पाठ २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा Concept of Co-relation and Causal Relationship in Social Studies

सहसम्बन्ध (Co-relation)

अनुसन्धानमा दुई चरहरू (Variables) बिचको नाता वा सम्बन्धलाई सहसम्बन्ध भनिन्छ । दुईभन्दा बढी चरहरूको नातालाई चाहिँ आंशिक सहसम्बन्ध भनिन्छ । यसमा एउटा विषयको परिणामले अर्को विषयमा कस्तो असर गर्छ भन्ने कुरा देखाइन्छ । जस्तै: वर्षा लाग्यो भने रेनकोटको माग बढ्छ। जाडो लाग्यो भने न्यायो कपडाको माग बढ्छ । गर्मी लागेपछि पातला कपडाको माग बढ्छ। यसमा एउटा चरमा आएको परिवर्तनले अर्को चरलाई प्रभावित गरेको छ । तसर्थ यहाँ दुई राशि वा चर बिचको असर नै सहसम्बन्ध हो । सहसम्बन्धको नाता जोडघटाउसँग सम्बन्धित हुन्छ । यसमा एउटाको परिणामले अकोंको मूल्य घटाउँछ वा बढाउँछ तथा एउटा पक्षको महत्त्व बढ्दा अकर्को पक्षको महत्त्व घट्छ वा बढ्छ ।

चर (Variable)

चर भनेको विषय हो। अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित विषय नै चर हो । जस्तैः उमेर, लिङ्ग, धर्म, भाषा, आम्दानी, खर्च आदिलाई चर भनिन्छ ।

चरका प्रकार (Types of Variable)

क. निर्भर वा आश्रित चर (Dependent Variable): एउटा चरमा परिवर्तन आउँदा अर्कोमा पनि परिवर्तन आउने चरलाई निर्भर वा आश्रित चर भनिन्छ। यो स्वतन्त्र चरमा परिवर्तन आउँदा परिवर्तन हुने चर हो।

ख. स्वतन्त्र चरमा (Independent Variable): यो यस्तो चर् हो जसमा आएको परिवर्तनले अरू निर्भर चरहरूमा परिवर्तन आउँछ । अरू कुनै चरहरूमा परिवर्तन आउँदा पनि परिवर्तन नहुने वा प्रभाव परेन भने त्यस्तो चर नै स्वतन्त्र चर हो ।

सहसम्बन्धका प्रकार (Types of Co-relation)

१. सकारात्मक वा धनात्मक सहसम्बन्ध (Positive Co-relation): एउटा विषयक्षेत्र वा चरको वृद्धि हुँदा अर्को विषय क्षेत्रको पनि वृद्धि हुन्छ भने त्यसलाई सकारात्मक सहसम्बन्ध भनिन्छ । यसमा एउटा विषय वा चरको उन्नतिमा अकोंको पनि उन्नति अनि एउटाको अवनतिमा अर्कोको पनि अवनति हुन्छ । जस्तै जाडो बढ्दा न्यानो कपडाको माग बढ्नु ।

 

२. नकारात्मक वा ऋणात्मक सहसम्बन्ध (Negative Co-relation); एउटा विषयक्षेत्र वा चरको वृद्धि हुँदा अर्को विषय क्षेत्र वा चरमा गिरावट हुनु वा घट्नुलाई नकारात्मक सहसम्बन्ध भनिन्छ। यसमा दुईओटा विषय वा चरहरूबिचमा एकअर्काको दिशा भिन्न हुन्छ । जस्तै: गमर्मी बढेपछि न्यानो कपडाको माग घट्नु ।

३. शून्य सहसम्बन्ध (Zero Co-relation): एउटा विषयक्षेत्र वा चरको परिवर्तन आउँदा अर्को विषय क्षेत्रमा कुनै असर गर्दैन भने त्यसलाई शून्य सहसम्बन्ध भनिन्छ । यसमा विषय क्षेत्र वा चरहरू एक अर्कामा सम्बन्धित हुँदैन । जस्तै जाडो वा गर्मी बढोस् तर खाद्यान्नको मूल्यमा कुनै परिवर्तन देखिन्न ।

कार्यकारण सम्बन्ध (Causal Relationship)

कुनै काम र त्यसको परिणाम एकअर्कामा सम्बन्धित छन् भने त्यसलाई कार्यकारण सम्बन्ध भनिन्छ । दुई विषयमा एकले अर्कोलाई पारेको प्रभाव वा एउटा विषयमा परिवर्तन अर्को कसरी कारण बन्न सक्छ भनेर गरिने अध्ययन कार्यकारण सम्बन्ध हो ।

·       जस्तैः प्राविधिक शिक्षाको विकास (कारण) रोजगारीमा वृद्धि (कार्य) । त्यसैले प्राविधिक शिक्षा तथा रोजगारबिच कार्यकारण सम्बन्ध छ ।

·       त्यस्तै, धूम्रपानमा वृद्धि (कारण) क्यान्सर हुनु (कार्य) । त्यसैले धुम्रपान तथा क्यान्सरबिच कार्यकार सम्बन्ध छ ।

यसमा कुनै कारणले गर्दा सकारात्मक परिणाम निस्कियो भने सकारात्मक कार्यकारण (प्राविधिक शिक्षाले रोजगारीमा वृद्धि र नकारात्मक परिणाम निस्कियो भने नकारात्मक कार्यकारण (धूम्रपानले क्यान्सरको वृद्धि) भनिन्छ ।

सहसम्बन्ध र कार्यकारण सम्बन्धमा समानता (Similarities on Co-relation and Causal Relationship)

§  सहसम्बन्ध र कार्यकरण दुवैले चरहरूसँग सम्बन्ध राख्दछन् ।

§  दुवै सामाजिक अनुसन्धानमा प्रयोग हुन्छन् ।

§  दुवैले दुई वा दुईभन्दा धेरै चरहरूसँगको सम्बन्ध अध्यन गर्दछन् ।

सहसम्बन्ध र कार्यकारण सम्बन्धमा भिन्नता (Differences on Co-relation and Causal Relationship)

सहसम्बन्ध

कार्यकारण सम्बन्ध

सहसम्बन्धले कुनै एउटा घटना अर्को कुन कुन घटनासँग सम्बन्ध राख्छ भन्ने कुराको व्याख्या गर्छ ।

कार्यकारणले कुनै एउठ घटना वा चरले अर्को घटना वा चरलाई कस्तो असर पार्छ भन्ने कुराको व्याख्या गर्दछ ।

 

सहसम्बन्धले विशेषगरि चरहरूबिचको सहसम्बन्धले विशेषगरी परिमाणात्मक सम्बन्धलाई देखाउँछ ।

कार्यकारणले गुणात्मक सम्बन्धलाई देखाउँछ ।

 

सहसम्बन्धले घटनाको सतही अध्ययन गर्दछ ।

कार्यकारणले घटनाको गहिरो अध्ययन गर्दछ