पाठ २ पहिचान र बिबिधता (Identity and Diversity) ( मुल पुस्तकमा पाठ २ र ३)  

 

 पहिचानको अर्थ (Meaning of identity)

 

कुनै पनि व्यक्ति वा समूहको जातजाति, वर्ण, धर्म, सम्प्रदाय, यौनिक उन्मुखता आदिको आधारमा हुने परिचयलाई पहिचान भनिन्छ ।

 

पहिचानका विविध आयामहरू (Dimensions of identity)

 

*     राष्ट्रियः नेपाली, भारतीय, अमेरिकी आदि।

*     जातीयः प्रारमण, क्षेत्री, जनजाति, दलित आदि।

*     भाषिकः नेपाली, मैथिली, भोजपुरी, नेवारी आदि ।

*     धार्मिकः हिन्दू, बौड, इस्लाम, किराँत, इसाई आदि।

*     लैगिकः महिला, पुरुष, लैगिक पौनिक अल्पसङ्ख्यक आदि ।

*     अपाङ्गताः पूर्ण अपाङ्गता, मध्यम अपाङ्गता, शारीरिक अपाङ्गता, मानसिक अपाङ्गता आदि।

 

पहिचानका प्रकार (Types of identity)

 

अन्तर्निहित पहिचान (Intrinsic identity): जन्मजातै बोकेर आएका पहिचान जस्तैः लिङ्ग, जाति आदि।

आर्जित पहिचान (Earned Identity): सामाजिकीकरण हुँदै जाँदा ग्रहण हुने पहिचान जस्तैः धर्म भाषा, संस्कृति, पैसा आदि।

 

राष्ट्रिय पहिचानको अर्थ (Meaning of national identity)

 

जातीय, क्षेत्रीय, लैगिक, धार्मिक, भाषिक पहिचानको बाबजुद एउटा राष्ट्रको छाताभित्र समेटिएका सबै व्यक्तिहरूको साझा चिनारीलाई राष्ट्रिय पहिचान भनिन्छ ।

 

पहिचानको महत्त्व (Importance of identity)

 

*     व्यक्ति वा समूहको परिचय कायम गराउँछ ।

*     अपनत्व बोध गराउँछ ।

*     अधिकार र अवसरप्रति सचेत गराउँछ ।

*     सम्मानको बोध गराउँछ ।

 

विविधतामा एकताको अर्थ (Meaning of unity in diversity)

 

फरक फरक पहिचान भएका व्यक्ति तथा सम्प्रदायहरूविचमा सद्भाव, सहकार्य, सम्मान र सहिष्णुता कायम रहेको अवस्थालाई विविधतामा एकता भनिन्छ ।

 

विविधतामा एकताको महत्त्व (Importance of unity in diversity)

 

*     सभ्य समाजको निर्माण

*     फरक फरक क्षमता र दक्षताको उपयोग

*     मजबुत राष्ट्रिय एकता

*     सामाजिक आर्थिक विकास

*     शान्तिपूर्ण महअस्तित्वको भावना

 

विविधतामा एकतामा चुनौती खडा गर्नसक्ने तत्त्व (Factors that can cause challenges to unity in diversity)

 

*     आफ्नो मात्रै राम्रो भन्ने प्रवृत्ति

*     अरुका भाषा, धर्म संस्कृतिप्रति खराब दृष्टिकोण

*     सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग

*     वैदेशिक घुसपैठ र स्वार्थ

 

 

छोटो उत्तर आउने प्रश्नहरु

 

१.     वर्तमान विश्वमा हरेक व्यक्तिले आफ्नो पहिचानप्रति गर्व गर्न थालेका छन्। यी भनाइलाई पुष्टि गर्नुहोस् । (The modern people have developed the sense of glory towards their identity. Elucidate.)

कुनै पनि व्यक्ति वा समूहको जातजाति, वर्ण, धर्म, सम्प्रदाय, यौनिक उन्मुखता आदिको आधारमा हुने परिचयलाई पहिचान भनिन्छ। आजको विश्वमा हरेक व्यक्ति आफ्नो पहिचानको सवालमा सचेत हुन चालेका छन् । यसका कारण निम्न छन्ः

 

१.     पहिचानले व्यक्ति वा समूहको परिचय कायम गराउँछ ।

२.     यसले अपनत्व बोध गराउँछ ।

३.     यसले अधिकार र अवसरप्रति सचेत गराउँछ ।

४.     यसले सम्मानको बोध गराउँछ ।

 

२.     बहुपहिचान किन आवश्यक छ ? (Why is multiple identity important?)

