पाठ २ सामाजिक
अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा Concept of Co-relation and Causal Relationship in Social
Studies
सहसम्बन्ध (Co-relation)
अनुसन्धानमा दुई चरहरू (Variables)
बिचको नाता वा सम्बन्धलाई सहसम्बन्ध भनिन्छ ।
दुईभन्दा बढी चरहरूको नातालाई चाहिँ आंशिक सहसम्बन्ध भनिन्छ । यसमा एउटा विषयको
परिणामले अर्को विषयमा कस्तो असर गर्छ भन्ने कुरा देखाइन्छ । जस्तै: वर्षा लाग्यो
भने रेनकोटको माग बढ्छ। जाडो लाग्यो भने न्यायो कपडाको माग बढ्छ । गर्मी लागेपछि पातला कपडाको
माग बढ्छ। यसमा एउटा चरमा आएको परिवर्तनले अर्को चरलाई प्रभावित गरेको छ । तसर्थ
यहाँ दुई राशि वा चर बिचको असर नै सहसम्बन्ध हो । सहसम्बन्धको नाता जोडघटाउसँग
सम्बन्धित हुन्छ । यसमा एउटाको परिणामले अकोंको मूल्य घटाउँछ वा बढाउँछ तथा एउटा
पक्षको महत्त्व बढ्दा अकर्को पक्षको महत्त्व घट्छ वा बढ्छ ।
चर (Variable)
चर भनेको विषय हो। अनुसन्धानकर्ताले
मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु,
स्थान, अवस्था
वा प्रक्रियासँग सम्बन्धित विषय नै चर हो । जस्तैः उमेर, लिङ्ग, धर्म, भाषा, आम्दानी, खर्च आदिलाई चर भनिन्छ ।
चरका प्रकार (Types of Variable)
क. निर्भर वा आश्रित
चर (Dependent Variable): एउटा चरमा परिवर्तन आउँदा अर्कोमा पनि परिवर्तन
आउने चरलाई निर्भर वा आश्रित चर भनिन्छ। यो स्वतन्त्र चरमा परिवर्तन आउँदा
परिवर्तन हुने चर हो।
ख. स्वतन्त्र चरमा (Independent Variable): यो यस्तो चर् हो जसमा आएको परिवर्तनले अरू निर्भर चरहरूमा परिवर्तन
आउँछ । अरू कुनै चरहरूमा परिवर्तन आउँदा पनि परिवर्तन नहुने वा प्रभाव परेन भने
त्यस्तो चर नै स्वतन्त्र चर हो ।
सहसम्बन्धका प्रकार (Types of Co-relation)
१. सकारात्मक वा
धनात्मक सहसम्बन्ध (Positive Co-relation): एउटा विषयक्षेत्र वा चरको वृद्धि हुँदा अर्को
विषय क्षेत्रको पनि वृद्धि हुन्छ भने त्यसलाई सकारात्मक सहसम्बन्ध भनिन्छ । यसमा
एउटा विषय वा चरको उन्नतिमा अकोंको पनि उन्नति अनि एउटाको अवनतिमा अर्कोको पनि
अवनति हुन्छ । जस्तै जाडो बढ्दा न्यानो कपडाको माग बढ्नु ।
२. नकारात्मक वा
ऋणात्मक सहसम्बन्ध (Negative Co-relation); एउटा विषयक्षेत्र वा चरको वृद्धि हुँदा अर्को
विषय क्षेत्र वा चरमा गिरावट हुनु वा घट्नुलाई नकारात्मक सहसम्बन्ध भनिन्छ। यसमा
दुईओटा विषय वा चरहरूबिचमा एकअर्काको दिशा भिन्न हुन्छ । जस्तै: गमर्मी बढेपछि
न्यानो कपडाको माग घट्नु ।
३. शून्य सहसम्बन्ध (Zero Co-relation): एउटा
विषयक्षेत्र वा चरको परिवर्तन आउँदा अर्को विषय क्षेत्रमा कुनै असर गर्दैन भने
त्यसलाई शून्य सहसम्बन्ध भनिन्छ । यसमा विषय क्षेत्र वा चरहरू एक अर्कामा
सम्बन्धित हुँदैन । जस्तै जाडो वा गर्मी बढोस् तर खाद्यान्नको मूल्यमा कुनै
परिवर्तन देखिन्न ।
कार्यकारण सम्बन्ध (Causal Relationship)
कुनै काम र त्यसको परिणाम एकअर्कामा
सम्बन्धित छन् भने त्यसलाई कार्यकारण सम्बन्ध भनिन्छ । दुई विषयमा एकले अर्कोलाई
पारेको प्रभाव वा एउटा विषयमा परिवर्तन अर्को कसरी कारण बन्न सक्छ भनेर गरिने
अध्ययन कार्यकारण सम्बन्ध हो ।
·
जस्तैः
प्राविधिक शिक्षाको विकास (कारण) रोजगारीमा वृद्धि (कार्य) । त्यसैले प्राविधिक शिक्षा
तथा रोजगारबिच कार्यकारण सम्बन्ध छ ।
·
त्यस्तै,
धूम्रपानमा वृद्धि (कारण) क्यान्सर हुनु (कार्य)
। त्यसैले धुम्रपान तथा क्यान्सरबिच कार्यकार सम्बन्ध छ ।
यसमा
कुनै कारणले गर्दा सकारात्मक परिणाम निस्कियो भने सकारात्मक कार्यकारण (प्राविधिक
शिक्षाले रोजगारीमा वृद्धि र नकारात्मक परिणाम निस्कियो भने नकारात्मक कार्यकारण (धूम्रपानले
क्यान्सरको वृद्धि) भनिन्छ ।
सहसम्बन्ध र कार्यकारण
सम्बन्धमा समानता (Similarities on
Co-relation and Causal Relationship)
§
सहसम्बन्ध
र कार्यकरण दुवैले चरहरूसँग सम्बन्ध राख्दछन् ।
§
दुवै
सामाजिक अनुसन्धानमा प्रयोग हुन्छन् ।
§
दुवैले
दुई वा दुईभन्दा धेरै चरहरूसँगको सम्बन्ध अध्यन गर्दछन् ।
सहसम्बन्ध र कार्यकारण
सम्बन्धमा भिन्नता (Differences on
Co-relation and Causal Relationship)
|
सहसम्बन्ध |
कार्यकारण सम्बन्ध |
|
सहसम्बन्धले कुनै एउटा घटना अर्को कुन कुन
घटनासँग सम्बन्ध राख्छ भन्ने कुराको व्याख्या गर्छ । |
कार्यकारणले कुनै एउठ घटना वा चरले अर्को घटना
वा चरलाई कस्तो असर पार्छ भन्ने कुराको व्याख्या गर्दछ । |
|
सहसम्बन्धले विशेषगरि चरहरूबिचको सहसम्बन्धले
विशेषगरी परिमाणात्मक सम्बन्धलाई देखाउँछ । |
कार्यकारणले गुणात्मक सम्बन्धलाई देखाउँछ । |
|
सहसम्बन्धले घटनाको सतही अध्ययन गर्दछ । |
कार्यकारणले घटनाको गहिरो अध्ययन गर्दछ |

0 Comments