पाठ १ सामाजिकीकरण (Socialization)
सामाजिकीकरणको अर्थ (Meaning of
socialization)
समाजका हरेक सदस्यलाई समाजका नीति, नियम, मूल्यमान्यता, संस्कार र परम्परा
सिकाउने प्रक्रिया सामाजिकीकरण हो ।
सामाजिकीकरणका प्रमुख विशेषता (Salient
features of socialization)
निरन्तर प्रक्रिया
समाजअनुसार फरक
हस्तान्तरण हुने
मानवीय व्यवहारको
नियन्त्रण
आधारभूत अनुशासन कायम
सामाजिकीकरणको महत्त्व (Importance of
socialization)
सभ्य समाजको निर्माण
गर्छ ।
व्यक्तिलाई सामाजिक
भूमिकाका लागि तयार गर्छ ।
सामाजिक मूल्यमान्यता
कायम गर्न मद्दत गर्छ ।
सामाजिक सिपको विकास
गर्छ ।
व्यक्तित्व विकासमा
मद्दत गर्छ ।
सामाजिकीकरणका माध्यम / निकाय (Agents
of socialization)
अर्थः हामीलाई सामाजिकीकरण गराउन भूमिका खेल्ने सङ्घसंस्था वा
अन्य माध्यमहरू सामाजिकीकरणका माध्यम हुन् ।
प्रकार
प्राथमिक माध्यमः परिवार, छिमेकी, दौतरी समूह, नातेदार
द्वितीय माध्यमः शैक्षिक संस्था, सामाजिक सङ्घसंस्था, राजनीतिक सङ्घसंस्था, धार्मिक सङ्घसंस्था
सामाजिकीकरणका तत्त्व (Elements of
socialization)
भाषा
सामाजिक अन्तक्रिया
मूल्य शिक्षा
प्रेम र स्नेह
सहयोग
सामाजिक वातावरण
गैरशाब्दिक सञ्चार
सामाजिकीकरणमा बाधा पुऱ्याउने तत्त्वहरू (Barriers
to socialization)
भाषा र सामाजिक
सांस्कृतिक परिवेशको ज्ञानको अभाव
विभेद
द्वन्द्व
प्रविधिमा बढी समय
बिताउँदा मानवमूल्य छायामा पर्नु
डर
अधिक व्यस्तता
अति छोटो उत्तर आउने प्रश्नहरु
१. सामाजिकीकरण
भनेको के हो ? (What is socialization?)
समाजका हरेक सदस्यलाई समाजका नीति, नियम, मूल्यमान्यता, संस्कार र परम्परा
सिकाउने प्रक्रिया सामाजिकीकरण हो।
२. जैविक व्यक्तिलाई
सामाजिक व्यक्तिमा रुपान्तरण गर्ने प्रक्रियालाई के भनिन्छ ? (What
is the process that transforms biological person into social person?)
जैविक व्यक्तिलाई सामाजिक व्यक्तिमा रुपान्तरण गर्ने
प्रक्रियालाई सामाजिकीकरण भनिन्छ ।
३. सामाजिकीकरणलाई किन
निरन्तर प्रक्रिया भनिएको हो ? (Why is socialization called a continuous process?)
सामाजिकीकरण निरन्तर प्रक्रिया हो किनभने यो निरन्तर
रूपमा चलिरहन्छ र कहिल्यै अन्त्य हुँदैन ।
४. सामाजिक
मूल्यमान्यताको हस्तान्तरण भनेको के हो ? (What is meant by the transfer of
social values?)
पुरानो पुस्ताले सामाजिक नीति नियम, परम्परा, अनुशासन नयाँ
पुस्तालाई प्रदान गर्दै जाने प्रक्रियालाई सामाजिक मूल्यमान्यताको हस्तान्तरण
भनिन्छ ।
५. तपाईको समाजबाट
तपाईले सिकेका कुनै दुई सामाजिक व्यवहारहरु उल्लेख गर्नुहोस् । (Wrtie any two social
behaviours that you learnt from your society?)
समाजबाट मैले सिकेका दुई सामाजिक व्यवहार निम्न छन् :
आफूभन्दा ठुलालाई आदर
सत्कार गर्ने ।
सार्वजनिक स्थानमा
पालो पर्खने। ज्येष्ठ नागरिक, अशक्त, बालबालिकालाई पहिलो प्राथमिकता दिने ।
६. सामाजिकीकरणको
माध्यमलाई एक वाक्यमा परिभाषित गर्नुहोस् । (Define agents of socialization in a
sentence.)
