पाठ: ७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण (Analysis and
Presentation of Data and Information)
अनुसन्धान वा खोजका क्रममा प्राप्त
गरिएका सबै सूचना तथा तथ्याङ्कहरू सबै अनुसन्धानमा काम लाग्दैनन् । प्राप्त गरिएका
सूचनालाई सर्वप्रथम तयारी गरिन्छ, त्यसपछि प्रशोधन गरिन्छ। प्रशोधन पछि
भण्डारण गरिन्छ । अन्त्यमा लक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि
विभिन्न तरिकाले प्रस्तुतीकरण गरिन्छ ।
तथ्याङ्क तयारी (Data
Preparation)
तथ्याङ्कको तयारी गर्दा सर्वप्रथम्
तथ्याङ्कलाई सम्पादन गरी शुद्ध बनाउने काम गरिन्छ । यसमा सूचना तथा तथ्याङ्कमा
आएका गल्ती कमजोरीलाई हटाइन्छ । यसमा अनावश्यक तथा त्रुटियुक्त तथ्याङ्कलाई हटाएर
विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्क तथा सूचनालाई तालिका, सूची
आदिमा प्रस्तुत गरी तथ्याङ्क प्रशोधनका लागि तयार पारिन्छ । तथ्याङ्कको तयारीमा
परिमाणात्मक तथ्याङ्क प्रविष्टि गर्न, विभिन्न तष्याङ्ङ्कशास्त्रीय
विश्लेषण गर्न विभिन्न सफ्टवेयरहरूको प्रयोग गरिन्छ तर यी तथ्याङ्कलाई Microsoft Excel मा पनि
प्रविष्ट गर्न सकिन्छ । जस्तैः
तथ्याङ्क प्रशोधन (Data
Processing)
यस चरणमा परिमाणात्मक तथ्याङ्क छ भने
मध्यक (Mean), मध्यिका
(Median), रीत (Mode), स्तरीय
भिन्नता (Standard
Deviation) लगायतका विभिन्न तथ्याङ्कशास्त्रीय विश्लेषण
गरिन्छ। यसका लागि Microsoft Excel को प्रयोग गरिन्छ । गुणात्मक
तथ्याङ्क छ भने तथ्याङ्कबाट विभिन्न शब्द वा वाक्यांशको बारम्बारता गणना गर्न
सकिन्छ ।
तथ्याङ्क भण्डारण (Data Storage)
तथ्याङ्कको तयारी, प्रशोधन
र विश्लेषण जस्ता कार्यहरू सकिएपछि तथ्याद्धकलाई भण्डारण गरिन्छ । अनुसन्धानका
विषयमा प्रश्न उठेमा वा पछि आवश्यक परेमा प्रयोग गर्नका लागि तथ्याङ्कलाई
कम्प्युटरमा भण्डारण गरेर राख्नुपर्छ ।
नतिजा प्रबोधीकरण (Result
Dissemination)
अनुसन्धानकर्ताले अनुसन्धानको
निष्कर्ष विभिन्न लक्षित समूहलाई जानकारी गराउनका लागि विभिन्न माध्यमबाट नतिजाको
प्रसारण गर्ने कार्यलाई नतिजा प्रबोधिकरण भनिन्छ । नतिजा प्रबोधीकरण कार्य गर्दा
लक्षित समूहको शैक्षिक स्तरअनुसार उपयुक्त प्रकारका तथ्याङ्क वा सूचना उपयुक्त
भाषामा प्रस्तुतीकरण गर्नुपर्ने हुन्छ । नतिजा प्रबोधीकरण लेख लेखेर, किताब
बनाएर, टेलिभिजन
वा सामाजिक सञ्जाल प्रयोग गरेर प्रसारण गर्न सकिन्छ ।
तथ्याङ्कको
प्रस्तुतीकरण (Presentation of Data)
तथ्याङ्कको प्रस्तुतीकरण २ तरिकाले
गर्न सकिन्छ : शाब्दिक र चित्रात्मक प्रस्तुतीकरण ।
क. शाब्दिक
प्रस्तुतीकरण (Verbal presentation)
अनुसन्धान्बाट प्राप्त जानकारीलाई
शब्द, वाक्य
तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ। प्राप्त
जानकारीहरूलाई व्याख्या गर्न, पुष्टि गर्न, निष्कर्ष
निकाल्न यसबाट सकिने हुनाले यो विधि बढी प्रचलित रहेको छ । यसमा गुणात्मक तथा
परिमाणात्मक दुवै खालका तथ्य र जानकारीलाई समेट्न सकिने भएपनि ठुला तथ्याङ्कलाई
यसमा प्रस्तुतीकरण गर्न कठिन हुन्छ ।
शाब्दिक
प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने कुराहरू
अनुसन्धानकर्ताले
आफ्नो भावना तथा पक्षधरता देखाउने शब्द तथा भाषा प्रयोग नगर्ने,
लक्षित
पाठकले सजिलोसँग बुभन सक्ने भाषा प्रयोग गर्ने,
तथ्याङ्क
प्रतिशत र सङ्ख्या प्रस्तुत गर्दा पुनरावलोकन गरेर प्रस्तुत गर्ने,
धेरै
लामो व्याख्या तथा वर्णनभन्दा पनि सकभर सटिक व्याख्या गर्ने,
वाक्य
तथा वाक्यांश छोटो बनाउने,
परिमाणवाची
(धेरै, थोरै, अलिकति....)
