पाठ: ६ संवेग
व्यवस्थापन (Emotion Management)
संवेगको परिचय तथा
यसका आधारभूत तत्त्वहरू (Meaning of Emotion)
संवेग भनेको खुसी, दुःख, डर, रिस, घृणा, आश्चर्य
आदि मनोभावबाट उत्पन्न भएको प्रतिक्रिया हो। संवेग मानवीय गुण हो। यो मुख्य गरी मन
तथा मस्तिष्कसँग सम्बन्धित हुन्छ। खुसी हुँदा मानिसले हाँसेर प्रतिक्रिया दिन्छ।
आँसु दुःखबाट उत्पन्न भएको प्रतिक्रिया हो। डर, रिस, घृणा, आश्चर्य आदिको भावलाई मानिसले
अवस्थाअनुसार प्रकट गर्दछ। यी सबै मनोभावनाहरू संवेग हुन्।
कुनै बस्तु वा परिस्थितिप्रतिको
चेतनायुक्त मानसिक प्रतिक्रिया नै सबैग हो। त्यस्तै खुसी, दुःख, माया, घृणा, डर आदि
जस्ता अवस्थाले मानिसको मानसिक प्रतिक्रिया निर्धारण गर्नु नै संवेग हो। यसले
व्यक्तिको शरीरमा विभिन्न रसायन उत्पादन गराउँछ जसले व्यक्तिलाई कुनै न कुनै खालका
प्रतिक्रियाहरू पैदा गराउँछ । जस्तैः रिसाएको मानिसले ठुलो स्वरमा गाली गर्न सक्छ
भने खुसी भएको मानिस पनि ठुलो स्वरमा कराउन वा नजिकको मानिसलाई अँगालो हाल्न सक्छ
।
प्रसिद्ध मनोवैज्ञानिक
Paul
Eckman ले मानवीय
संवेगलाई ६ ओटा आधारभूत तत्त्वका रूपमा व्याख्या गरेका छन्। जसलाई तलको
तालिकामार्फत बुझ्न सकिन्छ :
संवेगका आधारभूत
तत्त्व
(क) खुसी Happiness): संवेगको सबैभन्दा महत्त्वपूर्ण भाव
खुसी हो। जसलाई पाउनको लागि मानिस जीवनभर प्रयत्नशील रहन्छ । सुखद अवसरबाट खुसीको
भाव उत्पन्न हुन्छ मुस्कान, हाँसो, अनुहारको भाव, हातको
चाल, मधुर
बोलीद्वारा खुसीको संवेगलाई देख्न सकिन्छ।
(ख) दुःख (Sadness): दुःख संवेगको सबैभन्दा पीडादायक
अवस्था हो। अनेक प्रकारका समस्या, विछोड तथा पीडाद्वारा दुःखको संवेग
देखा पर्छ। आँसु,
निराशा, पीडादायक अवस्था, गम्भीर
भाव आदिद्वारा दुःखको संवेगलाई बुझ्न सकिन्छ।
(ग) डर (Fear): युद्ध, प्रकोप, आक्रमण
जस्ता अमानवीय कार्यबाट डरको संवेग उत्पन्न हुन्छ डरलाई मानव जीवनको नकारात्मक
संवेग मानिन्छ । जसले शारीरिक तथा मानसिक शिथिलता उत्पन्न गराउँछ। मुटु ढुकढुक
हुनु, शरीर
काँप्नु, स्वाँ
स्वाँ हुनु आँखा ठुला ठुला हुनु आदि डरसँग सम्बन्धित संवेगका लक्षण हुन् ।
(घ) रिस (Anger): आफ्ना इच्छा विपरीतका क्रियाकलापबाट
रिस उत्पन्न हुन्छ। रिसले अमानवीय घटना उत्पन्न गराउन सक्छ। त्यसैले रिसलाई
हानिकारक संवेगको रूपमा लिइन्छ। चिच्याउनु, दाह्रा किट्नु, आँखा
राताराता पार्नु,