हामीलाई सामाजिकीकरण गराउन भूमिका खेल्ने परिवार, दौतरी समूह, सामाजिक सङ्घसंस्था
आदिलाई सामाजिकीकरणका माध्यम भनिन्छ ।
७. दौतरी समूहबाट तपाईले
सिकेका कुनै दुई सामाजिक व्यवहारहरू उल्लेख गर्नुहोस् । (Write any two social
behaviours you learnt from your peer group.)
दौतरी समूहबाट मैले
सिकेका दुई सामाजिक व्यवहारहरू निम्न छन्:
गुरुहरूलाई आदर र
सत्कार गर्ने ।
सामाजिक कार्यमा
संलग्न हुने ।
८. सामाजिकीकरण भएको
व्यक्तिको व्यवहारमा कस्तो परिवर्तन हुन्छ ? (What change is
evident in a socialized person?)
सामाजिकीकरण भएको व्यक्ति अरु व्यक्तिसंग व्यबहार गर्दा
अनुशासित र नम्र भएर व्यवहार गर्छ।
९. सामाजिकीकरणका कुनै
दुई प्राथमिक माध्यम उल्लेख गर्नुहोस् । (Mention any two primary agents of
socialization.)
परिवार र छिमेकी सामाजिकीकरणका प्राथमिक माध्यम हुन् ।
१०. सामाजिकीकरणका कुनै
दुई द्वितीय माध्यम उल्लेख गर्नुहोस् । (Mention any two secondary agents of socialization.)
विद्यालय र गुठी सामाजिकीकरणका द्वितीय माध्यम हुन् ।
११. गैरशाब्दिक सञ्चारका
दुई उदाहरण लेख्नुहोस् । (Write any two examples of non-verbal communication.)
नबोलिकन गरिने सञ्चारलाई गैरशाब्दिक सञ्चार भनिन्छ ।
शरीरको हाउभाउ र आँखाको इसारा गैरशाब्दिक सञ्चारका दुई उदाहरण हुन् ।
१२. सामाजिकीकरणका कुनै
दुई तत्त्वको नाम लेख्नुहोस् । (Write any two elements of socialization.)
सामाजिकीकरणका दुई तत्त्वहरू भाषा र मूल्य शिक्षा हुन् ।
१३. भाषालाई किन
सामाजिकीकरणको सबैभन्दा महत्वपूर्ण तत्व मानिन्छ ? (Why is language considered the most
important element of socialization?)
भाषामार्फत नै मूल्य, संस्कृति, व्यवहारहरू हस्तान्तरण हुने भएको कारण
भाषालाई सामाजिकीकरणको सबैभन्दा महत्त्वपूर्ण तत्त्व मानिन्छ।
१४. कुनै दुई बुँदामा
सामाजिकीकरणको महत्व उल्लेख गर्नुहोस् । (Mention the importance of
socialization in any two points.)
सामाजिकीकरणको महत्त्व निम्न दुई
बुँदामा उल्लेख गर्न सकिन्छ
सामाजिकीकरणले सभ्य
समाज निर्माण गर्न मद्दत गर्छ।
यसले व्यक्तिलाई
सामाजिक भूमिकाका लागि तयार गर्छ।
१५. सामाजिकीकरणमा बाधा
पुयाउने कुनै दुई तत्त्वको नाम नेग्नुहोस् । (Write names of any two factors that
hinder in socialization.)
सामाजिकीकरणमा बाधा पुऱ्याउने दुई तत्त्वहरू निम्न छन्ः
(क) विभेद (ख) भाषाको ज्ञानको अभाव
फोटो उत्तर आउने प्रश्नहरु
१. जैविक
मानवलाई सामाजिक मानवमा रूपान्तरण गर्न सामाजिकीकरणले कसरी भूमिका निर्वाह गर्छ ? (How does socialization helps in the transformation of
biological person into social person?)
समाजका हरेक सदस्यलाई समाजका नीति, नियम, मूल्यमान्यता, संस्कार र परम्परा
सिकाउने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ । सामाजिकीकरणले जैविक मानवलाई सामाजिक
मानवमा रूपान्तरण गर्छ। यो भनाइलाई निम्न तर्कको माध्यमबाट पुष्टि गरिएको छ :
१. सामाजिकीकरणले सभ्य
समाजको निर्माण गर्छ ।
२. यसले व्यक्तिलाई
सामाजिक भूमिकाका लागि तयार गर्छ।
३. यसले सामाजिक
मूल्यमान्यता कायम गर्न मद्दत गर्छ ।
४. यसले सामाजिक सिपको
विकास गर्छ ।
५. यसले व्यक्तित्व
विकासमा मद्दत गर्छ ।
२. सामाजिकीकरणका
प्रमुख विशेषताको सूची बनाउनुहोस् । (Enlist the salient
features of socialization.)