शब्दहरूको सट्टा सङ्ख्या तथा प्रतिशत प्रयोग गर्ने,
दोहोरो
अर्थ लाग्ने, साहित्यिक
पदावलीले पाठकहरूलाई द्विविधामा पार्न सक्छ तसर्थ सरल अर्थ आउने वाक्य तथा
वाक्यांश प्रयोग गर्ने।
ख. चित्रात्मक
प्रस्तुतीकरण (Pictorial presentation)
अनुसन्धानबाट प्राप्त तथ्याङ्क वा
सूचनालाई चित्र (स्तम्भ, वृत्त, रेखाचित्र), चार्ट, ग्राफ
आदि दृश्य माध्यममा गरिने प्रस्तुतीकरणलाई चित्रात्मक प्रस्तुतीकरण भनिन्छ।
कमस्थान र समयमा जानकारी प्रस्तुत गर्न सकिने, पाठक तथा दर्शकलाई
बुझ्न सजिलो हुने हुनाले यसलाई बढी महत्त्व दिइएको पाइन्छ । हाल आएर परिमाणात्मक
मात्र नभई गुणात्मक प्रस्तुतिलाई समेत चित्रात्मक प्रस्तुति गर्ने चलन बढेको छ।
यद्यपि चित्रात्मक प्रस्तुति मात्र यथेष्ट नहुने हुनाले मौखिक तथा लिखित व्याख्या
पनि सँगै आवश्यक हुन्छ ।
चित्रात्मक
प्रस्तुतीकरणका प्रकारहरू (Types of Pictorial Presentation)
अ. चार्ट (Chart): यसभित्र
विभिन्न प्रकारका चित्रात्मक प्रस्तुतिहरू पर्दछन् । जस्तैः फ्लोचार्ट, सङ्गठन
चार्ट वृत्तचित्र,
वृक्षचित्र, नक्सा, भेनचित्र आदि ।
१. फ्लोचार्ट (Flow chart): कुनै
प्रक्रियालाई चित्रमा देखाउन, एक चरणबाट अर्को चरणमा जानुपर्ने
भएमा यसको प्रयोग गरिन्छ । यसमा चित्र र शब्दको संयोजन गरेर देखाउने गरिन्छ ।
जस्तैः
२. सङ्गठनात्मक चार्ट
(Organizational
chart): कुनै सरकारी तथा गैरसरकारी संस्थाको सङ्गठनात्मक
ढाँचा देखाउन यस्तो चार्ट निर्माण गरिन्छ र यसमा सङ्गठनात्मक सदस्यहरूको तहगत स्तर
देखाइन्छ । जस्तैः
३. वृत्तचित्र वा
पाइचार्ट (Pie chart): परिमाणात्मक तथ्याङ्कको वितरणलाई
वृत्तचित्रमा देखाइन्छ । यसमा कुनै तथ्याङ्कको कुलयोगलाई १०० प्रतिशत मानेर यसको
वितरणलाई प्रतिशतमा लगिन्छ, उक्त प्रतिशतलाई एउव वृत्तमा विभिन्न
भागहरूमा विभाजन गरेर विभिन्न सङ्केत तथा रङ्ग लगाई देखाइन्छ । जस्तैः
आ. ग्राफ (Graph): यसमा
परिमाणात्मक तथ्याङ्कला देखाइने भएकाले यसमा रेखाको लम्बाइ वा उचाइ ग्राफको
क्षेत्रफलले समेत तथ्याङ्कको परिणामला प्रतिनिधित्व गर्छन् । यसअन्तर्गत विभिन्न
प्रकारका चित्रात्मक प्रस्तुतिहरू पर्दछन् । जस्तैः स्तम्भचित्र, रेखाचित्र, हिस्टोग्राम, स्क्याटर
प्लट, समयरेखा
आदि ।
१. स्तम्भचित्र (Bar diagram): यसमा
तथ्याङ्कहरूला स्तम्भ वा खम्बाहरूमा देखाइन्छ । यसमा तथ्याङ्कन मान तुलना गर्न
सजिलो हुन्छ र फरक पत्ता लगाउन पनि सकिन्छ । जस्तैः
२. रेखाचित्र (Line graph): यसमा
रेखाको उचाइको
आधारमा तथ्याङ्कको मान प्रतिनिधित्व
गराइन्छ । यसमा फरक फरक तथ्याङ्क समूहबिच तुलना गर्न सजिलो हुन्छ । जस्तैः
तालिका (Table): ठुला
परिमाणात्मक तथ्याङ्कलाई शाब्दिक रूपमा प्रस्तुत गर्दा बुझ्न कठिन हुने हुनाले
यस्ता तथ्याङ्कलाई तालिकामा प्रस्तुति गरिन्छ । जस्तैः
College enrollment of shaileshwari
|
Year |
Students no. |
facalty |
|
2064 |
36 |
Arts / Education |
|
2065 |
65 |
“ |
|
2066 |
62 |
“ |
|
2067 |
70 |
“ |
|
2068 |
55 |
“ |
चित्रात्मक
प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने कुराहरू:
चित्रात्मक
प्रस्तुति (चार्ट,
ग्राफ, तालिका आदि) शाब्दिक रूपमा व्याख्या
गर्नुपूर्व प्रस्तुत गर्ने,
शाब्दिक
रूपमा व्याख्या गरिएको वाक्य तथा अनुच्छेद कुन चार्ट, ग्राफ वा
तालिकामा प्रस्तुत गरेको सो उल्लेख गर्ने,
चित्रात्मक
प्रस्तुतिमा प्रयोग गरिएका अक्षर, अङ्क, चित्र बुझिने तथा उचित आकार र रङ्गको
प्रयोग गर्ने,
कतैबाट
चार्ट, ग्राफ
लिइएको हो भने सोको स्रोत उल्लेख गर्ने,
हरेक
चित्रको शीर्षक र सङ्केत उल्लेख गर्ने ।


0 Comments