पाठ ३ हाम्रा राष्ट्रिय गौरव (Our National Glories) (मुल पुस्तकमा पाठ ४)
राष्ट्रिय गौरवको अर्थ (Meaning of national
glory)
कुनै पनि राष्ट्रलाई विश्वसामु चिनाउने प्राकृतिक संस्कृतिक सम्पदा, गौरवमय इतिहास प्रभाशाली
बेक्तित्वआदिलाई राष्ट्रिय गौरव भनिन्छ ।
बहुसांस्कृतिकता (Multiculturalism)
एउटै भूगोलभित्र फरक फरक संस्कृति रहेको अवस्थालाई बहुसांस्कृतिकता भनिन्छ।
राष्ट्रिय झन्डा (National flag)
राष्ट्रिय झण्डाले देशको राष्ट्रिय पहिचान बोकेको हुन्छ। यसले विश्वमा एउय
देशको परिचय दिन्छ ।
राष्ट्रिय गान (National anthem)
राष्ट्रिय गान एक देशभक्तिपूर्ण साङ्गीतिक रचना हो जसले इतिहास, परम्परा र मध्यर्षको
प्रतिनिधित्व गर्छ। यो राष्ट्रको आधिकारिक गीत हो।
पशुपतिनाथ मन्दिर (Pashupatinath temple)
प्रमुख हिन्दु
धार्मिक तीर्थस्थल
प्यागोडा शैली
शिवरात्री, सोमबार, तीजमा तीर्थालुको
बड़ी भ्रमण
जानकी मन्दिर (Janaki temple)
नौलखा मन्दिर भनेर
पनि चिनिने
नेपालको सबैभन्दा
ठूलो मन्दिर मुगल शैलीमा बनाइएको
'हिन्दु-राजपूत' नेपाली वास्तुकलाको
उदाहरण
भारतको टिकमगढकी रानी
वृषभानुदेवीले सन् १९१० मा निर्माण
नेपाल सरकारले
विश्वसम्पदा सूचीमा सूचीकरण गर्नका लागि सिफारिस गरेको सम्पदा
सगरमाथा (Mt. Everest)
२७ डिग्री ५९ मिनट र
३१ सेकेन्ड पूर्वी देशान्तरमा अवस्थित
उचाइ समुद्र सतहबाट
८८४८.८६ मिटर
संसारको सर्वोच्च
शिखर
पर्वतारोहण रोयल्टी
विदेशी मुद्रा आर्जनको एउटा महत्वपूर्ण स्रोत
छोटो उत्तर आउने प्रश्नहरु
१. हाम्रो
लागि राष्ट्रिय गौरवको महत्वलाई उजागर गर्नुहोस् । (Shed
light on the importance of our national glories.)
कुनै पनि राष्ट्रलाई विश्वसामु विनाउने
प्राक्तिक/ सांस्कृतिक सम्पदा, गौरवमय इतिहाग, प्रभावशाली व्यक्तित्व आदिलाई राष्ट्रिय
गौरव भनिन्छ। राष्ट्रिय गौरवको महत्त्वलाई निम्नान्मार उल्लेख गर्न सकिन्न।
राष्ट्रिय गौरवले
देशको महिमालाई विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।
विनले पर्यटन
प्रवर्धनमार्फत विदेशी मुद्रा भित्र्याउन मद्दत गर्छन् ।
यिनले देशवासीलाई
गर्वको अनुभूत गर्ने बातावरण निर्माण गर्छन् ।
यस्ता गौरवले हाम्रो
कला, भाषा, संस्कृक्ति, प्रक्ति, प्रवृक्ति आदि प्रस्तुत गर्छन् ।
२. नेपालको
राष्ट्रिय गौरवहरू सूचीबद्ध गर्नुहोस् । (Enlist some things that
glorify Nepal in the world.)
