पाठ ५: सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन (Formulation of Problem and Selection of Method of Study for Social Studies)

समस्या निर्माण (Problem Formulation)

सामाजिक अध्ययनअन्तर्गत समाजको कुनै पनि पक्षसँग (व्यक्ति, परिवार, समाज, विश्व आदि) सम्बन्धित समस्यालाई अध्ययनको शीर्षक बनाइसकेपछि त्यसलाई अनुशन्धान समस्याका रूपमा स्पष्ट व्याख्या गर्नुपर्ने हुन्छ। समस्यालाई स्पष्ट रूपमा व्याख्या गर्नुलाई समस्याको कथन भनिन्छ। अनुसन्धानको विषय शीर्षकसँग परिचित हुनु नै समस्या निर्माण हो। तसर्थ कुनै पनि सामाजिक समस्या, घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनै विषयवस्तुको पहिचान गर्ने कार्य नै समस्या पहियान हो।

समस्याका विषयहरू: मानव बेचविखन, लागुपदार्थ सेवन, लैंगिक भेदभाव, जातीय भेदभाव, प्रदूषणको असर, वातावरणीय उच्यता, बेरोजगारी, गरिवी, महिला शिक्षा र समाजमा यसको असर आदि ।

समस्या निर्माणका स्रोतहरू : सामाजिक परिवेश वा समस्याहरु, सामाजिक घटना, वातावरणीय अवस्था, ऐतिहासिक सम्पदा, मनोवैज्ञानिक क्षेत्र आदि ।

समस्या निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू

*     आफ्नो रुचिलाई ख्याल गर्ने,

*     आपनो अध्ययन, आर्थिक क्षमतालाई ख्याल गर्ने,

*     राष्ट्रिय अखण्डता, सामाजिक एकतालाई असर पर्ने खालको विषयगत समस्या चयन नगर्ने,

*     आफूले अध्ययन गरेर प्राप्त गरेको निष्कर्ष अरुका लागि पनि काम लाग्ने अर्थात् उपलब्धिमूलक हुनुपर्ने,

*     अरूले अध्ययन अनुस्स्न्धान नगरेको वा अरूका लागि अध्ययनको स्रोत बन्ने नयाँ विषयवस्तुको छनौट गर्ने,

*     महत्वपूर्ण आवश्यकता तथा मुद्दालाई प्रतिविम्बित गर्ने खालको समस्या चयन गर्ने,

*     समय सान्दर्भिक समस्या निर्माण गर्ने, उपयोगितालाई ध्यान दिने,

*     प्राथमिक तथा द्वितीय स्रोतबाट सूचना प्राप्त गर्न सकिने समस्या वयनमा ध्यान दिने,

*     निश्चित समय सीमामा सकिने खालको समस्या छनौट गर्ने ।

अध्ययन विधि (Method of Study)

अध्ययन कार्य कसरी सम्पन्न गर्ने भन्ने विषयलाई अध्ययन विधि भनिन्छ। यो अनुसन्धानको साधन हो जसले अनुसन्धानकर्तालाई लक्ष्यमा पुऱ्याउन सहयोग गर्दछ । अनुसन्धान कार्यमा अनुसन्धानकर्ताले अनुसन्धानको विषयका आधारमा उपयुक्त विधिको छनोट गर्नुपर्दछ। उपयुक्त अध्ययन विधिको छनोटले अध्ययनको निष्कर्षको विश्वसनीयता र प्रभावकारितामा अर्थ राख्दछ

अध्ययन विधिका प्रकारहरू (Types of Methods of Study)

परिमाणात्मक पद्धति(Quantitative): प्राप्ताङ्क, तौल, उमेर आदि स‌ङ्ख्यामा सूचनाहरू सहकलन हुने र विश्लेषण गर्द तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधि नै परिमाणात्मक पद्धती हो।

गुणात्मक पद्धति(Qualitative): मानिसका भावना, विचार, व्यवहा जसा कुराहरूका सूचनाहरू सङ्ख्यामा उल्लेख गर्न सकिंदैन । यस्ता सूचनाहरू प्राप्त गर्न प्रयोग गरिर अनुसन्धान विधि गुणात्मक पद्धति हो ।

मिश्रित पद्धति (Mixed Method): परिमाणात्मक र गुणात्मक दुवै विधि प्रयोग गरिन्छ भने त्यस्तो अनुसन्धान विधिलाई मिश्रित पद्धति भनिन्छ ।

सामाजिक अध्ययन अनुसन्धानमा प्रयोग हुने अध्ययन विधिहरू (Methods of Study used in Social Research)

