पाठ १ अनुसन्धानको परिचय (Introduction to Research)
अनुसन्धानको अवधारणा (Concept of
Research)
अनुसन्धान अङ्ग्रेजी शब्द Research को
नेपाली रूपान्तरण हो । जुन अङ्ग्रेजी शब्दहरू 'Re' र 'Search' मिलेर बनेको हो । 'Re' को अर्थ
पुनः वा फेरि र 'Search'
को अर्थ गहन खोज भन्ने हो । त्यसैले शाब्दिक
रूपले हेर्दा अनुसन्धान भन्नाले भइरहेको घटना वा विषयवस्तुको पुनः अध्ययन गरी नयाँ
ज्ञान निर्माण गर्नु हो ।
सामान्यतया कुनै पनि घटना, वस्तु वा
व्यक्ति आदिको बारेमा वैज्ञानिक तरिकाले खोज गरी त्यस घटनाको कारण र प्रभाव पत्ता
लगाउने कार्यलाई नै अनुसन्धान भनिन्छ । यसमा भइरहेको ज्ञानको परीक्षण र नवीन ज्ञान
प्राप्त गर्न व्यवस्थित खोज गर्ने वा प्रमाणित गर्ने कार्य गरिन्छ। कुनै घटना, क्षेत्र, स्थान, मुद्दा, वा
विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क सङ्कलन, व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष
निकाल्ने कार्य यसमा हुन्छ ।
अनुसन्धानका
उद्देश्यहरू (Objectives of Research)
नयाँ
नयाँ ज्ञान एवम् तथ्यहरू पत्ता लगाउनु ।
कुनै पनि
घटना वा विषयवस्तुको विस्तृत अध्ययन र विश्लेषण गर्नु ।
कुनै पनि
घटनाको कारण पहिचान गर्नु ।
भइरहेको
सिद्धान्तहरूको परीक्षण गर्नु ।
विगत र
वर्तमानलाई आधार बनाई भविष्यको पूर्वानुमान गर्नु ।
समस्या
समाधानका उपायहरू पत्ता लगाउनु आदि ।
सामाजिक अनुसन्धान (Social
Research)
समाज, सामाजिक घटना तथा अन्य सामाजिक
विषयवस्तुहरूसँग सम्बन्धित अनुसन्धान सामाजिक अनुसन्धान हो । सामाजिक घटनाहरूलाई
प्रभाव पार्ने तत्त्वहरूको कार्यकारण सम्बन्ध बुझ्नका लागि गरिने अनुसन्धान नै
सामाजिक अनुसन्धान हो ।
सामाजिक अनुसन्धानको
फाइदा/उपयोगिता (Advantages/Utility of Social Research)
सामाजिक
घटना, सामाजिक
प्रक्रिया, सामाजिक
क्रियाकलाप तथा अन्य सामाजिक विषयवस्तुहरूको बारेमा ज्ञान दिन्छ ।
ज्ञानको
दायरा वृद्धि गर्दछ ।
सामाजिक
नियन्त्रण, प्रवृत्ति
विश्लेषण र सामाजिक कल्याणमा सहयोग पुयाउँछ ।
सामाजिक
समस्याहरू समाधान गर्न सहयोग गर्दछ ।
समाज
उपयोगी र रुचिका वस्तु उत्पादन गर्न सहयोग गर्दछ ।
समाजको
समग्र विकासमा योगदान दिन्छ ।
सामाजिक अनुसन्धानका
प्रकारहरू (Types of Social Research)
1.
आधारभूत तथा विशुद्ध अनुसन्धान (Basic and Pure Research): यो यस्तो
अनुसन्धान हो जुन कुनै विशेष घटना, अध्ययन वा प्रकृतिको नियमको बुझाइमा
सुधार गर्न केन्द्रित हुन्छ ।
2.
व्यावहारिक अनुसन्धान (Applied Research): यो यस्तो
अनुसन्धान हो जसले भइरहेको समस्याहरूको व्यावहारिक समाधान खोज्छ ।
3.
क्रियात्मक अनुसन्धान (Action Research): यो यस्तो
अनुसन्धान हो जसले कुनै पनि कार्य गर्ने क्रममा देखा परेका समस्याहरू समाधानका
उपायहरू खोज्छ ।
4.
अन्वेषणात्मक अनुसन्धान (Exploratory Research): यो यस्तो
अनुसन्धान विधि हो जसते विगतमा गहन तरिकाले अध्ययन गर्न नसकेका अनुसन्धान
प्रश्नहरूको अन्वेषण गर्दछ ।
5.
मूल्याङ्कनात्मक अनुसन्धान (Evaluative Research): यो यस्तो
अनुसन्धान विधि हो जसले कुनै पनि विषय वा घटनाको मूल्याङ्कन गरी आवश्यक सुधार गर्न
सहयोग गर्दछ ।
6.