सामाजिकीकरणका प्रमुख विशेषता निम्न छन् :
१. सामाजिकीकरण निरन्तर
प्रक्रिया हो
२. यो समाजअनुसार फरक
हुन्छ ।
३. यो एक पुस्ताबाट
अर्को पुस्तामा हस्तान्तरण हुन्छ ।
४. यसले मानवीय
व्यवहारको नियन्त्रण गर्छ ।
५. यसले आधारभूत अनुशासन
कायम गर्छ।
३. तपाईको समुदायमा
सामाजिकीकरण गराउन के कस्ता तत्त्वले भूमिका खेलेका छन् ? सूची बनाउनुहोस् ।(Which elements are
active in socialization in your society?)
मेरो समुदायमा सामाजिकीकरण गराउन भूमिका खेल्ने तत्त्वहरू निम्न छन्ः
१. भाषा
२. मूल्य शिक्षा
३. ३ सामाजिक अन्तकिंया
४. सहयोग
५. प्रेम र स्नेह
६. गैरशाब्दिक सञ्चार
७. सामाजिक वातावरण
४. सामाजिकीकरणका
तत्त्वहरुमध्ये तपाईलाई सबैभन्दा बढी महत्त्वपूर्ण कुन लाग्छ? कारण
नेख्नुहोस् । (Among the elements of socialization, which one is the most
dominant? Give your arguments.)
सामाजिकीकरणका तत्त्वहरूमध्ये मलाई सबैभन्दा बढी महत्त्वपूर्ण भाषा लाग्छ।
यसका कारण निम्न छन् :
1)
सामाजिक मूल्यमान्यता, परम्परा, सामाजिक नीति नियम भाषाको माध्यमबाटै
एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ ।
2)
भाषाले व्यक्तिलाई समाजसँग जोड्छ ।
3)
भापाले भाव व्यक्त गर्छ।
4)
भाषाको अभावमा सञ्चार हुन सक्दैन ।
५. सामाजिकीकरणका
माध्यम निकायहरुको सूची बनाई कुनै एकको बारेमा विवेचना गर्नुहोस् । (Enlist
the agents of socialization. Analyze the role of any one of them in brief.)
सामाजिकीकरणका माध्यम निकायहरूको सूची यसप्रकार छ-
प्राथमिक माध्यमः परिवार, छिमेकी, दौतरी समूह, नातेदार
द्वितीय माध्यमः शैक्षिक संस्था, सामाजिक सङ्घसंस्था, राजनीतिक सङ्घसंस्था, धार्मिक सङ्घसंस्था
परिवारः सर्वप्रथम बालबालिकाको परिचय परिवारका सदस्य र साथीहरूसँग
हुन्छ। उनीहरू आफूभन्दा ठुलाको व्यवहारको अनुकरण गर्न सिक्छन्। उदाहरणको लागिः
सानो बालकले 'नमस्ते', 'ढोग' वा 'प्रणाम' गर्न आफ्ना दाजु, दिवी, बाबाआमा, काकाकाकी आदिबाट नक्कल गरेर वा हेरेर सिक्छन्। परिवारले व्यक्तिलाई सामाजिक
नीति नियम, अनुशासन, संस्कार, परम्परा सिकाउँछन्। बालकले परिवारमा अरुसँग घुलमिल हुन र अनुशासन पालना गर्न
सिक्छ। यी व्यवहारहरू समाजमा रहँदा, व्यवहार गर्दा काम लाग्छन् ।
६. तपाईले
आफ्नो परिवारबाट सिकेका कुनै बार सामाजिक मूल्यमान्यताको पहिचान गरी सूची
बनाउनुहोस् । (Enlist four social values and norms that you have learnt
from your family.)
मैले आफ्नो परिवारबाट सिकेका चार सामाजिक मूल्यमान्यता
निम्न छन्
1)
आफूभन्दा ठुलालाई आदर सत्कार गर्ने ।
2)
सार्वजनिक स्थानमा पालो पर्खने। ज्येष्ठ नागरिक, अशक्त तथा
बालबालिकालाई पहिलो प्राथमिकता दिने ।
3)
गुरुहरूलाई आदर र सत्कार गर्ने ।
4)
सामाजिक कार्यमा संलग्न हुने ।
७. हाम्रा
सामाजिक मूल्यमान्यताको संरक्षण र संवर्धन गर्न के कस्ता कार्यहरू गर्नुपर्ला ? सिफारिस
गर्नुहोस् ।(Prescribe some ways to preserve and promote our
social values and norms.)
हाम्रा सामाजिक मूल्यमान्यताको संरक्षण र संबर्धन गर्न निम्न कार्य
गर्नुपर्छ
1.
आफ्ना परम्परा, मूल्यमान्यतालाई निरन्तरता दिने ।
2.
