पाठ ३: अध्ययन प्रस्तावनाको संरचना (Structure of Research Proposal)
प्रस्तावना (Proposal)
कुनै
विषय वा घटनाको सम्बन्धमा अध्ययन कार्य सम्पन्न गर्नका लागि के, कहाँ, कसरी
गर्ने भन्ने कुराहरू समावेश गरी पूर्वयोजना तयार पारिएको पूर्वयोजनाको खाकालाई
अनुसन्धान प्रस्तावना भनिन्छ। यो अनुसन्धान गर्दा अध्ययनपूर्व तयार गरिने लिखित
योजना हो। अनुसन्धान गर्नुपूर्व अनुसन्धानकर्ता आफूले कुन विषयवस्तुका बारेमा
अध्ययन गर्ने, कुन उद्देश्यले अध्ययन गर्ने,
अध्ययन गर्दा तथ्याङ्क सङ्कलन कसरी गर्ने,
कस्ता सन्दर्भसामग्रीको प्रयोग गर्ने जस्ता
कुराहरूमा स्पष्ट हुनुपर्दछ ।
अनुसन्धान प्रस्तावनाको आवश्यकता (Need
of Research Proposal)
·
आफूले
अध्ययन गर्न लागेको विषयवस्तुमा ध्यान केन्द्रित गर्न,
·
उद्देश्य
अनुरूप अध्ययन कार्य अगाडि बढाउन,
·
तथ्याङ्क
सङ्कलन गर्न सजिलो बनाउन,
·
अध्ययनबाट
सोचेअनुसारको निष्कर्ष वा ज्ञान प्राप्त गर्न,
·
निश्चित
समयमा कार्य सम्पन्न गर्न ।
अनुसन्धान वा अध्ययन प्रस्तावनाको संरचना (Structure of Research/ Study Proposal)
क. परिचयः यसमा
अध्ययन गर्न लागेको विषयवस्तुको तथा क्षेत्रको छोटकरीमा व्याख्या गरिन्छ ।
ख. समस्याको कथनः यसमा
अध्ययन अनुसन्धान गर्न लागेको शीर्षक किन र के कारणले छानिएको हो, त्यसको स्पष्टीकरण दिनुका साथै उक्त शीर्षक
समस्याको रूपमा देखिनुका कारणसहित प्रष्ट पार्न जमकों गरिन्छ ।
ग. उद्देश्यः यसमा
अध्ययनका विशिष्ट उद्देश्यहरू उल्लेख गरिन्छ ।
घ. साहित्यको पुनरावलोकनः यसमा अनुसन्धानकर्ताले आफूले अध्ययन गर्नुपूर्व सम्बन्धित विषयवस्तुमा
क कसले अध्ययन गरिसकेको छ, त्यसको
अध्ययन गरी उक्त सामग्रीहरूको सार प्रस्तुत गर्ने कार्य गरिन्छ ।
ङ. अध्ययन विधिः यसमा
अध्ययन गर्न लागेको विषयवस्तुको अनुसन्धान विधि, तथ्याङ्कको स्रोत नमुना छनोट विधि, तथ्याङ्क सङ्कलनको साधन, तथ्याङ्क
सङ्कलन विधि, तथ्याङ्कको व्याख्या तथा विश्लेषण
जस्ता कुराहरूको उल्लेख गरिन्छ ।
च. प्रतिवेदन लेखन र प्रबोधीकरणः यसमा अनुसन्धानपश्चात एउटा अध्ययन प्रतिवेदन तयार पारिने कुरा र उक्त
प्रतिवेदनका आधारमा लेखहरू तयार गरी विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनलाइन तथा छापा माध्यममा
प्रकाशन गरिने कुराहरूको उल्लेख गरिन्छ ।
छ. सन्दर्भ सामग्रीः यसमा अध्ययन अनुसन्धान तयार गर्दा प्रयोग गरिएका स्रोतहरू उल्लेख
गरिन्छ । सन्दर्भसामग्री तयार पार्दा वर्णानुक्रमअनुसार APA वा MLA मध्ये कुनै एक विधिको प्रयोग गरिन्छ
।
तपाईंले आफ्नो समुदायको जनसाङ्ख्यिकीय स्थितिको
अनुसन्धान गर्दै हुनुहुन्छ भने त्यस अनुसन्धानको एउटा नमूना तयार गर्नुहोस् ।
मेरो
आफ्नो समुदायको जनसाङ्ख्यिकीय स्थितिको अनुसन्धान गर्दा अपनाउने अनुसन्धानको नमूना
निम्नानुसार रहेको छ:
|
काठमाडौं
जिल्ला, शङ्खरापुर नगरपालिकाको
जनसाङ्ख्यिकीय स्थितिसम्बन्धी एक अध्ययन १. परिचय (Introduction) काठमाडौं जिल्लाको शङ्खरापुर
