पाठ ४ लेखनकार्यमा अरुको लेख रचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष (Consideration of Ethical Aspect in Writing Article)

अनुसन्धान नैतिकता (Research Ethics)

अनुसन्धान कार्य गर्दा अनुसन्धानकर्ताले विभिन्न स्रोतबाट सूचना तथ्याङक वा सिद्धान्तलाई प्रयोग गर्नपर्ने हुन्छ । यसरी अरूका प्रकाशित सामग्रीहरू (चाहे त्यो लेख, पुस्तक वा इन्टरनेट आदि) लाई अनुसन्धानको भाग वा अंश बनाउँदा निश्चित नैतिक सवालहरूमा सचेत हुनुपर्छ । अनुसन्धानमा अरूको सामग्रीबाट साभार गरिएका विभिन्न सन्दर्भहरूमा स्पष्टसँग स्रोत उल्लेख गर्नुपर्छ अन्यथा प्रतिलिपि अधिकार ऐनअनुसार कारबाहीको भागीदार हुनुपर्दछ । यसैलाई अनुसन्धान नैतिकता भनिन्छ ।

प्रतिलिपि अधिकार/बौद्धिक सम्पत्ति (Copyright)

बौद्धिक सम्पत्ति भन्नाले साहित्य, कला, ज्ञान विज्ञान र अन्य क्षेत्रमा मौलिक एवम् बौद्धिक रूपले प्रस्तुत गरिएका रचनाहरू (जस्तैः पुस्तक, सिद्धान्त, लेख, शोधपत्र, प्रतिवेदन, नाटक, चलचित्र, सङ्‌गीत, चित्र, आर्किटेक्चरल डिजाइन, मूर्तिकला, काष्ठकला, कम्प्युटर प्रोग्राम आदि) भन्ने बुझिन्छ। बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकारद्वारा संरक्षित गरिएको हुन्छ ।

प्रतिलिपि अधिकार एउटा कानुनी व्यवस्था हो जसले कुनै पनि बौद्धिक सम्पत्तिको कृतिकार वा रचनाकारलाई आफ्नो कृति वा सिर्जनाको प्रयोग वा पुनः प्रयोगको व्यवस्था गर्ने विशेष अधिकार दिन्छ। यदि कसैले बौद्धिक चोरी गयो भने त्यस्तो व्यक्तिलाई प्रतिलिपि अधिकार ऐनअनुसार सजाय गर्ने व्यवस्था मिलाइएको हुन्छ । तसर्थ बौद्धिक सम्पत्ति चोरेमा वा बिना अनुमति प्रयोग गरेमा वा प्रकाशन तथा प्रसारण गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिन्छ ।

बौद्धिक चोरी (Plagiarism)

अरूका लेख, रचना, तथा सिर्जना इजाजत वा अनुमतिबिना आफ्नो बनाउँछ वा आफ्नो भनी दाबी गरी प्रयोग गर्छ भने त्यसलाई बौद्धिक चोरी भनिन्छ । बौद्धिक चोरो भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू आदि) को नक्कल गर्छ र तिनीहरूलाई आफ्नो दाबी गर्छ। यस्ता चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् । यस्तो कार्य बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन हो ।

जानाजान गरिने( Intentional)

*     अरूको कामलाई आफ्नो भनी प्रकाशित गर्नु

*     अन्य व्यक्तिको लेख रचना सार्नु

*     बजारबाट लेख रचना किनेर विद्यालय था विश्वविद्यालयमा बुझाउनु

*     पुस्तक, लेख रचना तथा विद्युतीय स्रोतबाट बिना उद्धरण सार्नु

*     इन्टरनेटबाट बिना उद्धरण सार्नु

अन्जानमा गरिने(Unintentional)

*     लापरबाही तरिकाबाट पुनर्लेखन गर्नु

*     अनुपयुक्त तरिकाबाट उद्धरण गर्नु

*     अनावश्यक रूपमा उद्धरण गर्नु

*     आफैले प्रकाशित गरेको लेख रचनाबाट विना उद्धरण सूचना उल्लेख गर्नु

*     प्रतिलिपि अधिकारबारे जानकारी नहुनु

बौद्धिक चोरीसम्बन्धी कानुनी प्रावधान (Legal Provision related to Plagiarism)

*     नेपालको संविधानको धारा २५ मा बौद्धिक सम्पत्तिलगायत अन्य सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ ।

*     नेपालमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ तथा प्रतिलिपि अधिकार ऐन २०५९ ले बीद्धिक सम्पत्ति चोरीलाई नियमन गरेका छन् ।

*     प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २७ अनुसार :

*     यदि अनुपयुक्त तरिकाले यस्तो कसुर गरेमा कसुरको मात्राअनुसार रु. १०,००० देखि रु. १,००,००० सम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