काँप्नु, अश्लील शब्द बोल्नु आदि रिससँग
सम्बन्धित लक्षण हुन् ।
(ङ) घृणा (Hate): अरूले आफूप्रति नकारात्मक व्यवहार
गर्दा घृणाको संवेग प्रकट हुन्छ। घृणाले मानवीय सम्बन्धलाई टाढा बनाउँछ। थुक्ने, गाली
गर्ने, आँखा
तर्ने, मुट्ठी
बटार्ने आदि सङ्केतद्वारा घृणाको भाव व्यक्त भएको देखिन्छ।
(च) आश्चर्य! (Surprise): मन अचम्मित हुँदा आश्चर्यको संवेग
उत्पन्न हुन्छ। खुसी, दुःख तथा अचम्म पर्दा यस्तो संवेग देखा पर्छ ।
घटनाको विषयवस्तुअनुसार आश्चर्य प्रकट गर्ने संवेग फरक-फरक किसिमका हुन्छन् ।
संवेगका प्रकारहरू (Types of
Emotions)
क. सकारात्मक संवेगहरू खुसी, सुखी, उत्साह, सन्तुष्टि
प्रशंसा, सहानुभूति, धैर्य, कृतज्ञता
आदि ।
ख. नकारात्मक संवेगहरू दुःख, रिस, डर, चिन्ता, तिक्तता, असन्तुष्टि, निराशा, लज्जा, ईर्ष्या
आदि ।
संवेग व्यवस्थापनको
अर्थ (Meaning
of Emotion Management)
सधारणतया आफ्नो भावनालाई नियन्त्रण
गर्न सक्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ । सकारात्मक तथा नकारात्मक दुवै
प्रकारका संवेगप्रति सचेत रहने तथा तिनलाई रचनात्मक तरिकाले परिचालन गर्ने
क्षमतालाई नै संवेग व्यवस्थापन भनिन्छ । संवेग नियन्त्रण बाहिर जाँदा फाइदाभन्दा
बेफाइदा बढी हुने हुँदा यसको उचित व्यवस्थापन आवश्यक हुन्छ। यस्तो सिपको विकासः
गर्नाले कुनै पनि परिस्थितिमा व्यक्तिले आफूलाई मर्यादित ढङ्गले पेस गर्न सक्दछन्
।
सवेग व्यवस्थापन सिप (Skills of
Emotion Management)
संवेग व्यवस्थापनका सिपहरू यसप्रकार
छन् :
आत्मबोध
आत्मनियमन
आत्मप्रेरणा
सामाजिक
जागरुकता
अन्तरवैयक्तिक
सिप
संवेग व्यवस्थापनका
उपायहरू (Techniques of Emotion Management)
तनाव कम
गर्ने,
अधिक
भावनाबाट टाढा रहने,
ध्यान
तथा योग गर्ने,
भावनालाई
लेखेर व्यक्त गर्ने,
लामो सास
फेर्ने,
आफ्नो
भावनालाई अवलोकन गर्ने क्षमताको विकास गर्ने,
अरुको
आलोचना गर्नबाट बच्ने,
अरूप्रति
माया दयाभाव राख्ने,
अरूले
आफूप्रति गरेका कुनै पनि राम्रो कार्यका लागि कृतज्ञता व्यक्त गर्ने,
आफ्ना
जीवनमा आएका नकारात्मक कुराभन्दा सकारात्मक कुरामा ध्यान दिने,
एकान्तमा
बसिरहनुको सट्टा मन मिल्ने व्यक्तिसँग कुराकानी गर्ने र समूहमा रमाउने,
सम्भव
हुने महत्त्वाकाङ्क्षाहरू मात्र राख्ने ।
किशोरावस्थामा संवेग (Emotion in
Adolescence)
मानव जीवनको बाल्यावस्था र