नगरपालिका यस जिल्लाको उत्तरपूर्वमा अवस्थित उपत्यकाको नजिक रहेको एक क्षेत्र
हो। यस क्षेत्रको जनसाङ्ख्यिक अवस्था हेर्दा वि.सं. २०६८ सालको जनगणनाअनुसार कुल
जनसङ्ख्या २५,५५८ रहेको
थियो। उक्त जनसङ्ख्यामध्ये ४१.१ प्रतिशतले नेपाली भाषा, २४९ प्रतिशतले तामाङ भाषा तथा २३.२ प्रतिशतले
नेवारी भाषा बोल्ने गर्दछन्। यहाँको जनघनत्त्व ४२० जना प्रति वर्ग कि.मि. रहेको
छ। यहां नेवार, ब्राह्मण,
क्षेत्री, तामाङ आदि जनजातीहरू बसोबास गर्दछन् । २. अध्ययनको
उद्देश्य (Objectives of the study) यस अध्ययन अनुसन्धानको उद्देश्य निम्नानुसार
रहेको छ अध्ययन क्षेत्रको जनसाङ्ख्यिक स्थिति पहिचान
गर्ने । ३. अध्ययन विधि (Methodology) यो अनुसन्धान खासगरी परिमाणात्मक
अनुसन्धान ढांचामा आधारित छ। यसमा प्राथमिक र द्वितीय स्रोतहरूबाट परिमाणात्मक
तथ्याङ्क सङ्कलन गरिएको छ। उद्देश्यमूलक नमुना छनोट विधि प्रयोग गरी अध्ययन
क्षेत्रका ३० ओटा घरपरिवारलाई नमुना जनसङ्ख्याको रूपमा प्रयोग गरी आवश्यक तथ्याङ्क
अन्तर्वातां तालिकाको सहयोगबाट सङ्कलन गरिएको छ । ४. तथ्याङ्कको
व्याख्या तथा विश्लेषण (Analysis and
interpretation of data) अध्ययन क्षेत्रको स्थलगत अध्ययनवाट
प्राप्त जनसाङ्ख्यिक तथ्याङ्कहरूलाई व्याख्या तथा विश्लेषण गर्न विभिन्न
प्रकारका चार्ट, चित्र तथा
तालिकाहरू प्रयोग गरिएको छ । ५. निष्कर्ष (Conclusion) यस अध्ययन क्षेत्रको स्थलगत
अध्ययनबाट प्राप्त जनसाङ्ख्यिक नतिजाहरूको आधारमा यो निष्कर्षमा पुग्न सकिन्छ कि
यस शङ्खरापुर नगरपालिकामा सबैभन्दा वढी बोलिने भाषा नेपाली रहेको छ भने प्रजनन
दर पनि उच्च रहेको पाइन्छ । ६. सुझाव (Recommendation) अध्ययन क्षेत्रमा अझैसम्म पनि
प्रजनन दर उच्च रहेको पाइकोले प्रजनन दर घटाउन दम्पत्तीहरूलाई सानो परिवारप्रति
आकर्षित गराउने कार्यक्रम स्थानीय निकायले सञ्चालन गर्नुपर्दछ । ७. सन्दर्भ सामग्री
(Reference) अर्याल, नवराज र तिमिल्सिना, सुरेश (२०७८), जनसङ्ख्या अध्ययनः कक्षा १२, अस्मिता बुक्स पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स
प्रा.लि., पुतलीसडक,
काठमाडौं https://en.m.wikipedia.org/wiki/shankharapur/demographics |
अध्ययन प्रस्तावनाको आवश्यकता किन पर्दछ ? पाँचओटा कारणहरू प्रस्तुत गर्नुहोस् ।
कनै विषय
वा घटनाको सम्बन्धमा अध्ययन कार्य सम्पन्न गर्नका लागि के, कहां, कसरी गर्ने भन्ने कुराहरू समावेश गरी
पूर्वयोजना तयार गरिन्छ। त्यही पूर्वयोजनाको खाकालाई अनुसन्धान प्रस्तावना भनिन्छ
। अध्ययन प्रस्तावनाको आवश्यकता पर्नुका पाँचओटा कारणहरू निम्नानुसार छन् :
आफूले अध्ययन गर्न लागेको विषयवस्तुमा ध्यान
केन्द्रित गर्न,
उद्देश्यअनुरूप अध्ययन कार्य अगाडि बढाउन,
तथ्याङ्क सङ्कलन गर्न सजिलोका लागि,
अध्ययनबाट सोचेअनुसारको निष्कर्ष वा ज्ञान
प्राप्त गर्न,
निश्चित समयमा कार्य सम्पन्न गर्न ।