प्रथा परम्पराभित्र रहेका खराब प्रवृक्तिलाई हटाउँदै
जाने। आवश्यकताअनुसार सुधार गर्दै जाने ।
3.
स्थानीय, प्रदेश र सङ्घीय सरकारले संस्कृति संरक्षण र संवर्धन
गर्ने नीति अनुसरण गर्ने ।
4.
आफ्ना मूल्यमान्यता र परम्पराका सकारात्मक पक्षलाई जीवनमा
अनुसरण गर्ने ।
८. विद्यालयलाई
किन सामाजिकीकरणको द्वितीय माध्यमको रूपमा लिइन्छ ? (Why
is school taken as the secondary agent of socialization?)
विद्यालयलाई सामाजिकीकरणको द्वितीय माध्यम मानिन्छ। यसका कारण निम्न छन्ः
बालबालिका
विद्यालयसँग भन्दा पहिला परिवार, नातेदार, छिमेकी, दौतरी समूहबाट थुप्रै सामाजिक मूल्यमान्यता सिकेका
हुन्छन् ।
विद्यालयमा औपचारिक
पाठ्यक्रम र पाठ्यपुस्तकमार्फत सामाजिकीकरणका विषयवस्तु अध्ययन अध्यापन गरिन्छ ।
विद्यालयमा शिक्षक, सहपाठी, कर्मचारी जादि मार्फत
अनौपचारिक तरिकाबाट पनि सामाजिकीकरण हुन्छ ।
विद्यालयमा गरिने
अतिरिक्त क्रियाकलाप, समूह कार्य, क्षेत्र भ्रमण आदिमा सामाजिक अन्तर्किया, पुनमित, इन्द्र व्यवस्थापन, सम्झौता जस्ता सिपको
विकास हुन्छ ।
९. प्रेम
र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ, पष्ट पार्नुहोस् । (Elucidate
how love and affection affect in socialization?)
सामाजिकीकरणमा प्रेम र स्नेहको भूमिकालाई निम्न बुँदामा प्रष्ट पार्न
सकिमद्रः
प्रेम र स्नेहले
समानुभूति सिपको विकास गर्छ जसले गर्दा व्यक्ति स्वाधी र एकलकाट बन्न सक्दैन ।
प्रेम र स्नेहले
सहयोग, समन्वय, आत्मीयता बढाउन मद्दत गर्छ।
प्रेममय वातावरणमा
व्यक्तिले आफ्ना विचार, भावना, मूल्यमान्यता अभिव्यक्त गर्न सक्छन् ।
प्रेम र स्नेहले
सामाजिक मेलमिलाप कायम गर्छ। इन्द्र न्यूनीकरण गर्छ।
१०. सामाजिकीकरण
प्रक्रियामा भाषाको भूमिकाको विवेचना गर्नुहोस् । (Analyze the role of
language in socialization.)
सामाजिकीकरण प्रक्रियामा भाषाको भूमिकालाई निम्नानुसार विवेचना गर्न सकिन्छ
भाषाविना प्रभावकारी
सञ्चार सम्भव हुँदैन। भाषाको माध्यमबाटै संस्कार, परम्परा, मूल्यमान्यता आदानप्रदान हुन्छ ।
सामाजिकीकरणमा
प्राथमिक माध्यम परिवार, दौतरी समूह, नातेदारबाट मौखिक रूपमा विचार आदान प्रदान हुन्छ ।
भाषाको माध्यमबाटै
पाठ्यपुस्तक, पत्रपत्रिका, टेलिभिजन, सामाजिक सञ्जालमार्फत सामाजिकीकरण हुन्छ । भाषाले भाव बोकेको हुन्छ। दया, माया, करुणा, सहयोग र समानुभूतिको
लागि भाषाको आवश्यक पर्छ ।
११. तपाई र
तपाईकी मिल्ने साथीसँग सामाजिकीकरणका कुन कुन सिप छन् ? तुलना
गर्नुहोस् । (Compare the socialization skills inherent in you and your
friend.)
म र मेरो मिल्ने साथीसँग भएका सामाजिकीकरणका सिपहसा निम्न छन्ः
मसँग रहेका सामाजिकीकरणका सिपहरू
सबैसँग मेलमिलाप
गर्ने।
अरुलाई आदर र सत्कार
गर्ने ।
सामाजिक नियमको पालना
गर्ने।
अरुलाई परेको बेला
सहयोग गर्ने ।
मेरो साथीसँग रहेका सामाजिकीकरणका सिपहरू
अरुसंग सजिलै घुलमिल
हुने ।।
आफ्ना भावना खुलस्त
बताउने ।
अरुका विचारको सम्मान
गर्ने ।
अरुलाई पिरमर्का
पर्दा आफैलाई परेजस्तै महसुस गर्ने ।

0 Comments