वयस्कावस्थाविचको समयावधिलाई किशोरावस्था (Adolescence) भनिन्छ । WHO का अनुसार १० देखि १९ वर्षसम्मको
उमेरलाई किशोरावस्था भनिन्छ। यो एक सङ्क्रमणकालीन अवस्था हो । यो शारीरिक
तथा मानसिक रूपले परिवर्तन हुने उमेर हो । किशोरावस्थामा शरीरको उचाइ बढ्छ ।
शरीरका केही अङ्गमा परिवर्तनको लक्षण देखिन्छ । मन तथा मस्तिष्क पनि परिवर्तन
हुन्छ । हाँसो, आँसु, प्रेम, आश्चर्य, रिस, घमण्ड, इर्ष्याजस्ता
संवेगहरू देखा पर्छन्। यो शारीरिक र मानसिक रूपमा व्यापक परिवर्तन आउने उमेर हो।
त्यसैले यो उमेरलाई 'आँधी/तुफान' को अवस्था भनेर पनि चिन्न सकिन्छ।
किशोरावस्थाका संवेगलाई दुई भागमा
वर्गीकरण गर्न सकिन्छ। जस्तैः
सकारात्मक संवेग : हर्ष, खुसी, आश्चर्य, सन्तुष्टि, हाँसो, मुस्कान, प्रशंसा
आदि।
नकारात्मक संवेग : रिस, इर्ष्या, घमण्ड, डर, चिन्ता, असन्तुष्टि, लज्जा, निराशा
आदि।
सकारात्मक संवेगले आफ्नो जीवनमा असल
परिवर्तन ल्याउँछ । त्यसैले आफ्नो विचारलाई सकारात्मक संवेगको लक्षणतिर प्रेरित
गराउनुपर्छ। त्यसैगरी, नकारात्मक संवेगले मानव जीवनमा खराब असर पार्ने
गर्छ। यसले हाम्रो भविष्य निर्माणमासमेत बाधा पुग्ने छ। त्यसैले किशोरावस्थाको
उमेरमा नकारात्मक संवेगका लक्षणबाट टाढै रहने प्रयास गर्नुपर्छ।
यस अवस्थामा सकारात्मक तथा नकारात्मक
दुवै संवेगहरू उच्चतम तहमा रहेका हुन्छन्। यस अवस्थामा भावनाको अस्थिरता हुने
हुँदा किशोर किशोरीहरू वास्तविकताभन्दा पर सोच्ने र व्यवहारगत परिवर्तन गर्ने
गर्दछन्। दूरदर्शी सोचको कमी, साथीसँगको बहकाव, अल्लारेपन, अपरिपक्वता
जस्ता कारणले उनीहरूलाई भावनात्मक असन्तुलन अर्थात् संवेग व्यवस्थापनको कमी भई
नकारात्मक परिणाम ल्याउने कार्यमा सलग्न हुने सम्भावना हुन्छ। त्यसैले यस अवस्थामा
देखिने संवेगात्मक परिवर्तनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
किशोरावस्थामा सवेग
व्यवस्थापन गर्ने उपायहरू (Techniques of Emotion Management in Adolescence)
संवेग व्यवस्थापन भनेको आफ्नो
उत्तेजक गतिविधिलाई नियन्त्रण गर्नु हो। रिस, घमण्ड, इर्ष्या, लोभ, डर, चिन्ता, निराशा
आदि नकारात्मक संवेगलाई हटाउने प्रयास नै संवेग व्यवस्थापन हो । यसलाई संवेग
व्यवस्थापनका सिप तथा संवेग व्यवस्थापन गर्ने उपाय पनि भनिन्छ।
संवेग व्यवस्थापन
गर्ने उपायलाई तल सूचीकृत गरिएको छ :
संवेग व्यवस्थापनका
उपाय (सिप)