वर्णनात्मक अनुसन्धान (Descriptive Research): यो यस्तो
अनुसन्धान विधि हो जुन कुनै पनि जनसङ्ख्या वा अध्ययन गरिएका घटनाका विशेषताहरूको
वर्णन गर्न प्रयोग गरिन्छ ।
7.
परिमाणात्मक अनुसन्धान (Quantitative Research): यो यस्तो
अनुसन्धान विधि हो जुन तथ्याङ्कको सङ्कलन र विश्लेषणको परिणाममा केन्द्रित हुन्छ ।
8.
गुणात्मक अनुसन्धान (Qualitative Research): यो यस्तो
अनुसन्धान विधि हो जसले कुनै पनि घटना वा विषयको गुणात्मक पक्षको गहिरो अध्ययन
गर्दछ ।
सामाजिक अध्ययनका
विधिहरू (Methods of Social Studies)
1.
छलफल विधि (Discussion
Method): यस विधिमा शिक्षक विद्यार्थी वा विद्यार्थी
विद्यार्थीबिच विचार आदानप्रदान गरी एक निष्कर्षमा पुगिन्छ । पहिले अध्ययन गरिएका
विषयवस्तुका आधारमा नयाँ अवधारणा बनाउन, पुनरावलोकन गर्न आदिका लागि यो विधि
उचित हुन्छ । यस विधिले अन्य जीवनोपयोगी सिप विकास गर्न पनि सहयोग गर्दछ ।
2.
प्रश्नोत्तर विधि (Question
Answer Method): यस विधिमा अध्ययन गरिएका
विषयवस्तुलाई पुनरावलोकन गर्न तथा अवधारणाहरू स्पष्ट पार्न शिक्षक विद्यार्थीबिच
तथा विद्यार्थी विद्यार्थीविच प्रश्न सोध्ने र उत्तर दिने गरिन्छ । यस विधिले
विद्यार्थीहरूको बुझाइको गहिराइ नाप्न सहयोग गर्दछ ।
3.
अवलोकन विधि (Observation
Method): कुनै घटना, स्थान वा व्यवहारलाई हेरेर सिक्ने
विधि अवलोकन विधि हो। यसले प्रयोगात्मक ज्ञान प्राप्त गर्न, घटना
विश्लेषण गर्न, व्यवहार
सिक्न सहयोग गर्दछ ।
4.
अन्तर्वार्ता विधि (Interview
Method): विद्यार्थीहरूले शिक्षक बाहेक अन्य जानकार
व्यक्तिसँग प्रश्नहरू सोधेर जानकारी वा सूचना सङ्कलन गर्ने तरिका हो । यो विधिले
अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्दछ ।
5.
समस्या समाधान विधि (Problem
Solving Method): यो विद्यार्थीलाई कुनै समस्या दिएर
त्यसको समाधान खोज्न लगाउने विधि हो। यसमा पहिचान, कारणहरू र समाधानका उपायहरूको खोजी
गरिन्छ । यसले विद्यार्थीहरूको ज्ञानको प्रयोग गराउँछ ।
6.
क्षेत्रभ्रमण विधि (Field Trip
Method): कुनै भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, औद्योगिक
वा पर्यटकीय क्षेत्रमा गएर त्यससम्बन्धी अध्ययन गर्ने विधिलाई क्षेत्रभ्रमण विधि
भनिन्छ । पढेका विषयवस्तुलाई वास्तविक जीवनमा हेरेर बुझ्न सजिलो एवम् अविस्मरणीय
बनाउन यस विधिले विद्यार्थीहरूलाई सहयोग गर्दछ ।
7.
परियोजना विधि (Project
Method): आफै काम गरेर नै सिक्ने विधि परियोजना कार्य
हो। यस विधिमा विद्यार्थीहरूलाई शिक्षकको सहयोगमा कुनै निश्चित शीर्षकमा निश्चित
समयभित्र रहेर अध्ययन गरी सूचना सङ्कलन, विश्लेषण तथा निष्कर्ष निकाल्न
प्रौलग्रहन गरिन्छ ।
8.
प्रदर्शन विधि (Demonstration
Method): कुनै विशेष समुदाय वा जातिको पहिरन, सङ्गीत, नृत्य
जस्ता सांस्कृतिक ढाँचा बुझाउन शिक्षकले आफै सो वस्तु वा घटनालाई प्रदर्शन गर्ने
विधि हो ।
9.