*     यदि सोही कार्य दोस्रो पटकदेखि पटक्कै पिच्छे गरेमा रु. २०,००० देखि रु. २,००,००० सम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

अरूको लेखरचना प्रयोग गदां ध्यान दिनुपर्ने कुराहरू (Consideration while using Other's Writing)

*     उपयुक्त तरिकाले स्रोत उल्लेख गर्ने

*     प्रुफरिडिङ गर्ने

*     उद्धरण गर्ने

*     पुनर्लेखन गर्ने

*     सन्दर्भ सामग्रीको सूची लेख्ने

*     उपयुक्त उद्धरण ढाँचा प्रयोग गर्ने

अरूको लेखरचना प्रयोग गर्दा ध्यान दिनुपर्ने थप कुराहरू:

*     अरूले तयार गरेका वा लेखेका कुनै पनि सामग्रीलाई जस्ताको तस्तै आफ्नो नाममा प्रकाशन गर्न नहुने,

*     कसैको पनि लेखरचनाको आशिक खण्ड झिकेर आफ्नो बनाई प्रकाशन गर्न नहुने,

*     अरूका लेखरचनाको भाषा वा भाव केहो परिवर्तन गरी आफ्नो बनाउन नहुने,

*     विद्युतीय उपकरण प्रयोग गरी अरूका सामग्रीहरूको प्रतिलिपि निकाल्न नपाइने,

*     अर्काको लेखरचना अनुसन्धान कार्यमा प्रयोग गर्दा लेखक र स्रोत अनिवार्य उल्लेख गर्ने,

*     अनुसन्धानमा प्रयोग गरिएका सामग्रीहरूलाई सन्दर्भसूचीमा उल्लेख गर्ने,

*     अरूको लेखरचनालाई अनुसन्धान कार्य गर्दा सङ्क्षेपोकरण गरेर तथा मुख्य भावलाई प्रयोग गर्न पाइने तर त्यसमा पनि लेखकको नाम अनिवार्य उल्लेख गर्नुपर्ने,

*     अरुका लेखरचना प्रयोग गर्दा सम्बन्धित व्यक्तिसँग

*     अनुमति लिएर नाम उल्लेख गरी प्रयोग गर्ने ।

अरूको लेखरचनाको प्रयोग गर्ने तरिका (Ways of using Other's Writing)

*     अरूको लेखरचना प्रयोग गर्दा कसको लेखरचना हो र सो कहाँबाट लिइएको हो भन्ने कुरा उल्लेख गर्नुपर्छ ।

*     अनुसन्धानमा दुई प्रमुख प्रचलित उद्धरण विधिहरूको (APA: American Psychological Association and MLA: Modern Language Association) प्रयोग गर्नुपर्छ ।

*     APA मा उद्धृत सामग्रीको पछाडि कोष्ठकमा लेखकको अन्तिम नाम र पुस्तक वा लेखको प्रकाशन मिति लेख्नुपर्छ। जस्तैः (शर्मा, वि.सं. २०६०), फुयाल, सन् २०२०)

*     MLA मा उद्धृत सामग्रीको पछाडि लेखकको अन्तिम नाम तथा उद्धृत सामग्री (वाक्य तथा अनुच्छेद) रहेको स्रोतको पृष्ठ नम्बर राख्नुपर्छ। जस्तैः (शर्मा, ११२). (फुयाल, १०)

*     उद्धरणमा यी दुवै विधिमा प्रयोग भएका स्रोतहरू सन्दर्भसामग्रीमा उल्लेख गर्नुपर्दछ ।

सन्दर्भसूचीको उदाहरण (APA) :

*     लेखकको अन्तिम नाम, पहिलो नाम (प्रकाशन मिति पुस्तक वा लेखको शीर्षक, प्रकाशक (यो तरिका प्रयोग गर्ने)

*     तिमिल्सिना, सुरेश (वि.सं. २०७९), सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा-कक्षा १२, अस्मिता पुस्तक प्रकाशक तथा वितरक प्रा. लि.: पुतलीसडक काठमाडौं ।

२०८१ बोटिक चोरी न्यूनीकरणका लागि भएका प्रयासहरू' शीर्षकमा एक सम्पादकीयको नमूना तयार पार्नुहोस् ।

सम्पादकीय

बौद्धिक चोरी न्यूनीकरणका लागि भएका प्रयासहरू

बौद्धिक चोरी एक छलकपटपूर्ण कार्य हो जहां कसैले अरुको लेख, रचना तथा सिर्जना आदिको नक्कल गर्छ र तिनीहरूलाई आफ्नो भनी दावी गर्छ। यस्ता चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् जसलाई बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन भनिन्छ ।