(क) भावना साटासाट गर्ने:
कुनै कारणले आफ्नो मनमा डर, चिन्ता, निराशाजस्ता
संवेग उत्पन्न हुन सक्छन्। यस्ता संवेगलाई आफ्नो मनभित्र दबाएर राख्नु हुँदैन ।
साधारण संवेगलाई आफैले समाधान गर्नुपर्छ। जटिल खालका संवेग समाधान गर्न नजिकका
आफन्तको सहयोग लिनुपर्छ । यसका लागि परिवारका सदस्य, आफन्त तथा मिल्ने साथीसँग आफ्नो
समस्या व्यक्त गर्नुपर्छ।
(ख)सिर्जनात्मक कार्यमा
व्यस्त रहने:
फुर्सदको समयलाई खेलकुद, साहित्य, सङ्गीत, कलाकारिता
तथा विभिन्न सिप विकासमा खर्च गर्नुपर्छ। सिर्जनात्मक कार्यमा व्यस्त रहँदा मनमा
खराब विचारले बास गर्न पाउँदैन। सिर्जनात्मक कार्यले आफ्नो सफलतामा ऊर्जा भर्ने
काम गरेको हुन्छ।
(ग) योग तथा ध्यान गर्ने:
योग तथा ध्यान गर्ने बानीले हाम्रो
शरीरमा सकारात्मक ऊर्जा पैदा हुन्छ । यस्तो कार्यले असल सोचमा वृद्धि हुन्छ। दिमाग
ताजा र मन हल्का हुन्छ। त्यसैले प्रत्येक दिन बिहान कम्तीमा आधा घन्टा योग तथा
ध्यान गर्नुपर्छ।
घ. समूहमा घुलमिल हुने:
पढाइको तयारी, ध्यान र
निद्राबाहेक अन्य समयमा एक्लै बस्नुहुँदैन । नकारात्मक संवेग उत्पन्न भएको समयमा
एक्लै बस्न मन लाग्छ। यस्तो कार्यलाई स्वास्थ्यको लागि हानिकारक मानिन्छ । त्यसैले
परिवार, समुदाय, आफन्त
तथा साथीभाइको समूहमा बस्ने बानी बसाउनुपर्छ । समूहमा बस्ने, सामुहिक
कार्यमा जुट्ने,
गफ गर्ने, सिर्जनात्मक कार्य गर्ने कुरामा
विशेष ध्यान दिनुपर्छ।
(ङ) सत्य र न्यायको
पक्षमा आवाज उठाउने:
आफूलाई कसैले डर धम्की देखाएका हुन
सक्छन्। हेपाइ, भेदभाव
तथा यौनजन्य क्रियाकलाप गर्न बाध्य बनाएका हुन सक्छन् । यस्ता अमानवीय कार्य सहेर
बस्नुहुँदैन । यस्ता अमानवीय कार्यहरू आफूमाथि तथा अरू कसैमाथि पर्न गएमा त्यसका
विरुद्धमा आवाज उठाउनुपर्छ।
छोटकरीमा:
आफूले
अनुभूति गरिरहेको संवेग पहिचान गरी त्यसको नियन्त्रण गर्ने,
अरुले
अनुभूति गरिरहेको संवेग पहिचान गरी सोहीअनुसारको व्यवहार गर्ने,
संवेगात्मक
अनुभूति प्राप्त भइरहेको समय आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर लाग्ने,
असहज
परिस्थितिमा पनि सौहार्दपूर्ण कुराकानी गरि परिस्थितिलाई सहज बनाउने,
कुनै
नराम्रो काम गर्न दवाव आएमा त्यसलाई सम्मानपूर्ण भाषामा अस्वीकार गर्ने,
संवेग
नियन्त्रण गर्न लामो लामो श्वास लिने, अन्यत्र ध्यान लगाउने, पानी
पिउने आदि गर्ने,
अति
महत्वाकाङ्क्षी नवन्ने,
तत्कालको