एउटा व्यक्तिको एकभन्दा बढी चिनारीलाई बहुपहिचान भनिन्छ। उदाहरणको लागिः रिंकुकुमारी झाको पहिचान महिला, मधेसी, मैथिली ब्राह्मण, हिन्दु, नेपाली हो। बहुपहिचानको आवश्यकतालाई निम्न बुँदामा प्रष्ट्‌याउन सकिन्छ

 

१.     यसले व्यक्तिको फरक फरक भूमिका र दायित्वलाई प्रतिविम्बित गर्छ ।

२.     यसले आफ्ना फरक फरक चिनारीमा गर्व बोध गर्न सघाउँछ ।

३.     एउटा पक्षमा विविधता भए तापनि अन्य पक्षमा साझा पहिचान खोज्न मद्दत गर्छ ।

४.     यसले विविधताको सम्मानको वातावरण निर्माण गर्छ ।

 

३.     लै‌ङ्गिक पहिचान किन महत्त्वपूर्ण छ ? कुनै चार तर्कले पुष्टि गर्नुहोस् । (Express in any four points why gender identity is important?)

महिला, पुरुष वा अन्य लिङ्गीको रूपमा प्राप्त पहिचानलाई लैङ्गिक पहिचान भनिन्छ। लैङ्गिक पहिचानको महत्त्वलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ :

 

१.     लैङ्गिक पहिचानले आफू महिला, पुरुष वा अन्य लिङ्गी भएको परिचय

२.     यसले लैङ्गिक असमनाताको स‌ट्टा आत्मसम्मानको वातावरण निर्माण गर्छ ।

३.     यसले फरकफरक लिङ्गका व्यक्तिले लैङ्गिकताको आधारमा हुने सकारात्मक विभेदको लाभ लिन मद्दत गर्छ।

४.     यसले लैङ्गिक अधिकारको वकालत गर्छ ।

 

४.     नेपालमा सयौं बर्षदेखी कायम रहेको विविधतालाई निरन्तरता दिन के गर्न सकिन्छ ?कुनै चार वटा सुझाव उल्लेख गर्नुहोस्। (Propose any four recommendations how we can maintain the unity in diversity of Nepal)

नेपालमा सदियौंदेखि कायम रहेको विविधतालाई निरन्तरता दिन निम्न उपायहरू अवलम्वन गर्न सकिन्छ:

१.     देशभित्र रहेका हरेक जातजाति, भाषाभाषी, परम्परा, संस्कृति, धर्म, क्षेत्रीय पृष्ठभूमि भएका व्यक्तिहरुको सम्मानको बातावरण निर्माण गर्न सक्नुपर्छ।

२.     फरकपनकी स्वीकार गर्न सक्नुपर्छ ।

३.     फरक फरक संस्कृतिका गतिविधिमा सरिक हुनुपर्छ ।

४.     ऐन, कानुन तथा नियमको पालना गर्नुपर्छ।

५.     गलत धारणाहरू हटाउनुपर्छ।

५.     अपाङ्गता भएका व्यक्तिको समावेशीकरण कसरी प्रभावकारी बनाउन सकिन्छ। कुनै चार सुझाव सिफारिस गर्नुहीम् । (How can we make the inclusion of people having disability effective? Propose any four recommendations.)

अपाङ्गता भएका व्यक्तिहरूको पहिचानलाई स्थापित गर्न र उनीहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन निम्न कदमहरू चान्न सकिन्छ:

१.     अपाङ्गता भए‌का व्यक्तिहरूलाई राज्यले निश्चित कोटा तोफेर उनीहरूबिच मात्रै प्रतिस्पर्धा गराउनुपर्छ।

२.     राज्यले बपाङ्गता भएका व्यक्ति केन्द्रित शिक्षा, स्वास्थ्य, तालिम जस्ता अवसर सिर्जना गर्नुपर्छ।

३.     अपाङ्गता भए‌का व्यक्तिलाई अशक्तको रूपमा नहेरी उनीहरूमा रहेका क्षमत्ता, दक्षता र सिपको सदुपयोग हुने वातावरण निर्माण गर्नुपर्छ ।

४.     राज्यबाट प्राप्त अवसर उचित रूपमा लिन सक्ने बनाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

६.     तपाईको कक्षाकोठामा कस्तो खालको विविधता छ ? कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।(Describe the diversity of your classroom.)