नेपालमा बौद्धिक चोरी न्यूनीकरणका लागि विभिन्न प्रयासहरू भएको पाइन्छ। यस्ता प्रयासहरूमा नेपालको सविधानको धारा २५ मा बौद्धिक सम्पत्ति लगायत उच्च सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, वेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ। त्यसैगरी प्रतिलिपि अधिकार ऐन, २०५९ जारी गरिएको छ जसअनुसार यदि अनुपयुक्त तरिकाले यस्तो कसुर गरेमा कसुरको मात्राअनुसार जरिवाना बा कैद वा दुवै सजाय हुने व्यवस्था समेत गरिएको छ। यसका अतिरिक्त प्रतिलिपि अधिकार संरक्षण कार्यालयको स्थापना गरिनुका साथै विभिन्न सञ्चार माध्यमबाट बौद्धिक चोरी न्यूनीकरणका बारेमा जनचेतनामूलक सन्देशहरू पनि जारी गरिएको पाइन्छ। तसर्थ बौद्धिक चोरी न्यूनीकरण गर्न व्यवस्था गरिएका उल्लेखित प्रयासहरूले पक्कै पनि आगामी दिनमा यस्तो कसुर नियन्त्रणमा सघाउ पुग्ने छ र यसको लागि सम्बद्ध सबै सरोकारावालहरूले उचित ध्यान दिनु जरुरी छ ।

२०८१ ‘बौद्धिक चोरी नैतिक अपराध' शीर्षकमा वक्तृत्त्वको एक नमूना तयार पार्नुहोस् ।

'बौद्धिक चोरी: नैतिक अपराध'

आदरणीय सभाध्यक्ष महोदय,

गुरु तथा गुरुआमाहरू,

निर्णायक मण्डलका सदस्य ज्यूहरू,

उपस्थिति महानुभावहरू,

तथा मेरा सम्पूर्ण विद्यार्थी साथीहरू ।

आज आयोजित यस वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन पाएकोमा मैले आफूलाई गौरवान्वित भएको महसुस गरेको छु। यसको लागि यस कार्यक्रमका आयोजकहरूप्रति हार्दिक आभार प्रकट गर्दछ । आजको बक्तृत्वकलाको विषय रहेको छ 'बौद्धिक चोरी नैतिक अपराध'

सर्वप्रथम म बौद्धिक चोरी के हो भन्ने सम्बन्धमा स्पष्ट पार्न चाहन्छु। बौद्धिक चोरी एक छलकपटपूर्ण कार्य हो जुन अरुका लेख, रचना तथा सिर्जनाहरूलाई इजाजत वा अनुमतिविना आफ्नो वनाउने वा आफ्नो भनी दावी गरी प्रयोग गर्ने कार्य हो।

उपस्थित महानुभावहरू !

अब म वौद्धिक चोरी एक नैतिक अपराध हो भन्ने सम्बन्धमा आफ्ना विचारहरू राख्न चाहन्छु। बौद्धिक चोरी एक अरूको मौद्धिक सम्पत्तिको चोरी गर्ने कार्य भएकाले प्रतिलिपि अधिकार ऐन, २०५९ विपरीतको कार्य हो। यस्तो कार्यले सिर्जनशील व्यक्ति हतोत्साही हुने, उसमा मानसिक आघात पर्ने तथा निराशा छाउने गर्दछ । त्यसैगरी यस्तो कार्यले गर्दा कला सिर्जनाहरू कमजोर हुँदै जाने तथा सिर्जनशील व्यक्तिमा पनि सिर्जना गर्ने इच्छा नहुने जस्ता समस्याहरू उत्पन्न हुन जान्छ। त्यतिमात्र नभई यस कार्यले उक्त चोरी गर्ने व्यक्तिको प्राज्ञिक क्षमता तथा निष्ठामा प्रश्न उठ्‌ने, उसको नैतिकतामा प्रश्न उठ्ने र विश्वसनीय वातावरण गुम्दै जाने जस्ता थुप्रै समस्याहरू सिर्जना हुन पुग्छन् ।

(जनाउ घण्टी बज्छ।

अन्त्यमा, बौद्धिक चोरीले गर्दा सिर्जनशील व्यक्तिका नयाँ नयाँ सिर्जनाहरू कम हुँदै जाने, इमान्दारीताको अभाव हुदै जाने, सिर्जनात्मक र मौलिकताको हनन हुने, वैज्ञानिक र शैक्षिक प्रतिष्ठाको हानी हुने, कानुनी परिणामहरू भोग्नुपर्ने साथै व्यक्तिगत, शैक्षिक र सामाजिक मूल्यहरूको उल्लङ्घन हुने भएकाले बौद्धिक चोरीः नैतिक अपराध हो भन्ने कुरा स्पष्ट हुन्छ भन्दै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छ। धन्यवाद !