घटना वा मामला अध्ययन
विधि (Demonstration Method): सामाजिक एकाइहरू जस्तैः व्यक्ति, परिवार, समुदाय
वा संस्थाको विगत,
वर्तमान र भविष्यलाई ध्यान दिई विभिन्न पक्षहरूमा
गरिने सूक्ष्म अध्ययन हो। यसबाट विद्यार्थीहरूलाई सामाजिक व्यक्तित्व, उसको
जोवनी, लेख र
यस्तै अन्य स्रोतहरूको सम्बन्धमा घटना अध्ययन गर्न लगाई अनुसन्धान सिपको विकास
गराउन सकिन्छ ।
तथ्याङ्क र सूचनाको
परिचय (Introduction to Data and Information)
क. तथ्याङ्क (Data): तथ्याङ्क
भन्नाले अप्रशोधित तथ्य (Unprocessed fact) भन्ने बुझिन्छ। यसलाई कच्चा तथ्य (Raw fact) पनि
भनिन्छ। यो सूचनाको एकाइ हो र यसकै समग्रताबाट सूचना निर्माण गरिन्छ। यो कुनै तथ्य
वा शब्द, वाक्य
चित्र, सङ्केतको
विवरण हो। यो परिमाणात्मक र गुणात्मक गरी २ प्रकारको हुन्छ ।
परिमाणात्मक तथ्याङ्क (Quantitative Data): कुनै
परिमाण, रकम वा
दायरा बुझाउने तथ्याङ्क हो। यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ। जस्तैः ५ के.जी.
तौल, १००
रुपियाँ आदि ।
गुणात्मक तथ्याङ्क (Qualitative Data): यसले
कुनै व्यक्ति, वस्तु, घटना
आदिका गुणहरू वा विशेषताहरू दर्साउँछ । यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिंदैन।
जस्तैः अग्लो, होचो, कालो, गारो, असल, खराब आदि
।
ख. सूचना (Information): सूचना
भन्नाले प्रशोधित तथ्य (Processed fact) भन्ने बुझिन्छ। यो तथ्याङ्कहरूको
विश्लेषणबाट प्राप्त ज्ञान हो। यो तथ्यांकहरूको एकीकृत एवम् व्यवस्थित रूप हो।
तथ्याङ्क र सूचना अन्तरसम्बन्धित हुन्छन् । प्रशोधित तथ्याङ्कबाट नै सूचना निर्माण
हुन्छ। सूचनाको आधारभूत एकाइ नै तथ्याङ्क हो । तथ्याङ्कलाई विश्लेषण गरेपछि सूचना
निर्माण हुन्छ।
तथ्याङ्कका स्रोतहरू
(Sources
of Data)
तथ्याङ्कका
स्रोतहरू २ प्रकारका छन् :
1.
प्राथमिक स्रोत (Primary
Source): कुनै व्यक्ति, सङ्घसंस्था वा निकायको प्रत्यक्ष
संलग्नतामा उत्पादन गरिएको तथ्याङ्क प्राथमिक स्रोत हो । यस्तो स्रोतबाट प्राप्त
तथ्याङ्कहरू Firsthand
Information मा आधारित हुन्छन् । यस्तो स्रोतबाट वास्तविक
तथ्याड्क
प्राप्त हुन्छ । सर्वेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन
आदिबाट सङ्कलन गरिएका तथ्याङ्क प्राथमिक स्रोत हुन् । प्राथमिक स्रोतबाट तथ्याङ्क
सङ्कलन गर्दा बढी समय, परिश्रम र खर्च लाग्छ ।
2.
द्वितीय स्रोत (Secondary
Source): अनुसन्धानकर्ता बाहेक अन्य कुनै व्यक्ति, सङ्घसंस्था
वा निकायको प्रत्यक्ष संलग्नतामा उत्त्पादन नगरी अन्य स्रोतबाट लिइएको
तथ्याङ्क नै द्वितीय स्रोत हो। यस्ता तथ्याङ्कहरू Firsthand Information मा
आधारित हुँदैनन्
। यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन् । जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट
तथा अन्य सञ्चार माध्यम आदि तथ्याङ्कका द्वितीय स्रोतहरू हुन् ।
प्राथमिक तथ्याङ्क र
द्वितीय तथ्याङ्कबिचको अन्तरसम्बन्ध
एउटा अनुसन्धानकर्ता वा कुनै व्यक्ति वा संस्थाले
तथ्याङ्क सङ्कलन गरेपछि त्यसलाई विश्लेषण प्रकाशन गर्छ भने त्यो अन्य व्यक्ति वा
संस्थाहरूका लागि द्वितीय तथ्याङ्क बन्दछ । कुनै पनि अनुसन्धानकर्ता सबै तथ्याङ्क
प्राथमिक स्रोतबाट मात्र सङ्कलन गर्न सक्दैन । तसर्थ अनुसन्धान कार्यमा दुवै
प्रकारका तथ्याङ्कको उत्तिकै महत्त्व रहेको पाइन्छ ।
0 Comments