मेरो कक्षाकोठामा भएका विविधता यसप्रकार छन्:

१.     धार्मिक विविधताः मेरो कक्षाकोठामा हिन्दु, बौद्ध, किरांत, इस्लाम, इसाई, शिख, जैन धर्म मान्ने साथीहरू

२.     जातजातिगत विविधताः मेरो कक्षाकोठामा पहाडी ब्राह्मण, क्षेत्री, मैथिली ब्राह्मण क्षेत्री, जनजाति तथा दलित समुदायका साचीहरू छन् ।

३.     लैङ्गिक विविधताः मेरो कक्षाकोठामा ठुलो सङ्ख्यामा महिला त्यसपछि पुरुष र केही अन्य लिङ्गी साथीहरू छन्।

४.     क्षेत्रीय विविधताः मेरो कक्षाकोठामा हिमाली, पहाडी, मधेसी, पूर्वेली, पश्चिमेली सबै साथीहरू छन् ।

७.     नेपाल एक सुम्बर साझा फूलबारी हो । यस भनाइलाई पुष्टि गर्नुहोस् । ("Nepal is a common beautiful garden." Describe.)

फरक फरक पहिचान भएका व्यक्ति तथा सम्प्रदायहरूविचमा स‌द्भाव, सहकार्य, सम्मान र सहिष्णुता कायम रहेको अवस्थालाई विविधतामा एकता भनिन्छ। नेपालमा सदियौंदेखि विविधतामा एकता रहेको छ त्यसैले नेपान एक सुन्दर फूलबारी हो। यहां १४२ भन्दा वढी जातजाति, १२४ भन्दा बढी भाषाभाषी, १० धार्मिक समुराय रहेका छन् । त्यसैगरी क्षेत्रीय रूपमा मधेसी, पहाडी, हिमाली, पूर्वेली, पश्चिमेली, सुदूरपश्चिमेली जस्ता विविधताहरू रहेका छन्। यी विविधतामा पनि सबै वर्ग तथा सम्प्रदायविचमा सुमधुर एकता रहदै आएको छ। विविध जातजाति, भाषाभाषी, धर्म, वर्ग, सम्प्रदायविचमा सम्मानको बातावरण निर्माण भएको छ।

८.     धार्मिक तथा भाषिक पहिचानका लागि नेपालमा भएका प्रयासहरूको समीक्षा गर्नुहोस् ।

(Analyze the efforts of religious and linguistic identity in Nepal.)

धार्मिक तथा भाषिक पहिचानको लागि नेपालमा भएका प्रयासहरू यसप्रकार छन् :

१.     नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएको छ। राज्यको कुनै आधिकारिक धर्म छैन। सनातनदेखि मानिदै आएको धर्म परम्परा मान्ने अधिकार छ। जवरजस्ती कसैको धर्म परिवर्तन गराउनेलाई कारबाहीको व्यवस्था छ ।

२.     प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन संरक्षण गर्ने अधिकार प्रदान गरिएको छ।

३.     नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ।

४.     नेपाली भाषाका अतिरिक्त प्रदेशने धेरै जनताले बोल्ने एक वा एकभन्दा बढी भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा तोक्न सक्ने व्यवस्था छ।

९.     हाम्रो पहिचान हाम्रो सम्मानसँग सम्बन्धित छ । यो तथ्यलाई पुष्टि गर्नुहोस् । ("Our identity is associated with our dignity." Elucidate.)

पहिचान शब्दले व्यक्तिको परिचयलाई जनाउँछ। पहिचानले म को हूँ? भन्ने प्रश्नको उत्तर दिन्छ। कुनै व्यक्तिको पहिचान उसको सम्मानसंग जोडिएको हुन्छ। जनसङ्ख्या धेरै होस् वा अन्पसङ्ख्यक होम् व्यक्तिलाई आफ्नो जातजाति, भाषाभाषी, लिङ्ग वर्ण सम्प्रदायको महत्त्व बोध हुन्छ। आफ्नो संस्कार तथा परम्पराहरू बिना बाधा व्यवधान अभ्यास गर्न पाउनु, आफ्ना वेशभूषा लगाउन पाउनु, आफ्नो भाषा बोल्न पाउनु, बाफ्नी मातृ‌भाषामा शिक्षा पाउनु हरेक व्यक्तिको सम्मानको विषय हो।

 