अनुसन्धान प्रस्तावनाको अङ्गहरू उल्लेख गरी छोटकरीमा व्याख्या
गर्नुहोस् ।
कुनै
विषय वा घटनाको सम्वन्धमा अध्ययन कार्य सम्पन्न गर्नका लागि के, कहाँ, कसरी
गर्ने भन्ने कुराहरू समावेश गरी पूर्वयोजना तयार गरिन्छ। त्यही पूर्वयोजनाको
खाकालाई अनुसन्धान प्रस्तावना भनिन्छ।
अनुसन्धान प्रस्तावनाका अङ्गहरू निम्न छन्:
क. परिचयः मसमा
अध्ययन गर्न लागेको विषयवस्तुको तथा क्षेत्रको छोटकरीमा व्याख्या गरिन्छ ।
ख. समस्याको कथनः यसमा
अध्ययन अनुसन्धान गर्न लागेको शीर्षक किन र के कारणले छानिएको हो। त्यसको
स्पष्टीकरण दिनुका साथै उक्त शीर्षक समस्याको रूपमा देखिनुका कारणसहित प्रष्ट
पार्न जमर्को गरिन्छ ।
ग. उद्देश्यः यसमा
अध्ययनका विशिष्ट उद्देश्यहरू उल्लेख गरिन्छ ।
घ. साहित्यको पुनरावलोकनः पसमा
अनुसन्धानकर्ताले आफूले अध्ययन गर्नुपूर्व सम्बन्धित विषयवस्तुमा क-कसले अध्ययन
गरिसकेको छ, त्यसको अध्ययन गरी उक्त सामग्रीहरूको
सार प्रस्तुत गर्ने कार्य गरिन्छ ।
ड. अध्ययन विधिः यसमा
अध्ययन गर्न लागेको विषयवस्तुको अनुसन्धान विधि, तथ्याङ्कको ग्रीत, नमुना
छनोट विधि, तथ्याङ्क सङ्कलनको साधन, तथ्याङ्क सङ्कलन विधि, तय्याङ्कको व्याख्या तथा विश्लेषण जस्ता कुराहरूको उल्लेख गरिन्छ। च.
च. प्रतिवेदन लेखन र प्रबोधीकरणः यसमा अनुसन्धानपश्चात एउटा अध्ययन प्रतिवेदन तयार पारिने कुरा र उक्त
प्रतिवेदनका आधारमा लेखहरू तयार गरी विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनलाइन तथा छापा माध्यममा
प्रकाशन गरिने कुराहरूको उल्लेख गरिन्छ ।
छ. सन्दर्भ सामग्रीः यसमा
अध्ययन अनुसन्धान तयार गर्दा प्रयोग गरिएका स्रोतहरू उल्लेख गरिन्छ ।
सन्दर्भसामग्री तयार पादां वणर्णानुक्रमअनुसार APA वा MLA मध्ये कुनै एक विधिको प्रयोग गरिन्छ
।
विस्तृत
उत्तरात्मक प्रश्नहरु (८ अङ्क)
कुनै एक भौगोलिक क्षेत्रको अध्ययन भ्रमण गर्नका लागि प्रस्तावनाको
एक नमुना तयार पार्नुहोस् ।
सिर्षक: मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरको ऐतिहासिक महत्त्व र
पर्यटकीय सम्भावनासम्बन्धी एक अध्ययन प्रस्तावना
क. परिचय:
मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध धर्मावलम्वीहरूको एक प्रख्यात र
पवित्र धार्मिक स्थल हो। यो मन्दिर नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित छ।
चार धाममध्ये एक धाम मानिने यस क्षेत्र विश्वकै सबैभन्दा बढी उचाइ (३८०० मि.) मा
रहेको मन्दिर हो। यस मन्दिरको दर्शन गर्दा मोक्ष प्राप्त हुने किंवदन्ती पनि रहेको
छ। यस मन्दिरको वारेमा गहन रूपले अध्ययन अनुसन्धान भएको नपाइएको कारणले यसको
ऐतिहासिक तथा पर्यटकीय सम्भावनाको अवस्था पत्ता लगाउन यो अध्ययन प्रस्तावना तयार
पारिएको छ ।
ख. समस्याको कथन
खासगरी अध्ययनले निम्नअनुसारका प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको
छ :
मुक्तिनाथ मन्दिरको के-कस्ता ऐतिहासिक तथ्यहरू
रहेका छन् ?
