गरिरहेका छौं त्यो विज्ञान र प्रविधिको उदयले सम्भव भएको हो। म आफू सचेत भएर यी सामग्रीहरूको सही प्रयोग गरिरहेको छ ।

२०७९ (ऐच्छिक तर्फ) पूर्वीय दर्शनका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।

पूर्वीय दर्शन भनेको धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिरिवाज, कला आदिमा आधारित दर्शन हो। यसलाई एसियन चिन्तन परम्परा पनि भनिन्छ। यो खासगरी वेदमा आधारित दर्शन हो। यस दर्शनले समाज, समूह वा व्यक्तिहरूको कार्यमा जीवनको अर्थ खोज्दछ। पूर्वीय दर्शनका सकारात्मक पक्षहरू निम्नानुसार उल्लेख गरिएको छ:

क. पूर्वीय दर्शनले समाज, समूह र व्यक्तिहरूको कार्यमा जीवनको अर्थ खोज्दछ ।

ख. पूर्वीय दर्शनले व्यक्तित्व विकासलाई महत्त्व दिई सामूहिकता, समन्वय र सहकार्यमा जोड दिएको छ ।

ग. प्रक्तिसँग तादात्य राख्ने, पर्यावरणमैत्री एवम् पारिस्थितिक प्रणाली सापेक्ष जीवनशैलीलाई पूर्वीय दर्शनमा प्राथमिकता दिएको पाइन्छ ।

घ. यस दर्शलने मानवको चरित्र निर्माणमा धर्म, सस्कार, संस्कृति, सामाजिकीकरण, शिक्षा, कला, सिप आदिको प्रत्यक्ष प्रभाव पार्ने कुरामा जोड दिन्छ ।

ङ्. यस दर्शनले मानव तथा अन्य जीवजन्तुलाई मात्रै नभई प्राक्तिक स्रोतहरूलाई पनि ईश्वरका अवतारका रूपमा सम्मान गरी सबैको अस्तित्वलाई स्वीकार गरेको देखिन्छ ।

च. यो बढी व्यावहारिक दर्शन हो. र यसको दैनिक जीवनमा प्रयोग गर्न सकेमा सफल जीवन जिउनको लागि मद्दत गर्दछ ।

पूर्वीय चिन्तन परम्पराको बारेमा छोटकरीमा लेख्नुहोस् ।

पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिरिवाज, कला आदिमा आधारित चिन्तन नै पूर्वीय चिन्तन हो। यो खासगरी वेदमा आधारित दर्शन हो। यमलाई एमियन चिन्तन परम्परा पनि भनिन्छ। यसलाई सामूहिकतावाद (Collectivism) भनेर पनि विश्लेषण गरिन्छ। भौगोलिक दृष्टिकोणबाट पूर्वीय दर्शनअन्तर्गत भारतवर्षीय दर्शन, कोरियाली दर्शन, जापानी दर्शन, भियतनामी दर्शन आदि पर्दछन् पर्दछन् । । पूर्वीय पूर्वीय दर्शन खासगरी हिन्दु धर्म वा दर्शन, बौद्ध दर्शन, जैन दर्शन, किरांत दर्शन, शिख दर्शन, कन्फुसियम दर्शन, ताओं दर्शन आदिकी प्रभावले बनेको छ। यम दर्शन परम्परामा मानव जीवन चरित्रलाई निकै महत्व दिइन्छ। मानवको चरित्र निर्माणमा धर्म, संस्कार, सस्कृति, सामाजिकीकरण, शिक्षा, कला, सिप आदिको प्रत्यक्ष प्रभाव पर्छ। प्रक्तिसँग तादात्म्य राख्ने, पर्यावरणमैत्री एवम् पारिस्थितिक प्रणालीसापेक्ष जीवनशैलीलाई पूर्वीय मान्यतामा प्राथमिकता दिएको पाइन्छ। यसले समूह, समाज वा व्यक्तिहरूको कार्यमा जीवनको अर्थ खोज्दछ । पूर्वीग चिन्तनले हामीलाई सामाजिक मूल्यमान्यता र नैतिक चरित्रको निर्माणमा बाटो देखाएको छ र हामीले यसलाई पालन गरेर आपसी प्रेम, सम्मान र स्वागत जस्ता संस्कारलाई स्वीकार गर्दै आएका छौं।

पूर्वीय चिन्तनको वर्तमान समयमा अभ्यास कसरी भइरहेको छ ? बुँदागत रूपमा लेख्नुहोस् ।