आफ्ना धार्मिक आस्थाहरूको अभ्यास गर्न पाउने, धार्मिक स्थल, गुठी सञ्यालन गर्न पाउने, चाडपर्व, संस्कार, परम्परा मनाउने अधिकार हरेक व्यक्तिलाई हुन्छ। कुनै पनि खालका विभेदहरूबाट मुक्त रहने अधिकार रहेको हुन्छ ।

१०.  "हाम्रा क्षेत्रीय, भाषिक, धार्मिक, लै‌ङ्गिक पहिचानको साथसाथै साझा राष्ट्रिय पहिचान अभी महत्वपूर्ण छ। यो भनाइलाई पुष्टि गर्नुहोस् । ("Our National identity is even more important than our regional, linguistic, religious, and gender identity." Express your opinion.)

 

हाम्रा विभिन्न व्यक्तिगत पहिचान छन्। जातीय, भाषिक, लैङ्गिक, क्षेत्रीय रूपमा विविध पहिचान भए पनि नेपाल राष्ट्रमा आवद्ध हरेक व्यक्तिको साझा पहिचान 'नेपाली' रहेको छ। एकल पहिचानले विविधतालाई प्रतिनिधित्व गर्छ भने राष्ट्रिय पहिचानले फरक फरक एकल पहिचान भएका व्यक्तिहरूलाई पनि एकताको मालामा जोडेको हुन्छ। हामी क्षेत्रीय रूपमा हिमाल, पहाड तराई प्रदेशवासी हुन सक्छौं। जातीय रूपमा ब्राह्मण, क्षेत्री, जनजाति, दलित हुन सक्छौं। नेपाली, नेपाल भाषा, मैथिली, अवधि, चारु आदि भाषा बोल्न सक्छौं । लैङ्गिक रूपमा महिला, पुरुष वा तेस्रो लि‌ङ्गी हुन सक्छौं। यी सबै चिनारीका साथसाथै सबैको साझा चिनारी 'नेपाली' रहेको छ ।

 

जब नेपालको भूगोलभन्दा पर जान्छौं तब हामी सबैको साझा पहिचान 'नेपाली' कायम रहन्छ। सबैले हामीलाई हाम्रो साझा पहिचानबाट चिन्ने गर्छन् ।

११.  वर्तमान युगमा विश्वव्यापीकरणले पहिचानका मुद्दालाई ओझेलमा पारेको, आफ्नो मौलिकतालाई हासोन्मुख बनाएको अवस्थामा हाम्रा पहिचान बचाइराख्ने उपायहरू समेटी दैनिक पत्रिकाका लागि लेख्ने लेखको अंश लेख्नुहोस् । (In light of our identity being supersheded due to globalization, write a part of news article prescribing ways to preserve our identity.)

 

विश्वव्यापीकरणका कारण विश्वभरिका भाषा, संस्कृति, परम्परा, साहित्य, सङ्गीतको प्रभाव हामीमा परेको हुन्छ । इन्टरनेट, सामाजिक सञ्जाल, पुस्तकमा अन्तर्राष्ट्रिय भाषाको प्रयोग भएको हुन्छ। भाषामार्फत संस्कृति र परम्पराले प्रभाव छोड्छ। यसले गर्दा पहिचान ओझेलमा पर्छ ।

 

पहिचानलाई कायम राख्नको लागि केही कुरामा ध्यान दिनुपर्छ। प्रचमतः आफ्नो पहिचानको महत्त्व महसुस गर्न सक्नुपर्छ । संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो जातीय, धार्मिक, राष्ट्रिय पहिचानको गौरव गर्न सक्नुपर्छ । त्यसैगरी आफूसँग सम्बन्धित संस्कार, परम्परा, चाडपर्व, गुठी आदिमा संलग्न रहनुपर्छ । अर्कोतर्फ अभिभावकले पनि आफ्ना छोराछोरीलाई आफ्नो मातृभाषा बोल्न, धार्मिक संस्कार परम्पराहरूलाई निरन्तरता दिन प्रेरित गर्नुपर्छ। त्यसैगरी रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा आफ्ना रैथाने वेशभूषा, गीत, नृत्य, साहित्यलाई प्राथमिकताका साथ स्थान दिनुपर्छ ।

१२.  परिवार‌लाई बनाउने आधारही थी भाइलाई नापनात पुष्टि गर्नुहोस्। ("Identity gives introduction." Express your opinion.)