नेपालको राष्ट्रिय गौरवहरू निम्न छन् :
बहुसांस्कृक्तिकता
राष्ट्रिय झण्डा
राष्ट्रिय गान
पशुपतिनाथ मन्दिर
जानकी मन्दिर
सगरमाथा
लुम्बिनी आदि ।
३. जानकी
मन्दिरने नेपालको महिमा कसरी उजागर गर्छ। (How
does Janaki Temple glorify Nepal?)
जानकी मन्दिरने
नेपालको महिमा निम्न तरिकाले उजागर गर्छ
जानकी मन्दिर नेपालको
सबैभन्दा ठूनी मन्दिर हो। यो सुगन शैनीमा बनाइएको छ।
यो हिन्दु-राजपुत' नेपाली बास्तुकलाको
उदाहरण पनि हो।
मन्दिरको पूर्वी
बोकामाथि दुईओटा सिंहका मूर्ति छन्। यी इतका मूर्तिहरू नेपाली परम्परागत कलाका
उदाहरण हुन् ।
मन्दिर र दक्षिण
पश्चिममा मस्जिद छ। मन्दिर परिसरभित्र मस्जिदको उपस्थितिले परापूर्वकालदेखि नै
नेपालमा धार्मिक सहिष्णुता रहेको प्रमाणित गर्दछ।
मंसिरमा विवाह
पञ्चमीको दिन भारतको अयोध्यावाट बेहुली लिन बाउने चलन छ। यसले नेपाल-भारत
सम्बन्धत्लाई बलियो बनाएको छ।
यो मन्दिरलाई नेपाल
सरकारले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोलाई सिफारिस गरेको छ।
४. नेपालीको
बीरता नेपाललाई विश्वसामु चिनाउने प्रमुख पक्ष हो। यो भनाइलाई पुष्टि गर्नुहोस्। (The
values of Nepalese adds to Nepal's dignify in the world." Justify.)
विश्वमा नेपालीलाई बीर साहसीको रूपमा
चिनिन्छ। नेपाल अङ्ग्रेज युद्धमा विशाल फौज र माधुनिक हतियारले सुसज्जित
अङ्ग्रेजी फौजको विरूद्ध सानो सङ्ख्यामा घरेलु हतियार बोकेका नेपालीहरूले डटेर
नहेका थिए। प्रथम र दोस्रो विश्वयुद्धमा बेत्तायतको तर्फबाट लडेका नेपाली बीरहरूले
एकदमै कठिन युद्ध मोर्चामा आफ्नो अदम्य साहस प्रदर्शन गरेका थिए। उच्च इमानदारी, दक्षता र बहादुरी
प्रदर्शन गरेका थिए । विश्व अग्ला पर्वतहरू जस्तैः सगरमाथा आरोहण गर्ने टोलीलाई
साहसपूर्ण सफन बनाउने नेपालीहरू नै रहने गरेका छन् । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको
शान्ति सैनिक मिसनमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपान प्रहरीले
सफलतापूर्वक आफ्नो जिम्मेवारी प्रदर्शन गरेका छन् ।
५. हाम्रो
राष्ट्रिय झण्डाको सम्मान' सीर्षकमा छोटो टिप्पणी लेख्नुहोस् । (Write
a brief note on The respect to our national flag".)