पूर्वीय दर्शन वा चिन्तन विशेषगरी एसिया महादेशमा विकसित भएको चिन्तन हो। यसमा विश्वको पूर्वी भू-भागमा अभ्यास भइरहेका विभिन्न धर्म, दर्शन तथा परम्पराहरूको विशेषता झल्किन्छ। पूर्वीय चिन्तनलाई हाम्रो दैनिक जीवनमा हामीले प्रयोग गर्दै आइरहेका छौं जसले हाम्रो दैनिक जीवनका समस्याहरू समाधान गर्न सहयोग पुऱ्याएको पाइन्छ। त्यसैले पूर्वीय चिन्तनको वर्तमान समयमा भइरहेको अभ्यासको सम्बन्धमा निम्नानुसारका बुंदाहरूले प्रष्ट पार्दछन् :

क. पूर्वीय चिन्तनले हामीलाई सामूहिकतामा मिलेर बस्न र वाँच्न सिकाएको छ जसको अभ्यासले विविधतामा एकता ल्याउन सहयोग पुगेको छ ।

ख. यसले विश्व शान्तिलाई आत्मसात गरेकी छ जसले हिंसाको बाटो त्यागी आपसी मेलमिलाप गर्न सहयोग गरेको छ ।

ग. यसले हामीलाई योग र ध्यानको अभ्यास गर्न सिकाएको छ जसले हामीलाई शारीरिक, मानसिक र आत्मिक रूपमा स्वस्थ बनाउन सहयोग गरेको छ।

घ यसले राम्रो कार्य वा सत्कार्य गरे आफ्नो भलो हुने वा धर्म कमाउन सकिन्छ भन्ने धारणा राख्दछ जसले मानिसलाई सधैं सत्कर्म गर्न उत्साहित गर्दछ ।

ङ यसले मानिस र प्रकृक्तिविचको सम्बन्ध एकदमै घनिष्ट छ भन्ने कुरालाई जोड दिन्छ जसले प्राक्तिक बोतसाधनको संरक्षण र संवर्धन गर्न हामीलाई सिकाएको छ।

पाश्चात्य दर्शन वा चिन्तन परम्पराको बारेमा सक्षेपमा वर्णन गर्नुहोस् ।

खासगरी पश्चिमी देशहरूमा विकास र विस्तार भएको चिन्तनलाई नै पाश्चात्य चिन्तन वा दर्शन भनिन्छ । पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत प्राचीन ग्रीस (युनान) हो। पश्चिमेली दर्शन भन्नाले ग्रीस, इटली, बेलायत, फ्रान्स, अमेरिका लगायत पश्चिमी देशका दार्शनिकहरूको प्रयासबाट प्रतिपादन भएको मानिन्छ । सुकरात, प्लेटो, एरिस्टोटल, पाइथागोरस जस्ता दार्शनिकहरूले पाश्चात्य चिन्तन प्रणालीको विकासमा योगदान गरेका थिए ।

यसलाई व्यक्तित्ववाद (Individualism) भनेर पनि विश्लेषण गरिन्छ। पश्चिमा सभ्यतामा जीवनको अर्थ म

लाई केन्द्रमा राखेर बुझ्ने गरिन्छ। यही पश्चिमी दर्शनलाई टेकेर आदर्शवाद, अध्यात्मवाद, भौतिकवाद, प्रकृक्तिवाद, यथार्थवाद, अस्तित्ववाद, मानवतावाद, आधुनिकतावाद, उत्तरआधुनिकवाद, व्यवहारवाद आदि दर्शनहरूको विकास भएको पाइन्छ। पाश्चात्य चिन्तन परम्परामा किश्चियन धर्मको पनि धेरै प्रभाव छ। त्राधुनिक युगमा विज्ञान प्रविधिमा भएको विकास मुख्यतः युरोप र अमेरिकामै भएको हुनाले मानव समाजका लागि पाश्चात्य समाजको यो योगदानको प्रशंसा गरिन्छ। हाल पश्चिममा विश्वविद्यालयहरूमा पूर्वीय चिन्तन परम्पराबारे अनुसन्धान गर्नेहरूको सङ्ख्यामा पनि उत्तरोत्तर वृद्धि भइरहेको छ। यस चिन्तनमा जीवनयोपयोगी शिक्षाका धेरै कुराहरू एरिस्टोटलसँग सम्बद्ध देखिन्छन् । शिक्षाका दृष्टिकोणबाट हेदां पश्चिमा देशहरूमा अचेल बहुसांस्कृतिक, बहुविधार्मिक, प्रविधिको व्यापक प्रयोग हुने एवम् जीवनोपयोगी सिपलाई पनि समावेश गरिएको शिक्षालाई महत्त्व दिइएको पाइन्छ। वर्तमान समयमा पूर्वीय चिन्तन परम्पराको विस्तार पश्चिमा समाजमा र पाश्चात्य चिन्तन परम्पराको चिन्तन पूर्वीय समाजमा पनि भइरहेको छ। यसरी पूर्वीय र पश्चिमा चिन्तन परम्पराहरूको भेट, आपसी संवाद र प्रतिस्पधों वा समन्वयको अवस्था वर्तमान समयमा देखिन्छ ।