फाइदाभन्दा दीर्घकालीन फाइदालाई प्राथामिकता दिएर मात्र निर्णय गर्ने,
सकारात्मक
आत्म संवाद गर्ने,
आफ्ना
भावना व्यक्त गर्ने,
शारीरिक
एवम् मानसिक व्यायाम गर्ने ।
किशोरावस्थामा सम्वेग
नियन्त्रणका लागि योग र ध्यानको भूमिका (Role of Yoga and Meditation of Emotion
Management in Adolescence)
योग तथा प्राणायाम
योगको अर्थ जोड्नु हो, आफ्नो
शरीरसँग स्वास्थ्यलाई जोड्नु तथा भावनासँग ईश्वरलाई जोड्नु योग हो योगका प्रणेता
महर्षि पतञ्जली हुन् । किशोरावस्थाका लागि निम्नप्रकारका योगाभ्यासलाई
महत्त्वपूर्ण मानिन्छ :
प्राणायाम
क.अनुलोम विलोम
ख. भस्त्रिका
(ग) कपालभाति
(घ) भ्रामरी आदि।
योगाभ्यास
(क) भुजङ्गासन
(ख) मर्कटासन
(ग) धनुरासन
(घ) बज्रासन आदि ।
कपालभाति प्राणायाम :
तरिका
Ø पेट खाली
भएको अवस्थामा सकेसम्म बिहान यो प्रणायाम गर्ने,
Ø हल्का र
सजिलो कपडा लगाउने,
Ø सफा र
शान्त ठाउँमा बस्ने,
Ø पलेंटी
कसेर मेरुदण्डलाई सिधा बनाउने,
Ø मुख बन्द
गरेर एक पटक लामो श्वास फेर्ने,
Ø अब श्वास
नतान्ने, दुवै
नाकबाट मनमनै एक,
दुई, तीन, चार गन्दै श्वास बाहिर फाल्ने ।
श्वासबाहिर फाल्ने र पेटभित्र दबाउने काम एकैपटक गर्ने । लगभग ३०/४० पटक गरेर
रोकिने र पुनः लामो श्वास फेर्ने। यो प्रक्रिया ३/४ पटक दोहोऱ्याएर गर्न सकिन्छ ।
यसबाट हुने फाइदा
Ø पेटसम्बन्धी
रोग भए हटाउने काम गर्छ भने पेटको रोग लाग्नबाट बचाउँछ ।
Ø मुटु तथा
फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्छ ।
Ø रक्त
सञ्चारका अवरोधहरूलाई हटाउँछ ।
Ø पेटको
बोसो घटाउने काम गर्छ ।
Ø श्वासप्रश्वासको
समस्यामा पनि फाइदा पुग्छ ।
Ø छाला तथा
अनुहारमा कान्ति छाउँछ ।
ध्यान दिनुपर्ने कुरा
:
Ø पेटको
अल्सर एवम् क्यान्सर भएका तथ गर्भवतीले यो प्राणायाम गर्नुहुँदैन ।
Ø दीर्घ
रोगीहरूले प्रशिक्षकको सल्लाह लिएर मात्र यो प्राणायाम गर्नुपर्छ ।
Ø यो
प्राणायम धेरै छिटो छिटो तथा जोडले पनि गर्नुहुँदैन ।
Ø प्राणायाम
सकेपछि एकछिन आराम गरेर मात्र बिस्तारै उठ्नुपर्छ ।
भ्रामरी प्राणायाम
गर्ने तरिका:
Ø सकेसम्म
बिहान खाली पेटमा यस्तो प्राणायाम गर्ने,
Ø हल्का र
सजिलो कपडा लगाउने,
Ø शान्त र
सफा ठाउँमा पलैंटी कसेर बस्ने,
Ø मेरुदण्डलाई
सिधा बनाएर राख्ने,
Ø चोरी र
माझी औंलाले दुवै आँखा बन्द गर्ने
Ø मुख र
आँखा बन्द गर्ने,
Ø अब
बिस्तारै नाकबाट छाती भरिने गरी लामो • श्वास तान्ने,