मुक्तिनाथ क्षेत्रको पर्यटकीय सम्भावनाहरू
के-कस्ता रहेका छन् ?
ग. अध्ययनको उद्देश्य
यस अध्ययनको निम्नअनुसारका उद्देश्यहरू रहनेछन् :
मुक्तिनाथ मन्दिर क्षेत्रभित्र रहेका ऐतिहासिक
प्रमाणहरूको खोजी गर्ने,
मुक्तिनाथ क्षेत्रको पर्यटकीय सम्भावनाहरू पहिचान
गर्ने ।
घ. साहित्य पुनरावलोकन
मुक्तिनाथ मन्दिरको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा यसको वास्तविकता
झस्काउने प्रष्ट खालका लेखहरू प्रकाशित भएको पाइँदैन। विभिन्न विभिन्न
पत्रपत्रिकाहरू, स्थानीय प्रकाशित सामग्रीहरू,
अनलाइन खबरहरूबाट प्राप्त जानकारीअनुसार यस
क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूको व्यापक घुइँचो लाग्ने गरेको तथ्य
पाइन्छ। यसैगरी यस मन्दिर नजिकै रहेको सबैभन्दा ठुलो शालीग्रामको मूर्ति, शालीग्राम पाइने प्रसिद्ध कालीगण्डकी नदी,
दामोदर कुण्ड आदिका कारणले गर्दा पर्यटकहरूको
दिनप्रतिदिन वृद्धि भइरहेको छ भने यी क्षेत्रहरूको व्यवस्थित अध्ययन गर्न आवश्यक छ
भन्ने कुरा विभिन्न इतिहासविदहरूले भनेका छन् ।
ङ. अध्ययन विधि
यस अध्ययन खासगरी गुणात्मक अनुसन्धान ढांचामा आधारित हुनेछ। यो एउटा
ऐतिहासिक अध्ययन भएकाले यसमा तथ्याङ्क सङ्कलनका प्राथमिक तथा द्वितीय दुवै स्रोत
प्रयोग गरिन्छन् ।
अ.
तथ्याङ्क सङ्कलन
यस अध्ययनमा प्राथमिक तथ्याङ्क
सङ्कलनका लागि मुक्तिनाथ मन्दिर तथा आसपासका विभिन्न ऐतिहासिक महत्त्वका स्थानहरू
भ्रमण गरिनेछ र त्यहाँ रहेका ऐतिहासिक महत्त्वका सामग्रीहरूको फोटो लिनुका साथै
जानकार व्यक्तिहरूसँग ऐतिहासिक प्रमाण र पर्यटकीय सम्भावनाबारे अन्तर्वातां लिई
आवश्यक सूचना लिइनेछ। आवश्यक सूचनाहरू प्राप्त गर्न द्वितीय तथ्याङ्कका स्रोत
(जस्तैः इन्टरनेट, स्थानीय पुस्तक तथा पुस्तकालय,
पत्रपत्रिका आदि) पनि प्रयोग गरिनेछ ।
आ.
तथ्याङ्क विश्लेषण
यस अध्ययनमा विभिन्न स्रोतबाट
प्राप्त तथ्याङ्कलाई विभिन्न चार्ट, तालिका,
आदिको प्रयोग गरी विश्लेषण गरिनेछ ।
च. प्रतिवेदन लेखन र प्रबोधीकरण
यस अध्ययनपछि एउटा अनुसन्धान प्रतिवेदन तयार गरिनेछ र उक्त
प्रतिवेदनका आधारमा लेखहरू तयार गरी विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका, अनलाइन खबरहरू तथा जर्नलहरूमा प्रकाशित गरिनेछ ।
छ. सन्दर्भ सामग्री
पाठ्यक्रम विकास केन्द्र (२०७८), सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा. कक्षा १२, जनक शिक्षा सामग्री केन्द्र लि., सानोठिमी, भक्तपुर ।

0 Comments