पूर्वीय दर्शन र नेपाली समाजबिचको सम्बन्ध उल्लेख गर्नुहोस् ।

पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिरिवाज, कला आदिमा आधारित चिन्तन नै पूर्वीय चिन्तन हो। पूर्वीय दर्शन खासगरी हिन्दु धर्म वा दर्शन, बौद्ध दर्शन, जैन दर्शन, किरांत दर्शन, शिख दर्शत्, कन्फु‌सियम दर्शन, ताओं दर्शन आदिको प्रभावले बनेको छ। मानव जीवनको विभिन्न नैतिक र आध्यात्मिक पक्षसंग जोडिएको पूर्वीय दर्शन र नेपाली समाजविचको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।

नेपाल एक बहुधार्मिक मुलुक हो। नेपालमा खासगरी हिन्दु र बौद्ध धर्म मान्ने मानिसहरूको बाहुल्यता रहेको छ जुन पूर्वीय दर्शनमा आधारित धर्महरू हुन्। यसले गर्दा पूर्वीय दर्शनसंग धार्मिक दृष्टिकोणले नेपाली समाजको सम्बन्ध रहेको पाइन्छ ।

नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार र सस्कृतिको बढी प्रभाव रहेको पाइन्छ ।

*     नेपालमा पूर्वीय परम्पराअनुसार नै पूजापाठ गर्ने, धर्मकर्म गर्ने, सामाजिक संस्कारहरू गर्ने, इंश्वरीय शक्तिलाई प्राथमिकता दिने जस्ता कार्यहरू हालसम्म पनि जीवन्त नै छन् । यसलाई हेदां पूर्वीय दर्शनबाट संस्कृति, रीतिरिवाज, कला आदि नेपाली समाजले अभ्यास गरिरहेको छ ।

*     नेपालमा हिन्दु र बौद्ध दर्शनलाई प्राथमिकता दिएर सोहीअनुसार नै चाडपर्व मनाउने, योग तथा ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने र बौद्ध परम्पराअनुरुप विभिन्न क्रियाकलापहरू गरिन्छन् ।

*     स्वावलम्बी बन्ने, परोपकार गर्ने, सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने जस्ता पूर्वीय दर्शनका मान्यताहरू नेपाली समाजमा अभ्यास भइरहेका छन ।

*     त्यसैगरी नेपाली समाजमा पूर्वीय दर्शनअनुसारका संस्कार मानव मूल्यमान्यता, चालचलन एवम् सामाजिक मान्यता र सम्बन्धमा प्रभाव रहेको छ ।

*     नेपाली समाजबाट पूर्वीय दर्शन परम्पराको विस्तार भएको मान्न सकिन्छ किनभने नेपाली समाजको सेरोफेरोमा रचना भएका विभिन्न वेद, उपवेद, ग्रन्थ र धार्मिक मान्यता नै पछि गएर पूर्वीय दर्शन बनेको हो। विभिन्न कालखण्डमा जन्मिएका ऋषिमुनिहरूको विचार र सिद्धान्तको समष्टिगत स्वरुप नै पूर्वीय दर्शन हो ।

यी उल्लेखित समग्र तथ्यहरूलाई मध्यनजर गर्दा पूर्वीय दर्शनको विकासमा नेपाली समाजको अतुलनीय भूमिका रहेको पाइन्छ। नेपालीहरूको दैनिक जीवनका विभिन्न आयामहरूमा पूर्वीय दर्शनको भूमिका रहेको छ। तसर्थ बैद्धिक र धार्मिक चिन्तनमा आधारित पूर्वीय दर्शन र नेपाली समाजबिचको सम्बन्ध घनिष्ट रहेको प्रमाणित हुन्छ ।