Ø छाती
भरिएपछि श्वासलाई १ सेकेन्डसम्म रोकेर राख्ने,
Ø अब
बिस्तारै नाकबाट श्वासलाई बाहिर फाल्ने,
Ø नाकाबाट
श्वास बाहिर फाल्दा मुख बन्द गरेर मौरी कराए जस्तै हुँ ..... आवाज पनि निकाल्ने, यो
प्रक्रिया पटक पटक दोहोऱ्याएर गर्न सकिन्छ।
यसबाट हुने फाइदा:
Ø नाक बन्द
हुने समस्या समाधान हुन्छ ।
Ø मनमा
शान्ति पैदा गराउँछ ।
Ø दिमागलाई
ताजा राख्न मद्दत गर्छ ।
Ø आवाजमा
मिठासपन आउँछ ।
Ø गीत
गाउने व्यक्तिका लागि थप ऊर्जा प्राप्त हुन्छ ।
Ø रक्त
सञ्चारमा सहयोग पुग्छ ।
योग तथा ध्यानको
महत्त्व एवम् यसका फाइदा
योग तथा ध्यानबाट हुने
फाइदा तथा यसको महत्त्वलाई तल प्रस्तुत गरिएको छः
शारीरिक तन्दुरुस्ती:
(क) योग तथा ध्यान गर्ने व्यक्तिको
शरीर फुर्तिलो र लचकदार हुन्छ ।
(ख) अनुहारमा एक प्रकारको चमक आउँछ ।
(ग) यसले व्यक्तिलाई बुढोजस्तो नदेखाइ
सधैं किशोरकिशोरीझै देखिन मद्द गर्छ ।
(घ) यसले शरीरको तौललाई नियन्त्रण
गर्ने काम गर्दछ।
(ङ) रक्तचाप र मुटुको धड्कनबिच
सन्तुलन मिलाउँछ ।
(च) पेट, हाडजोर्नी
तथा नशाका रोगहरूबाट बचाउँछ ।
(छ) शरीरमा रोगसँग लड्न सक्ने आन्तरिक
शक्तिको विकास गराउँछ ।
मानसिक तन्दुरुस्ती:
(क) योग तथा ध्यान गर्ने व्यक्तिको
दिमाग सधैं ताजा रहन्छ ।
(ख) यसले बिर्सिने बानीलाई हटाइ स्मरण
शक्ति बढाउने काम गर्दछ ।
(ग) दिमागमा अनेक किसिमका नकारात्मक
सोचहरू पैदा हुन दिँदैन ।
(घ) व्यक्तिलाई तनाव तथा
डिप्रेसनमुक्त राख्न मद्दत गर्छ।
(ङ) कुलतप्रतिको आकर्षणलाई नियन्त्रण
गर्छ ।
भावनात्मक तन्दुरुस्ती:
(क) नियमित रूपमा योग तथा ध्यान गर्ने
व्यक्तिको भावना सकारात्मक दिशातर्फ अगाडि बढ्छ ।
(ख) रिस, डाहा, घमण्ड, द्वन्द्व
आदि नकारात्मक भावनालाई नियन्त्रण गर्छ ।
(ग) मनमा दया, माया, करुणा र
सन्तोष पैदा हुन्छ ।
(घ) व्यक्तिमा सेवाको भावना जागृत
हुन्छ ।
समग्रमा योग तथा
ध्यानका फाइदा
शारीरिक
तथा मानसिक सचेतना बढाउँछ ।
कुनै
वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ ।
नकारात्मक
संवेगलाई कम गराउँछ ।
अनुशासित
र नम्र बनाउँछ ।
आत्मबोध
गर्ने क्षमता बढाउँछ ।
दिमागलाई
शान्त बनाई स्मरणशक्ति बढाउँछ ।
अक्सिजनको
अधिकतम उपयोग गराउँछ ।
मांसपेसीको
तनाव कम गराउँछ ।
शरीरको
कार्यक्षमता बढाउँछ ।
श्वासप्रश्वासलाई
सामान्यीकरण गरी एकनास बनाउँछ ।
शरीरलाई
बढी लचकदार बनाउँछ ।

0 Comments