राष्ट्रिय झण्डा हाम्रो राष्ट्रिय गौरव
हो। यो औपचारिक कार्यक्रम, सरकारी कार्यालय र अति विशिष्ट व्यक्तिहरूको सवारी साधनमा प्रयोग गरिन्छ।
राष्ट्रिय झण्डाले सबै नेपालीलाई प्रतीकात्मक रूपमा जोडेको छ। हाम्रो राष्ट्रिय
झण्डा दुई त्रिकोण मिलेर बनेको छ। आधारमा रातो छ, किनारा निलो छ। तल रहेको सूर्य र
माथिल्लो भागमा रहेको चन्द्रमाले यी दुई रहेसम्म नेपालीहरू सार्वभौम र वीर छन्
भन्ने सङ्केत गर्दछ। रातो रङ नेपालीहरूको विश्व प्रसिद्ध वीरताको प्रतीक हो।
त्यसैगरी निलो रङले शान्तिप्रिय र अहिंसावादी नेपालीको प्रतिनिधित्व गर्छ ।
राष्ट्रिय झण्डाको सम्मान गर्नु हामी
सबैको कर्तव्य हो। झण्डालाई उचो राखेर प्रयोग गर्नुपर्छ। राष्ट्रिय वित्तिमा बाहेक
झण्डा झुकाउनुहुँदैन। भावनामा बहकिएर शरीरमा जथाभावी झण्डा बोकेर हिंड्नुहुँदैन।
औपचारिक कार्यक्रमको प्रक्तिअनुसार तोकेको आकारको झण्डा प्रयोग गर्नुपर्छ ।
राष्ट्रिय झण्डामा चन्द्र र सूर्य
उत्त्टो राख्न, राष्ट्रिय झण्डालाई च्यात्न, जलाउन, फ्यांक्न, कुनै सामान पोको पार्न पाइदैन ।
व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डा प्रयोग गर्दा कम्मर माथि मात्रै प्रयोग
गर्नुपर्छ ।
६. सगरमाथाको
आर्थिक महत्व के छ ? (What is the economic importance of Mt. Everest?)
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण
गर्न विश्वका धेरै देशका आरोहीहरू नेपाल आउँछन् । त्यसैगरी ठूलो सङ्ख्यामा
नेपालीहरू पनि सगरमाथा आरोहण गर्न आउँछन् । सगरमाथा आरोहण गरेवापत हरेक नेपाली
आरोहीले रु. १५ हजार देखि ७५ हजारसम्म र विदेशी नागरिकले दुई लाख पचास हजार देखि
११ लाख रुपियाँसम्म शुल्क तिर्नुपर्छ। यसबाट देशले औसतमा वर्षको रु ३० करोडसम्म
आम्दानी गर्छ। सन् २०२२ मा तः सगरमाथा आरोहणबाट मात्रै ६६ करोड ६४ लाख राजस्व
उठेको थियो ।
विश्वका अग्ला हिमालहरूको उपस्थितिको
कारण नेपालमा पर्वतारोहणको उच्च सम्भावना रहेको छ। सगरमाथालगायत २८ ओटा हिमाल
बारोहण गर्ने अनुमति सरकारने प्रदान गरेको छ। हरेक वर्ष हिमाल आरोहण गर्न आउने
पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ।
७. पशुपतिनाथ
मन्दिर र लुम्बिनीले नेपाललाई विश्वमा महिमा विन कसरी योगदान पुन्याइरहेका छन् भनी
जवां गर्नुहोस् । (How do Pashupatinath Temple and Lumbini enhance Nepal's
dignity in the world?)
विश्वमा नेपालको महिमा स्थापित गर्न
पशुपतिनाथ मन्दिरको महत्त्वपूर्ण भूमिका रहेको छ। सन् १९७९ मा विश्वसम्पदा सूचीमा
परेको यो सम्पदा विश्वकै हिन्दूहरूको आस्थाको केन्द्र हो।
यो मन्दिर निर्माण गरिएको प्यागोडा शैली
नेपाली शैलीको रूपमा विश्व प्रसिद्ध छ । त्यसैगरी विश्वका बौद्धमागीहरूको
महत्त्वपूर्ण तीर्थस्थल लुम्बिनी सन् १९९७ मा विश्वसम्पदा सूचीमा समावेश सांस्कृतिक
सम्पदा हो । बौद्ध धर्म तथा संस्कृक्तिको अध्ययन गर्न चाहने विदेशीहरूका लागि
लुम्बिनी प्रमुख गन्तव्य बन्न पुगेको
८. नेपालको
सांस्कृतिक विविधताले कसरी राष्ट्रिय पहिचान बनाएको छ ? (How does Nepal's cultural diversity serve as Nepal's
identity?)