 

पहिचानले व्यक्ति वा समूहको परिचय दिन्छ। यसले आफूलाई अरुभन्दा फरक वा समान भएको अनुभूति दिन्छ। उदाहरणका लागि नेहगिक यौनिक अल्पस‌ङ्ख्यक व्यक्तिलाई आमहिना पुरुयदुवैभन्दा फरक नएको बनान दिन्छ। यो उसको फरक परिचय हो। विश्वको नमुनामा नएपनि हरेक नेपाली आफू‌लाई नेपालीका रूपमा चिनाउन सक्छन् । मुद्रपश्चिमेली नवजमा बोल्ने मिस पवीले टिकटकमा आफ्नो भौगोलिक क्षेत्रमा बोलिने भाषाको चिनारी दिएकी छिन्। आफ्नो वेशभूषा, खानपान, चाडपर्व रीतिरिवाज बादिले हामीलाई हामी चिनारी दिना।

१३.  विविधतामा एकता (Prepare a short speech intitled "Unity is Diversity, Nepal's dignity")

 

षद्धेय सभाध्यक्ष ज्यू,

निर्णायक मण्डल

मान्यवर व्यक्तित्वहरू,

र विद्याधी साधीहरू,

 

विविधतामा एकता नेपालको पहिचान गीर्षकमा जायोजित वक्तृत्वकला प्रतियोगितामा म आज आफ्ना तर्कहरू राख्न गइरहेकी छु।

 

सानो भूगोलभित्र १४२ जातजाति, १२४ भाषानापी, १० धर्म, विभिन्न सस्कृति र वेशभूषा भएको साझा फूलबारी हो नेपाल। जातजाति, भाषाभाषी र धर्ममा भएको विविधताको कारण संस्कार, चाडपर्व, परम्परा, खानपान, वेशभूषा आदिमा पनि विविधता पाइन्छ। यद्यपि यस्तो उल्लेखनीय विविधतामा एकता कायम रहनु नेपालको पहिचान बन्न पुगेको छ। प्राचीनकालदेखि नै गैव धर्म मान्ने व्यक्तिहरूले वैष्णव र वैष्णव धर्म मान्ने व्यक्तिहरूले गैव धर्मावलम्बीको सम्मान गरेको धार्मिक सहिष्णुताको इतिहास रहेको छ । हिन्दू धर्ममा गौतम बुद्धलाई भगवान् विष्णुको नवौं अवतारको रूपमा मानिदै आए‌को छ। फरकफरक जातजातिका संस्कारहरूमा सरिक हुने प्रचलन बढेको छ। जातीय विभेद विरुद्ध सशक्त जावाज उठाउन थालिएको छ। सूचना तथा सञ्चार प्रविधिको विकासले नेपालका फरक फरक भेगका संस्कृति, लोकगीत, नृत्य, परम्पराको प्रभाव देशभरि पर्न थालेको छ। सुदूरपश्चिमको देउडाको प्रभाव सुदूरपूर्वमा र सुदूरपूर्वको पालम सुदुरपश्चिममा चर्चित हुन थालेको छ। नेपालको विविधता नेपालको राष्ट्रिय गौरव पनि हो। यसको सरक्षण गर्नु हामी सबैको दायित्व पनि हो। नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, धर्म, वर्ग, नैङ्गिकता भएका व्यक्तिहरूविचको समानता कायम गर्न र विभेद हटाउन धेरै राम्रा व्यवस्थाहरू गरेको छ । संविधानअनुसार ऐन कानुन पनि बनेका छन् । तिनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ । हामीले हरेक व्यक्तिको पहिचानको सम्मान गर्न सक्यौ भने अनेकतामा एकताको सच्चा मर्म कायम हुन्छ ।

१४.  नेपालको संविधानले विविधतामा एकतामा समेट्ने प्रयाससम्बन्धी के के व्यवस्था गरेको छ । (Analyze the constitutional provisions regarding unity in diversity in Nepal.)