२०७९ प्रन. १२ तपाईंको कुनै एक साधीले साहित्य सिर्जना गर्न लाग्नुभएको छ भने उहाँलाई बौद्धिक चोरीबाट बच्न के कस्ता उपायहरू सुझावको रुपमा प्रदान गर्नुहुन्छ ? लेख्नुहोस् ।

बौद्धिक चोरी एक कपटपूर्ण कार्य हो जहां कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चिषहरू) के नक्कल गर्छ र तिनीहरूलाई आफ्नो दाबी गर्छ। यस्ता चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको बोर उल्लेख गर्दैनन् । यस्तो कार्य बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन हो। साहित्य सिर्जना गर्न लाग्नुभएको मेरे साथीलाई म बौद्धिक चोरीबाट वच्न निम्न उपायहरू अपनाउन सुझाव दिन्छु:

क अरूको कामलाई आफ्नो भनी प्रकाशित नगर्ने,

ख. अरूको लेख रचना नसार्ने,

ग बिना उद्धरण अरूको स्रोतबाट साभार नगर्ने,

ध. बजारबाट लेख रचना किनेर विद्यालय वा विश्वविद्यालयमा नबुझाउने,

ङ्. अरूको लेख रचना प्रयोग गर्दा सम्बन्धित व्यक्तिसंग अनुमति लिएर नाम उल्लेख गरी प्रयोग गर्ने,

च. सन्दर्भ सामग्रीको सूची लेख्ने ।

विस्तृत उत्तरात्मक प्रश्नहरु (८ अङ्क)

 

२०७९ हाल बौद्धिक चोरीका घटनाहरू धेरै सुनिन थालेका छन् । एक अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानात्मक कार्यमा बौद्धिक चोरीको आक्षेपबाट बच्न के के गर्नुपर्छ ? लेख्नुहोस् ।

यदि कसैले अर्काको रचना वा सिर्जना इजाजत तथा अनुमतिबिना आफ्नो बनाउँछ वा आफ्नो भनी दावी गर्छ वा प्रयोग गर्छ भने त्यसलाई बौद्धिक चोरी मानिन्छ। यस्ता चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् जुन सरासर बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन हो। हाल यस्ता बौद्धिक चौरीका घटनाहरू धेरै सुनिन थालेका छन्। त्यसैले एउटा अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानात्मक कार्यमा बौद्धिक चोरीको आक्षेपबाट बच्न निम्नानुसारका कार्यहरू गर्नुपर्छ:

क. उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नेः अनुसन्धानकर्ताले जुन लेख, किताब इन्टरनेट वा लेखक, प्रकाशकबाट आफूले सूचना वा तथ्याङ्क लिएको हो भने त्यसको स्रोत उल्लेख गर्नुपर्दछ जसले बौद्धिक चोरी हुनबाट बचाउँछ ।

ख. पुफरिडिङ गर्नेः आफूले तयार गरेको प्रस्तावना, प्रतिवेदन वा लेख आफ्नो गुरु वा अन्य जानकारहरूलाई पढ्न दिएर उनीहरूको सुझावअनुसार सच्याएमा बौद्धिक चोरी हुनबाट बचाउँछ ।

ग. उद्धरण गर्नेः कुनै स्रोतबाट सूचना लिंदा उनीहरूको भनाइ जस्ताको तस्तै राख्दा उद्धरण चिह्न प्रयोग गरेर स्रोत उल्लेख गरेर बौद्धिक चोरीबाट बच्न सकिन्छ ।

घ. पुनर्लेखन गर्नेः अरूको लेख रचना प्रयोग गदां हुबहु नसारी त्यसलाई पुनर्लेखन गरी बौद्धिक चोरीबाट बच्न सकिन्छ ।

ङ. सन्दर्भ सामग्रीको सूची लेख्नेः आफ्नो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्त्यमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गरी बौद्धिक चोरीबाट बच्न सकिन्छ ।

च. उपयुक्त ढाँचा प्रयोग गर्नेः अनुसन्धाकांले आफ्नो लेख, प्रस्तावना वा प्रतिवेदनलाई आवश्यक ढांचाको उद्धरण प्रयोग गरेमा बौद्धिक चोरीबाट बच्न सकिन्छ। जस्तैः APA, MLA ढाँचा ।

छ. अरूका लेख रचना प्रयोग गर्दा सम्बन्धित व्यक्तिसँग अनुमति लिएर मात्र उल्लेख गरी प्रयोग गर्ने ।

तसर्थ कुनै पनि अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान कार्य गर्दा बौद्धिक चोरीबाट बच्न माथि उल्लेख गरिएका कुराहरूलाई ध्यान दिनुपर्छ अनि मात्र ऊ बौद्धिक चोरीको आक्षेपबाट बच्न सक्छ ।