पाठ:१
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध (Interrelationship between Social Studies and Life Skill
Education)
सामाजिक अध्ययन (Social
Studies)
सामाजिक
अध्ययन समाजका विभिन्न पक्षसँग सम्बन्धित ज्ञान प्रदान गर्ने विषय हो । समाज र
मानवसँग सम्बन्धित विभिन्न पक्षका बारेमा खोजी गर्नु, अध्ययन गर्नु, विश्लेषण
गर्नु नै सामाजिक अध्ययन हो। सामाजिक अध्ययनले विद्यार्थीहरूलाई व्यक्ति, परिवार, समाज,
राष्ट्र विश्व र ब्रमाण्डसँग सम्बन्धित हरेक
पक्षहरूको ज्ञानका साथै समस्याहरूको पनि पहिचान र व्यावहारिक समाधान गर्न सिकाउँछ
। सामाजिक अध्ययन बहुआयामिक विषय हो । - सामाजिक अध्ययन सामाजिक विज्ञान र
मानविकीका विभिन्न विषयहरू जस्तैः भूगोल, इतिहास,
अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र,
राजनीतिशास्त्र, मनोविज्ञान, धर्म,
संस्कृति, कला जस्ता विषयहरूको एकीकृत अध्ययन हो। यो विषयको मुख्य उद्देश्य
व्यक्तिलाई चरित्रवान्, सिर्जनात्मक, प्रजातान्त्रिक, व्यावहारिक
र असल व्यक्तित्वको विकास गराई राष्ट्रको असल नागरिकको रूपमा तयार गर्नु हो। यो
विषय नागरिक सक्षमता विकास गर्ने विषय हो ।
जीवनोपयोगी सिप तथा जीवनोपयोगी शिक्षा (Life Skill & Life Skill Education)
मानिसको
जीवनमा आवश्यक पर्ने सिपहरू जसले उसको जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग गर्दछ, त्यसलाई
जीवनोपयोगी सिप भनिन्छ । मानिसका लागि व्यवहार र व्यक्तित्व विकासमा सहयोग गर्ने
विभिन्न प्रकारका कौशल (Soft skill) हरू नै
जीवनोपयोगी सिप हुन्। जीवन उपयोगी सिप सिकाउने शैक्षिक प्रक्रिया नै जीवनोपयोगी
शिक्षा हो। यो एक नितान्त व्यावहारिक शिक्षा हो। जीवनोपयोगी शिक्षाले मानिसलाई
वास्तविक जीवनमा आइपर्ने बाधा, अवरोध र
समस्याहरूलाई समाधान गरी सफल तरिकाले जिउने सिपहरू सिकाउँछ । जीवनोपयोगी शिक्षा
जीवनोपयोगी सिपको मुख्य आधार पनि हो ।
जीवनोपयोगी सिपहरू (Life
Skill)
विश्व
स्वास्थ्य सङ्गठन (WHO), सन् १९९९
का अनुसार जीवनोपयोगी सिपअन्तर्गत मुख्य ६ ओटा क्षेत्रहरू पर्दछन्ः
1) सञ्चार र अन्तर्वैयक्तिक सिप
2) निर्णय गर्ने र समस्या समाधान सिप
3) सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप
4) आत्मजागरुकता र समानुभूति सिप
5) दृढता र समभाव वा आत्मनियन्त्रण सिप
6) उत्थानशीलता र समस्यालाई सम्बोधन गर्ने सिप
जीवनोपयोगी सिपमा समावेश हुने विषयवस्तुहरू
1) निर्णय प्रक्रिया सिप (Decision Making
Skill)
2) समस्या समाधान सिप (Problem Solving
Skill)
3) सञ्चार सिप (Communication Skill)
4) तनाव व्यवस्थापन सिप (Stress Management
Skill)
5) अन्तवैयक्तिक सिप र सम्बन्ध (Interpersonal
Skill & Relation)
6) समालोचनात्मक चिन्तन सिप (Critical
Thinking Skill)
7) सिर्जनात्मक चिन्तन सिप (Creative
Thinking Skill)
8) समानुभूति सिप (Empathy Skill)
9) आत्मबोध सिप (Self-awareness Skill)
10) संवेग व्यवस्थापन सिप (Emotion Management
Skill)
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध (Interrelationship Between Social Studies & Life Skill
Education)
सामाजिक
अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्धलाई निम्नानुसार बुँदागत रूपमा प्रष्ट
पार्ने प्रयास गरिएको छ:
सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा दुवैले
विद्यार्थीमा अनुशासित, चरित्रवान् एवम् कर्मनिष्ठ
व्यक्तित्वका साथै अन्तरवैयक्तिक सिपको विकास गराउँछन् ।
दुवै विषयले विद्यार्थीलाई व्यक्तिगत तथा बाह्य
समस्याहरूसँग परिचित भई उचित समाधान खोज्न सिकाउँछन् ।
दुवै विषयलाई व्यावहारिक विषय भनिन्छ ।
विद्यार्थीहरूलाई दैनिक जीवनसँग आवश्यक पर्ने सिपहरू
(निर्णय क्षमता, नेतृत्व, सकारात्मक सोच, अन्तरवैयक्तिक
सिप, सञ्चार, समस्या समाधान, विषयवस्तु
विश्लेषण आदि) को विकासमा जोड दिन्छ ।
सामाजिक अध्ययनका कतिपय विषयवस्तुहरू (तनाव,
द्वन्द्व, सूचना तथा सञ्चार, सामाजिक
सञ्जालका एप्लिकेसनहरू, परियोजना कार्य, नेतृत्व, निर्णय
आदि) जीवनोपयोगी शिक्षाका पनि विषयवस्तु भएकाले यी दुवैको अन्योन्याश्रित सम्बन्ध
छ ।
सामाजिक अध्ययनले सामाजिक व्यवहारमा व्यक्तिको
अन्तरक्रिया के छ भन्ने विषयको यथार्थ जानकारी दिन्छ भने जीवनोपयोगी शिक्षाले
सामाजिक अन्तरक्रिया कस्तो हुनुपर्छ भन्ने उपायहरू सिकाउँछ ।
यी दुवै विषयहरू सामाजिक शास्त्रहरू हुन् भने यो
दुवैले व्यक्ति, समूह र समाजका विविध व्यवहार र
अन्तरसम्बन्धको बारेमा बहस र अध्ययन गर्दछन् ।
जीवनोपयोगी शिक्षाले समाज र संस्कृतिका विविध
पक्षको विवेकशील प्रयोग गर्ने उपायहरू सिकाउँछ जुन कुरा सामाजिक अध्ययनका विषय
क्षेत्रहरू हुन् ।
सामाजिक अध्ययनले अपेक्षा गरेका सिपहरूलाई
व्यवहारमा उतार्न र त्यसबाट अपेक्षित लाभ लिन दिइने शिक्षा नै जीवनोपयोगी शिक्षा
हो ।

0 Comments