क. सर्वेक्षण विधि (Survey Method): यसलाई मह सर्वेक्षण विधि पनि भनिन्छ । परिमाणात्मक अनुसन्धार (Quantitative Research) मा सबैभन्दा प्रचलि विधि सर्वेक्षण हो । ठुलो जनसङ्ख्या अध्ययन गर्नुपरेम यसको प्रवृत्ति तथा विशेषता व्याख्या गर्नुपरेमा यक विधिको प्रयोग गरिन्छ। यस विधिमा प्रश्नावली निर्माण गरेर, प्रश्नावली हुलाक, विद्युतीय सञ्चा माध्यमबाट पठाएर, अन्तर्वार्ता लिने जस्ता कार्य गरि तथ्याङ्‌क स‌ङ्कलन गर्ने गरिन्छ । छोटो अवधिमा काम् पूरा गर्न, कम जनशक्तिबाट काम गर्न, थोरै खर्चमा काम सम्पन्न गर्न यो विधि प्रयोग गरिने भएकाले यसको महत्त्व देखिन्छ । जस्तैः समुदायमा कुन कुन पेसामा कति मानिसहरू संलग्न छन् भन्ने कुरा पत्ता लगाऊन सर्वेक्षण विधि प्रयोग हुन्छ ।

ख. अन्तर्वार्ता विधि (Interview Method): व्यक्ति व्यक्तिबिच प्रत्यक्ष कुरा गरी सूचना स‌ङ्कलन तरिकालाई अन्तर्वार्ता भनिन्छ। यसमा उत्तरदातालाई प्रत्यक्ष भेटेर वा फोन तथा भिडियो कलमार्फत प्रश्नह सोधिन्छ र उसको उत्तरबाट आवश्यक सूचना डायरीमा टिपिन्छ । यसमा उत्तरदाताको सहमति लिएर वा भिडियो रेकर्ड गरेर पछि आवश्यक सूचना लिन सकिन्छ । जस्तैः मानिसहरू आफ्नो पेसामा कति सन्तुस्ट छन् भन्ने पत्ता लगाउन यो विधि प्रयोग हुन्छ ।

अन्तर्वार्ताका प्रकारहरू :

संरचित अन्तर्वार्ता(Structured): यस अन्तर्वार्तामा पहिले नै तयार पारेका प्रश्नहरू सोधी आवश्यक सूचना प्राप्त गरिन्छ । यो परिमाणात्मक तथ्याङ्क सङ्‌कलनका लागि उपयुक्त छ।

अर्धसंरचित अन्तर्वार्ता(Semi-Structured): यसमा केहो मुख्य क्षेत्रहरूसँग सम्बन्धित प्रश्नहरू वा सोसम्बन्धी टिपोट पहिले नै तयार गरी अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले थप प्रश्नहरू गरेर सूचना सङ्कलन गरिन्छ। यो गुणात्मक अनुसन्धान (Qualitative Research) मा बढी प्रयोग गरिन्छ ।

असंरचित अन्तर्वार्ता(Unstructured): यसमा अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका प्रश्नहरू गरेर सूचना स‌ङ्कलन गरिन्छ। यसका लागि अनुसन्धानकर्ता आफै अन्तर्वार्ताकार हुनुपर्छ । यो पनि गुणात्मक तथ्याङ्क सङ्कलनका लागि प्रयोग गरिन्छ ।

ग. क्षेत्र अवलोकन विधि (Field Observation Method): कुनै व्यक्ति, संस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई अवलोकन विधि भनिन्छ। अवलोकनकर्ता आफै अध्ययन क्षेत्रमा उपस्थित भएर जानकारी लिने कार्यलाई क्षेत्र अवलोकन भनिन्छ। यो विधि सरल र सहज हुनाका साथै यसबाट प्राप्त तथ्याङ्क विश्वसनीय हुन्छ । कतिपय समस्याहरू जसलाई अन्तर्वार्ताबाट बुझ्न सकिदैन, त्यस्तै रेडियो र टेलिभिजनमा सुनाउन र देखाउन सकिँदैन, स्थलगत भ्रमणबाट मात्र त्यस्ता समस्याहरूको वास्तविकतालाई बुझ्न सकिन्छ भने त्यस्तो बेलामा सूचना प्राप्त गर्न यो विधि प्रयोग गरिन्छ । जस्तैः कुनै व्यक्तिको व्यवहार वा कुनै स्थान वा संस्थाको अवस्था तथा गतिविधिबारे तथ्याङ्क स‌ङ्कलन गर्न अवलोकन विधि प्रयोग गरिन्छ ।