नेपालको सांस्कृतिक विविधताले निम्न तरिकाले राष्ट्रिय
पहिचान बनाएको छ
नेपालको सानो भौगोलिक
क्षेत्रभित्र १४२ भन्दा बढी जातजाति १२४ भन्दा बढी भाषाभाषी र १० भन्दा बढी धार्मिक समुदाय
रहेका छन् ।
सानो क्षेत्रफलभित्र
विश्वमा बोलिने भारोपेली, भोटबर्मेली, आष्ट्रोएसियालीलगायतका भाषा परिवारका
भाषाहरू बोलिन्छ ।
सदियौदेखि नेपालीहरू विविधतामा एकता कायम गरेर एकताको सूत्रमा वाँधिएका छन् ।
मौलिक लोकगीत, नृत्य, बाजा, संस्कृक्ति, परम्परा, वेशभूषा, रहनसहन तथा परम्पराले
हाम्रो पहिचान कायम गरेका छन् ।
९. हाम्रा
राष्ट्रिय गौरवको महत्त्व अझ बढाउन र विश्वसामु चिनाउन के कस्ता उपायहरू
अपनाउनुपर्ला ? उल्लेख गर्नुहोस् । (What
should be done to enhance the importance of our national glory?)
हाम्रो राष्ट्रिय गौरवको महत्त्व अझ बढाउन र विश्वसामु
चिनाउन निम्न उपाय अपनाउनु उपयुक्त हुन्छ
राष्ट्रिय गौरवका
विषयहरूको विकास गर्न योजना निर्माण गर्ने ।
सूचना तथा सञ्चारका
माध्यमबाट प्रचारप्रसार गर्ने ।
विनको वारेमा नयाँ
पुस्तालाई सुसूचित गर्ने ।
यिनको संरक्षणमा जोड
दिने ।
१०. हाम्रा
राष्ट्रिय गौरव बढाउने सम्पदाबाट देशलाई कस्तो फाइदा हुन्छ ? (How can the country be benefited from our national glory?)
राष्ट्रिय गौरव
बढाउने सम्पदाबाट देशलाई निम्न फाइदा हुन्छ
हाम्रो राष्ट्रलाई
अन्तर्राष्ट्रिय रूपमा पहिचान गराउँछन् ।
विशेष
प्रचारप्रसारमार्फत पर्यटन प्रवर्धन हुन्छ ।
देशले आयआर्जनको
माध्यमका रूपमा विकास गर्न सक्छ ।
यी सम्पदा हाम्रा
प्राकृतिक धार्मिक सांस्कृतिक धरोहर हुन्। यी हाम्रा अमूल्य सम्पत्ति हुन् ।
११. ‘नेपाल
एक बहुसांस्कृतिक राष्ट्र हो’ । यस भनाइलाई पुष्टि गर्नुहोस् । ("Nepal
is a multicultural country." Elucidate.)