नेपालको पछिल्लो राजनीतिक आन्दोलन त्रर्थात् जनआन्दोलन २०६२/०६३ ले परिकल्पना गरेका परिवर्तनलाई संस्वागत गर्ने संविधान नेपालको संविधान हो। विविधतामा एकताको मर्मलाई आत्मसात् गर्न यो सविधानमा गरिएका व्यवस्थाहरू निम्नानुसार छन्ः

 

*     नेपाल राज्यलाई धर्मनिरपेक्ष, समावेशी, गणतान्त्रात्मक राज्यको रूपमा परिभाषित गरिएको छ ।

*     नेपालमा बोलिने सबै भाषालाई राष्ट्र‌भाषाको मान्यता दिइएको छ। प्रदेशमा वहुसङ्ख्यक जनताले बोल्ने भाषालाई प्रदेशले सरकारी कामकाजको भाषाको रूपमा तोक्न सक्ने व्यवस्था छ ।

*     सबै नागरिक कानुनको दृष्टिमा समान हुने समानताको हकको व्यवस्था छ तर सामाजिक तथा सांस्कृक्तिक दृष्टिले पछि परेको वर्ग र समुदायका लागि राज्यले विशेष व्यवस्था गरेको छ।

*     छुवाछुत र कुनै पनि खालका विभेदलाई दण्डनीय बनाइएको छ।

*     प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हकको व्यवस्था छ।

*     राजनीति, प्रशासन, शिक्षा, सेना, प्रहरी जस्ता राज्यका महत्त्वपूर्ण संरचनामा समानुपातिक समावेशीकरणको व्यवस्था गरिएको छ।

१५.  विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस् । समीक्षा गर्नुहोस् । (Write the importance of unity in diversity. Analyze.)

विविधतामा एकताको महत्त्व निम्नानुसार उल्लेख गर्न सकिन्छ

 

*     विविधतामा एकताले सभ्य समाजको निर्माण गर्छ।

*     फरक फरक क्षमता र दक्षताको उपयोग गर्ने वातावरण निर्माण गर्छ ।

*     यसले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ ।

*     यसले देशको सामाजिक आर्थिक विकासमा मद्दत गर्छ ।

*     शान्तिपूर्ण सहअस्तित्वको भावना विकास गर्छ ।

१६.  नेपालको विविधता र एकता विश्वकै नमुना मानिन्छ । नेपालमा यसको वर्तमान अभ्यास र बप सुधार गर्नुपर्ने पक्षलाई तालिकामा पूरा गर्नुहोस् । (Nepal's diversity and unity is considered exemplary in the word. Write its present status and prescribe some ways to strengthen it.)

 

विविधतामा एकताका लागि नेपालमा भइरहेका अभ्यास र त्यसमा सुधार गर्नुपर्ने पक्ष निम्नानुसार प्रस्तुत गरिएको छ :

 

प्रयासहरू

 

*     नेपालमा बोलिने हरेक मातृ‌भाषालाई राष्ट्र‌भाषाको मान्यता दिइएको छ ।

*     कुनै पनि खालका विभेदलाई दण्डनीय बनाइएको छ।

*     तेस्रो लि‌ङ्गी (एलजिविटिआइक्यू) से 'अन्य' उल्लेख गरेर नागरिकता पाउने व्यवस्था छ।

*     नेपाललाई धर्म निरपेक्ष मुलुकको रूपमा घोषणा गरिएको छ ।

 

सुधार गर्नुपर्ने पक्ष

 

*     हाम्रा कतिपय भाषाहरू लोप हुने अवस्थामा छन् । तिनको संरक्षण गर्न राज्यले पहल गर्नुपर्छ ।

*     अझै पनि व्यवहारमा जातीय विभेद कायम छ । विभेद गर्नेलाई कडा कारबाही गर्नुपर्छ ।

*     समलिङ्गी विवाहलाई सामाजिक रूपमा स्वीकार्नुपर्छ ।

*     अर्को धर्मको विरुद्ध कुप्रचार गर्ने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कडा कारबाही गर्नुपर्छ ।

१७.  नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता अभिशाप नभई अवसर हो, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् । ("Nepal's ethnic, lingual and cultural diversity is not a curse but a boon". Explain it with example.)

 

नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता अभिसाप नभई अवसर हो। यो भनाइलाई निम्न तर्कले पुष्टि गर्न सकिन्छः

*     फरकफरक जातजाति, धर्म, वर्ण, सम्प्रदायका मानिसहरूका फरक फरक क्षमता, दक्षता, सिप हुन सक्छन् । यी विविध पक्षलाई राष्ट्र निर्माणको लागि प्रयोग गर्न सकिन्छ ।

*     हरेक समुदायका वषौदेखिका अभ्यास, परम्प्रा र संस्कृतिहरू छन् । यिनले हाम्रो संस्कृक्तिलालई समृद्ध बनाएका छन् ।

*     नेपालको जातीय, भाषिक, सांस्कृतिक विविधता सहिष्णुताको जगमा उभिएको छ । यसले सम्भ समाज निर्माण गर्न मद्दत गर्छ ।