सानो भूगोलभित्र विविध संस्कृति अटाएकी
राष्ट्र हो नेपाल। यहांका १४२ जातजाति, १२४ भाषाभाषी र १० ओटा वार्मिक समुदायका
साथसाथै भौगोलिक विविधताअनुसार पनि संस्कृतिमा फरकपन पाइन्छ। हिमाली प्रदेशमा बाक्लो लुगा
मगाइनर गहुँ, जौ, आलुका परिकार खाइन्छ। ल्होसार, बुद्धपूर्णिमा, मनिरिम्य जस्ता
चाडपर्व मनाइन्नई भने तराई प्रदेशमा धोती, कछाड, फाड, मारी जस्ता पातमा भुगा लगाइन। धान, गहुँका परिकार साइनर।
छठ, इद, फागुपूर्णिमा जस्ता चाडपर्व मनाइन्छ। त्यसैगरी ब्राहमण, क्षेत्रीका
संस्कारभन्दा जनजाति समुदायका सस्कार भिन्न छन्। एउटै जातीय समूहभित्र पनि
स्थानअनुसार सांस्कृतिक विविधता पाइन्छ। गौरापर्व सुदुरपश्चिममा प्रख्यात छ।
पूर्वको माहनी, काठ क्षेत्रको काँठे भाका र बालन, गण्डकी क्षेत्रको सालैजो, कालीगण्डकी आसपासको
क्षेत्रको गेहना, मन्यानतिरको टप्पा आदिने नोकगीत महङ्गीतलाई समृद्ध बनाएका छन् । यसरी
नेपालको बहुसास्कृक्तिकता कायम भएको छ।
१२. मानी
तपाई विदेश भ्रमणमा हुनुहुन्छ । त्यहाँको कुनै कार्यक्रममा तपाईलाई नेपालको बिनारी
गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के के विषयवस्तु
प्रस्तुत गर्नुहुन ? (Imagine you were visiting a foreign country. If you got
an opportunity to present the things that glorify Nepal, what would you
present?)
यदि मलाई विदेशमा नेपालको चिनारी गराउने नेपालका
राष्ट्रिय गौरवको बारेमा प्रस्तुत गर्ने अवसर प्राप्त भएमा निम्न विषयवस्तुको
बारेमा यसप्रकार प्रस्तुत गर्छु
राष्ट्रिय गौरव सगरमाथा
विस्तृतीकरण
विश्वकै सर्वोच्च
शिखर
प्राक्तिक सुन्दरता
आरोहण गर्न विश्वकै
आरोहीहरू आकर्षित
विश्वसम्पदामा
सूचीकृत
नेपालीको वीरता
अदम्य साहस प्रदर्शन
गरी देशलाई सार्वभौम राखेको
संयुक्त राष्ट्र सङ्घ
सुरक्षा परिषद्अन्तंगत खटिएर विश्वका विभिन्न देशमा शान्ति सुष्यवस्था
कायम गराएका
प्रथम र दोस्रो
विश्वयुद्धमा वीरताका पर्याय गोर्खाली
पशुपतिनाथ
विश्वभरिका हिन्दुका
आस्थाका केन्द्र
सनातन संस्कृतिको
प्रतिबिम्व
विश्वसम्पदामा
सूचीकृत
बहुसांस्कृतिकता
सानो भूगोलभित्र १४२
जातजाति, १२४ भाषाभाषी, १० धर्म
विविधतामा एकता, सहिष्णुता र भाइचारा
१३. हामी
बीर नेपालीका सन्तति हौ। कसैले हाम्रो मानमर्दन गरेमा सो कार्य हामीलाई कदापी
स्वीकार्य हुँदैन । यो भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् । (We are
the descendants of the brave warriors. We do not accept our defamation. Express
your opinion.)
हामी नेपाली बीरका सन्तान हौं। अदम्य साहस र वीरता हाम्रो
रगतमा बगेको छ। औपनिवेशीकरणको लहर चलेका बेला ठुला ठुला राष्ट्रले पनि आफ्नो
सार्वभौमिकता गुमाएर अरुको उपनिवेश बनेको बेला नेपाल भने सार्वभौम रहन सफल भयो।
प्रथम र दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडेका नेपाली सिपाहीले बीरता, इमानदारी र वफादारीको
प्रदर्शन गरेका थिए। नेपाली शेर्पाले विश्वकै आरोहीलाई सगरमाथा र अन्य हिमालको
आरोहण गर्न सहयोग गर्ने गरेका छन्। संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्अन्तर्गत
विश्वका द्वन्द्वग्रस्त देशमा खटिएर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शान्ति
कायम गराउन भूमिका खेलेका छन् । नेपाली पुरुष सैनिक मात्र होइन नेपाली महिलाहरू
पनि उत्तिकै अब्बल रहेका छन् । राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै
महिला पठाउने मुलुक नेपाल बनेको छ।

1 Comments